भ्रममा नपर्नुस्, केही सेकेण्ड सास रोक्दैमा फोक्सो स्वस्थ भए/नभएको थाहा हुँदैन

भ्रममा नपर्नुस्, केही सेकेण्ड सास रोक्दैमा फोक्सो स्वस्थ भए/नभएको थाहा हुँदैन

  • पौष १५, २०८१ सोमबार १९:२६

सागर बुढाथोकी/NepalFactCheck

केही सेकेण्ड सास रोक्न सके फोक्सो स्वस्थ भएको/नभएको थाहा पाउने दावी गरिएको एउटा भिडियो फेसबुकमा भाइरल भएको छ।

तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको ठहर गरेको छ। केही सेकेण्ड सास रोक्दैमा फोक्सो ठीक भए/नभएको थाहा पाउन सकिन्न।

के छ दावी ?

३४ हजार फलोअर्स रहेको गणेश दुलाल नामक फेसबुक प्रोफाइलमा डिसेम्बर १५ मा ‘हजुरहरुको फोक्सो ठीक छ ? चेक गर्नुहोस्’ क्याप्सन राखेर एउटा ४० सेकेण्ड लामो भिडियो पोस्ट गरिएको छ।

भिडियोको स्क्रिनमा ‘A देखि B सम्म सास रोक्न सक्नु भयो भने तपाईँको फोक्सो स्वस्थ छ’ लेखिएको छ। भिडियोमा ए र बी अक्षरलाई दायाँ र बायाँ एउटा धर्कोले जोडेर केही दूरीमा राखिएको छ। र, ए देखि बीसम्मको दुरीमा एउटा थोप्लो सरेको देखिन्छ।

‘ए देखि बीसम्म उक्त थोप्लो पुगुञ्जेल सास रोक्न सके फोक्सो स्वस्थ भएको मानिने’ भिडियोमा देखिने व्यक्तिले भनिरहेका छन्। उनले ‘त्यतिन्जेल सास रोक्न नसके एक पटक डक्टरलाई भेट्नुहोला’ समेत भनेका छन्।

हेर्नुस्, स्क्रिनरेकर्ड

यो तथ्यजाँच गर्दासम्म उक्त भिडियोमा २९ सय रियाक्शन, ७५४ कमेण्ट र ९७४ पटक सेयर गरिएको छ। यो संख्याले भिडियो सामाजिक सञ्जालमा भाइरल भएको देखाउँछ। 

तथ्य के हो ?

यो भिडियोको बारेमा तथ्यजाँच गर्नका लागि हामीले गुगल फ्याक्टचेक एक्सप्लोररमा ‘Lung test breath’ कीवर्ड राखेर सर्च गर्‍यौँ।

सो क्रममा फ्याक्ट्ली नामक संस्थाले ‘This viral breathing test does not help you measure your lung health’ शीर्षकमा प्रकाशित तथ्यजाँच भेट्यौँ।

स्क्रिनसट

factly-1024x850.png

उक्त तथ्यजाँच अनुसार, यस्ता दावीहरु कोरोना महामारीको समयमा कोरोना भाइरसको संक्रमण र फोक्सो सम्बन्धित रोगसित जोडेर भाइरल गराइएको थियो।

विश्व स्वास्थ्य संगठनले पनि केही समय सास रोक्न सके कोरोना भाइरसको संक्रमण र फोक्सो सम्बन्धि रोग नभएको थाहा हुने दावी भ्रामक रहेको उल्लेख गरेको छ। 

यद्यपि, ब्रेथ होल्डिङ टेस्ट भनेर चिनिने परीक्षण विभिन्न स्वास्थ्य जटिलताहरू परीक्षण गर्न प्रयोग गरिने र यो प्रयोग गर्दा चिकित्सकको निगरानी र अन्य विभिन्न परीक्षण पनि हुन्छ। त्यसैले उक्त पोस्टमा गरिएको दाबी भ्रामक रहेको फ्याक्टलीले उल्लेख गरेको छ।

हामीले यो विषयमा थप बुझ्नका लागि गुगलमा ‘Lung test breath’ कीवर्ड राखेर सर्च गर्‍यौँ।

सो क्रममा साइन्स डाइरेक्टमा प्रकाशित एउटा जर्नल आर्टिकल भेट्यौँ । उक्त आर्टिकल अनुसार, प्रत्येक मानिसको सास फेर्ने ढाँचा- दुखाई, भावना, शरीरको तापक्रम,  शरीरको गतिविधि र विभिन्न रोग अनुसार फरक हुन्छ ।

अर्काइभ लिंक।

यो विषयमा विभिन्न फ्याक्ट चेकिङ संस्थाले गरेको तथ्यजाँच यहाँयहाँयहाँयहाँ र यहाँ हेर्न सकिन्छ।

तथ्यजाँच

दावी : केही सेकेण्ड सास रोक्न सकियो भने फोक्सो स्वस्थ भए/नभएको थाहा हुन्छ।

दावीकर्ता : गणेश दुलाल (फेसबुक प्रयोगकर्ता)

तथ्यजाँच : भ्रामक सूचना। विश्व स्वास्थ्य संगठनले केही समय सास रोक्न सके फोक्सो स्वस्थ भए/नभएको थाहा हुने दावी भ्रामक रहेको उल्लेख गरेको छ। त्यस्तै, विभिन्न तथ्यजाँच संस्थाले तथ्यजाँच गर्दै यो दावी भ्रामक रहेको निश्कर्षमा पुगेका छन्। 


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको