तपाईँ ट्विटर चलाउनुहुन्छ ? माफ गर्नुहोला, ट्विटर त इतिहास भइसक्यो । यो त अहिले X भइसक्यो ।
के तपाईँ सोसल नेटवर्किङ साइट एक्स (X.com) चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने थाहा पाइराख्नुस्, यसमा नयाँ फिचर आएको छ । अब समाचार सेयर गर्दा शीर्षक देखिने छैन ।
अब समाचार पढ्नको लागि फोटोमा क्लिक गर्नुपर्छ । त्यसपछि सम्बन्धित लिंकमा रिडाइरेक्ट हुन्छ ।
आइओएस र डेस्कटप प्रयोगकर्ताहरूका लागि असोज १७ गतेदेखि नै यो परिवर्तन लागू भइसकेको छ । द गार्डियनका अनुसार बुधबारदेखि एक्समा समाचार सेयर गर्दा शीर्षक नदेखिने भएको हो ।
एक्स समाचार लिंक सेयर गर्ने महत्त्वपूर्ण माध्यम हो ।
खर्बपति एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा अघिल्लो वर्ष ट्विटर किनेका थिए । त्यसलगत्तै उनले ट्विटरका सिइओसहित उच्च कर्मचारीहरूलाई बर्खास्त गरे । त्यसयता मस्कले यो प्लेटफर्ममा धेरै परिवर्तन गरिसकेका छन् । ट्विटरको लोगो परिवर्तन, नाम परिवर्तन गरी एक्स, २८० भन्दा बढी अक्षर लेख्न सकिने, ब्लु टिकको शुल्क तिर्नुपर्ने जस्ता परिवर्तनहरू उनले गरे ।
मस्कले यो नयाँ फिचर आउन लागेको जानकारी पहिला नै दिएका थिए । पोस्ट हेर्दा चिटिक्क देखिने बनाउन यसो गरिएको उनको दाबी थियो ।
उदाहरणका लागि एक्समा सेयर भएको हाम्रो समाचारको लिङ्क यस्तो छ-
