नेपालमा ५.३ म्याग्निच्युडको होइन, ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो

नेपालमा ५.३ म्याग्निच्युडको होइन, ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो

  • पौष २४, २०८१ बुधबार २३:४६

सागर बुढाथोकी/NepalFactCheck

नेपालमा ५.३ म्याग्निच्युडको होइन, ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो

मंगलबार बिहान चीन केन्द्रबिन्दू बनाई आएको भूकम्पको क्षमतामा नेपालमा ५.३ म्याग्निच्युड मापन गरिएकाे दावी गर्दै कान्तिपुर दैनिकले समाचार लेखेकाे छ। तर, हाम्राे तथ्यजाँचले याे दावी भ्रामक रहेकाे ठहर गरेकाे छ ।

नेपालमा भूकम्प मापन गर्ने आधिकारिक निकाय राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडकाे नभएर ७ म्याग्निच्युडकाे भूकम्प मापन गरिएकाे हाे।

के छ दावी ?

बुधबारकाे कान्तिपुर दैनिकले “तिब्बतमा ६.८ म्याग्निच्युडको भूकम्प, कम्तीमा १२६ को मृत्यु” शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

हेर्नुस्, स्क्रिनसट

front-page.png

उक्त समाचारमा नेपालकाे राष्ट्रिय आपतकालिन् केन्द्रलाई उदृत गर्दै ‘नेपालमा भूकम्पको क्षमता ५.३ म्याग्निच्युड मापन गरिएको’ उल्लेख गरिएको छ।

हेर्नुस्, स्क्रिनसट

5.3-e1736334979301.png

सोही समाचार कान्तिपुर दैनिकको अनलाइन इकान्तिपुर डटकममा समेत प्रकाशित भएको छ।

हेर्नुस्, अर्काइभ लिंक

तथ्य के हो ?

यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीलाई सम्पर्क गर्‍यौँ।

उनले नेपालमा भूकम्पको मापन गर्ने आधिकारिक संस्था राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र नभएर राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र रहेको बताए। उनका अनुसार, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुस २३ गतेको भूकम्प ७ म्याग्निच्युडको रहेको मापन गरेको थियो।

“एउटा भूकम्पको म्याग्निच्युड एउटा ठाउँमा एउटै हुन्छ, स्केल फरक भयो भने मात्र म्याग्निच्युड फरक हुन्छ” उनले भने।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेबसाइटमा पनि पुस २३ गते ७ म्याग्निच्युडको भूकम्प गएको उल्लेख छ।

हेर्नुस्, स्क्रिनसट

earthquake-1-1536x807.png

 

हामीले थप बुझ्नका लागि राष्ट्रिय आपतकालीन् केन्द्रका उपसचिव एकदेव अधिकारीलाई सम्पर्क गर्‍यौँ। उनले भूकम्प मापन गर्ने काम केन्द्रको नभएको बताए।

“हाम्रो संस्थाले भूकम्प मापन गर्दैन र ५.३ म्याग्निच्युडको भूकम्प गएको भनेर हामीले भनेका छैनौँ, त्यस्तो समाचार कसरी आयो थाहा छैन,” उनले भने।

तथ्यजाँच

दावी :  पुस २३ गते गएको भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निच्युडको  मापन गरिएको।

दावीकर्ता : कान्तिपुर दैनिक

तथ्यजाँच : भ्रामक सूचना। नेपालमा भूकम्पको मापन गर्ने आधिकारिक संस्था राष्ट्रिय आपतकालीन केन्द्र नभएर राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र हो। केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको