भ्रममा नपर्नुस्, ग्यास सिलिन्डरमा एक्सपायरी डेट हुँदैन

भ्रममा नपर्नुस्, ग्यास सिलिन्डरमा एक्सपायरी डेट हुँदैन

  • माघ ३०, २०८१ बुधबार २१:२०

प्रविण भट्ट/NepalFactCheck.org

काठमाडौँको कमलपोखरीमा गत माघ २४ गते ग्यास विस्फोट भएपछि ग्यास सिलिन्डर हेरेर प्रयोग गरिसक्नुपर्ने मिति थाहा पाउन सकिने दावी फेरि भाइरल भइरहेको छ। अनलाइनखबरमा गत माघ २४ मा प्रकाशित समाचारमा ग्यास सिलिन्डरको घाँटीमा हेरेर म्याद सकिने मिति (एक्सपायरी डेट) थाहा पाउन सकिने दावी गरिएको हो।

तर हाम्रो तथ्यजाँचमा भने सो दावी भ्रामक देखिएको छ। सिलिण्डरको घाँटीमा देखिने अक्षरले सो सिलिण्डर परीक्षण गर्नुपर्ने मिति देखाउँछ, एक्सपायरी डेट होइन। 

के हो दावी?

गत माघ २४ गते अनलाइनखबरमा प्रकाशित समाचारमा ग्याँस सिलिन्डरको घाँटीमा रहेका अक्षरबाट म्याद गुज्रने मिति थाहा पाउन सकिने दावी गरिएको छ।

समाचार अनुसार सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २० लगायतका अंक लेखिएका हुन्छन् र यी अक्षरबाटै ग्याँस सिलिन्डरको म्याद गुज्रने मिति थाहा पाउन सकिन्छ। “ए”, “बी”, “सी” जस्तो अक्षरले महिना जनाउने र सँगै रहेको अंकले भने वर्ष जनाउने समाचारमा उल्लेख गरिएको हो।

अनलाइनखबरमा प्रकाशित समाचारको अर्काइभ लिङ्क

हेर्नुस् स्क्रिनसट

onlinekhabr.png

अनलाइनखबरको अङ्ग्रेजी संस्करणमा समेत “How to identify the expiry date of a gas cylinder?” शीर्षकमा सोही खबर प्रकाशित गरिएको छ। 

हेर्नुस् अर्काइभ

के हो तथ्य?

तथ्यजाँचका लागि सुरुमा हामीले अंग्रेजीमा “gas cylinder expiry date” जस्ता शब्द गुगलमा सर्च गरेर हेर्यौं। गुगल सर्चको ए आईले ग्यास सिलिन्डरको म्याद गुज्रने मिति नहुने तर सिलिन्डरमा परीक्षण गर्नुपर्ने मिति छापिएको हुन्छ भनेर दुई लाइनमै उत्तर लेखेर दियो।

हेर्नुस् गुगल एआई ओभरभ्युको उत्तर

Google-AI.png

एआईले बताएका सबै कुरा सही नहुन पनि सक्ने हुनाले हामीले यसबारे आधिकारिक लिङ्क खोज्न थाल्यौं।

यसक्रममा इन्डियन आयल कर्पोरेशनको वेबसाइटमा राखिएको एक विज्ञप्ति भेटियो। इन्डियन आयलको विज्ञप्तिमा ग्याँस सिलिन्डरको कुनै एक्सपायरी डेट अर्थात म्याद गुज्रने मिति नहुने तर परीक्षण गर्नुपर्ने समय भने हुने उल्लेख छ। 

विज्ञप्तिका अनुसार ग्याँसमा लेखिने अक्षर र अंकको अर्थ परीक्षण गर्नुपर्ने म्याद हो। निरीक्षण र परीक्षणको समय भएपछि सिलिन्डरहरुलाई बोटलिङ प्लान्टमा छुट्याएर परीक्षण गरिने र परीक्षणपछि पुनःप्रयोग, गर्नका लागि उपयुक्त सिलिन्डरहरुलाई अर्को पटक परीक्षण गर्नुपर्ने मिति पेन्ट गरेर बजारमा पठाइने विज्ञप्तिमा छ।

हेर्नु्स् इन्डियन आयलको विज्ञप्ति

Indian-oil-.png

पूरा विज्ञप्ति यहाँ पढ्न सकिन्छ

इन्डियन आयलको आधिकारिक फेसबुक पेजमा सन् २०१६ मै सो विज्ञप्ति प्रकाशन गरिएको समेत हामीले पायौं। 

हेर्नुस् फेसबुक पोस्ट

Indian-oil-facebook-post.png

 

नेपाल तथ्य जाँचले यस अघि पनि ग्याँस सिलिन्डरमा एक्सपायरी डेट अर्थात् म्याद गुज्रने मिति नहुने विषयमा तथ्यजाँच गरिसकेको छ।

सो तथ्यजाँचका क्रममा नेपाल ग्यासका सिनियर सिलिन्डर स्टक किपर रामहरि कोइरालाले ‘सिलिन्डरमा अल्फावेट र वर्षको अन्तिम अंक उल्लेख गरिएको हुन्छ, जस अनुसार ए भनेको जनवरी, फेब्रुअरी, मार्च हो। बी भनेको अप्रिल, मे, जुन हो।  सी भनेको जुलाई, अगस्त, सेप्टेम्बर हो भने डी भनेको अक्टोबर, नोभेम्बर, डिसेम्बर।  ए २३ लेखिएको छ भने सन् २०२३ को मार्चपछि परीक्षण गर्नुपर्ने’ बताएका थिए।

उनका अनुसार ग्यास सिलिन्डर उत्पादन भएको १० वर्षसम्म सुरक्षित हुन्छ। त्यसको लागि कुनै टेस्ट गर्नुपर्दैन। १० वर्षपछि भने प्रत्येक पाँच वर्षमा हाइड्रोलिक टेस्ट गर्नुपर्छ। र, हाइड्रोलिक टेस्ट गरेर मात्र सिलिन्डर बजारमा पठाइन्छ । यदि उक्त टेस्टमा सिलिन्डर सामान्य पाइएमा पुनः पाँच वर्ष प्रयोग गर्न सकिन्छ।

हेर्नुस् नेपाल तथ्यजाँचको पुरानो तथ्यजाँच

यसर्थ ग्याँस सिलिण्डरमा भएका अंक र अक्षरहरुले म्याद गुज्रने मिति नभएर परीक्षण मिति तोकेको हो। 

तथ्यजाँच

दावी : ग्यास सिलिन्डरमा रहेको अङ्ग्रेजी अक्षर र अङ्कले एक्सपायरी डेट (म्याद गुज्रने मिति) जनाउँछ।

दावीकर्ता : अनलाइनखबर।

तथ्य : भ्रामक सूचना। ग्यास सिलिन्डरमा हुने अक्षर र अङ्कले मिति जनाउने सही भए पनि यो मिति परीक्षण गर्नु पर्ने मिति हो। परीक्षण गर्नुपर्ने मितिलाई म्याद गुज्रने मिति भन्नु भ्रामक हो। 


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको