नेपालको प्रतिष्ठित अनलाइन समाचार पोर्टल अनलाइन खबरले युट्युबको सेवा सम्बन्धी शर्तहरू उल्लंघन हुनेगरी युट्युबमा विज्ञापन ब्लक गर्ने विधि सिकाइरहेको छ ।
“यो भिडियो चाहिँ युट्युबमा ए्याड् हेर्दा हेर्दा वाक्कै लाग्नेहरूका लाागि हो है त” भन्दै अनलाइनखबरको फेसबुक पेजमा भिडियो हालेर ए्याड ब्लक गर्ने विधि सिकाइएको हो ।
युट्युबको नियमअनुसार ए्याड ब्लकरको प्रयोग गर्दा युट्युबको सेवा सम्बन्धी शर्तहरू उल्लंघन हुन्छ । के युट्युबका शर्तहरूको उल्लंघन गरी ए्याड ब्लक गर्न सिकाउनु नैतिक हुन्छ त ? त्यो पनि अनलाइनखबरजस्तो स्थापित सञ्चार संस्थाले ?
आउनुस् युट्युबको सपोर्ट पेजमा के लेखिएको छ पढौँ । यहाँ स्पष्ट लेखिएको छः
“When you block YouTube ads, you violate YouTube's Terms of Service. If you use Ad Blockers, we'll ask you to allow ads on YouTube or sign up for YouTube Premium. If you continue to use ad blockers, we may block your video playback. To avoid the interruption, allow ads on YouTube or sign up for YouTube Premium.”
विज्ञापन हेर्न नचाहनेले युट्युब प्रिमियम प्रयोग गर्न सक्छन् जसको लागि पैसा तिर्नुपर्छ अन्यथा विज्ञापन हेर्नुपर्छ। अर्थात् यदि हामीले युट्युबमा विज्ञापन नआउने बनाउन ए्याडब्लक युज गर्छौँ भने त्यो युट्युबको प्रयोगको शर्तको उल्लंघन हो ।
युट्युब जस्ता प्लेटफर्महरूमा कन्टेन्ट क्रियटर्सको मुख्य आम्दानीको स्रोत विज्ञापन नै हो। उनीहरूले आफ्ना सामग्रीहरूसँगै विज्ञापन पनि दर्शकहरूसम्म पुर्याउँछन् । जब दर्शकहरूले विज्ञापन हेर्छन्, त्यही विज्ञापनबाट आउने आम्दानीले क्रियटर्सलाई आफ्नो कामलाई निरन्तरता दिन सहयोग गर्छ । त्यही विज्ञापन हेरे बापत हामीले पनि निःशुल्क कन्टेन्ट हेर्न पाउँछाैँ ।
यही कुरा अनलाइन खबर वा नेपालका सबैजसो मिडियामा पनि लागू हुन्छ । नेपालका न्युज पोर्टल, रेडियो, टिभी, पत्रपत्रिका कसरी चल्छन् ? जवाफ सजिलो छ- विज्ञापनबाट ।
युट्युब मात्र होइन, समग्र मिडिया इकोसिस्टमकै प्राणवायु हो- विज्ञापन । उसो भए, 'अनलाइनखबर वा अरु कुनै अनलाइनमा समाचारभन्दा बढी विज्ञापन देखेर दिक्क हुनुभएको छ ? विज्ञापन ब्लक गरेर यसरी हेर्नुस् समाचार' भनेर सिकायो भने के हुन्छ ?
मिडियाले युट्युबजस्ता प्लेटफर्मका प्रयोगका शर्तहरू उल्लंघन गरेर विज्ञापन ब्लक गर्न प्रयोगकर्ता र पाठकहरूलाई सिकाउनु कुनै पनि हालतमा नैतिक त होइन नै, गैरकानुनी पनि हो । के कुनै स्थापित मिडियाले कसरी चोर काम गर्ने भनेर सिकाउन मिल्छ ? तपाईँलाई के लाग्छ ? कमेन्टमा लेख्नुस् ।
भिडियो हेर्नुस्ः