के रोनाल्डोले नेपालको भूकम्पमा ५० करोड रुपैयाँ सहयोग गरेका हुन् ?

के रोनाल्डोले नेपालको भूकम्पमा ५० करोड रुपैयाँ सहयोग गरेका हुन् ?

  • माघ १०, २०८१ बिहीबार १९:०५

सागर बुढाथोकी/NepalFactCheck.org


के रोनाल्डोले नेपालको भूकम्पमा ५० करोड रुपैयाँ सहयोग गरेका हुन् ?

फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले सन् २०१५ मा नेपालको भूकम्पपीडितलाई ५० करोड नेपाली रुपैयाँ सहयोग गरेको दावीसहितको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको पुष्टि भएको छ। रोनाल्डोले नेपालको भूकम्पपीडितलाई सहयोगको आह्वान गरेको सत्य भए पनि आफैले ५० करोड रुपैयाँ सहयोग गरेका भने होइनन्।

के छ दावी ?

एक लाख २० हजार फलोअर्स रहेको नेपाली खेलकुद समर्थक नामक फेसबुक पेजमा जनवरी १ मा ‘खेलाडीको इतिहासमा सबैभन्दा बढी दान दिने फूटबलर cristiano ronaldo 💗’ क्याप्सन राखेर एउटा भिडियो पोस्ट गरिएको छ।

भिडियोमा रोनाल्डोका केही फोटो/भिडियो क्लिप र भूकम्पका जस्ता देखिने तस्विर राखेर एक मानिस बोलिरहेका छन्, ‘सन् २०१५ मा नेपालमा गएको भूकम्पमा पनि नेपाली ५० करोड रुपैयाँ उनले सहयोग गरेका थिए, खेलाडीको इतिहासमा उनी सबैभन्दा बढी दान दिने फुटबलरको रुपमा चिनिन्छन्।’

हेर्नुस्, स्क्रिनरेकर्ड

हामीले तथ्यजाँच गर्दासम्म उक्त भिडियोलाई ९६ हजार भन्दा बढी रियाक्सन,६६१ कमेन्ट र ९८४ पटक सेयर गरिएको छ।

तथ्य के हो ?

यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले गुगलमा ‘Ronaldo, help, Nepal, earthquake, victims’ की वर्ड राखेर सर्च गर्‍यौँ।

त्यो क्रममा अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्समा सन् २०१५ मे १४ मा ‘Footballer Ronaldo campaigns for Nepal but $8 million donation is false – charity शीर्षकमा प्रकाशित रिपोर्ट फेला पार्‍यौँ।

रिपोर्ट अनुसार, फुटबलर रोनाल्डोले नेपालको भूकम्प पीडितलाई ८ मिलियन डलर (५ मिलियन युरो) सहयोग गरे भनेर आएका समाचारहरु झुटा हुन्।

रोनाल्डोले नेपाललाई कुनै आर्थिक सहयोग नगरेको तर भुकम्प पीडितलाई सहयोग गर्न अपिल गरेको समाचारमा उल्लेख छ।

हेर्नुस् स्क्रिनसट

royeters-ronaldo.png

त्यस्तै, बेलायती मिडिया ‘इन्डिपेन्डेन्ट’मा पनि २०१५ मे १५ मा ‘Cristiano Ronaldo did not donate £5million to aid Nepal earthquake efforts, confirms Save the Children, but he has helped raise awareness शीर्षकमा प्रकाशित अर्को रिपोर्ट भेट्यौँ।

रोनाल्डोले नेपालका भूकम्पपीडितलाई ५ मिलियन युरो सहायता दिएको दावी गरेका समाचार आएतापनि सेभ दि चिल्ड्रेनले त्यो झुटो भएको बताएको समाचारमा उल्लेख छ।

हेर्नुस् स्क्रिनसट-

independent-1536x864.png

त्यस्तै सोही विषयमा काठमान्डु पोष्टले ‘Ronaldo ‘didn’t donate to aid Nepal quake efforts’ शीर्षकमा २०१५ मे १४ मा प्रकाशित समाचार प्रकाशित गरेको भेट्यौँ।

तथ्यजाँच

दावी : फुटबलर रोनाल्डोले नेपालको भूकम्पमा ५० करोड नेपाली रुपैयाँ सहयोग गरे।

दावीकर्ता : ‘नेपाली खेलकुद समर्थक’ नामक फेसबुक पेज

तथ्यजाँच : भ्रामक सूचना। फुटबलर रोनाल्डोले नेपालको भूकम्पमा कुनै आर्थिक सहयोग गरेका छैनन्। सेभ दि चिल्ड्रेनलाई उद्‍धृत गर्दै रोनाल्डोले कुनै आर्थिक सहायता प्रदान नगरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको