पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको दाबी मिथ्या: पोस्टमार्टम नै भएको छैन

पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको दाबी मिथ्या: पोस्टमार्टम नै भएको छैन

  • चैत्र १७, २०८१ सोमबार ०२:२०

✍️ सागर बुढाथोकी/NepalFactCheck


चैत १५ गते राजावादीहरूको आन्दोलनका क्रममा तीनकुनेस्थित एउटा भवनमा भएको आगजनीमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्टमा शरीरमा गोली भेटिएको दावी गरिएका पोस्टहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

तर, हाम्रो तथ्यजाँचले यो सूचना मिथ्या रहेको पुष्टि गरेको छ। रजकको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा लगिएको भएतापनि पोष्टमार्टम सुरु नै गरिएको छैन।

दावी के छ ?

२०८१ चैत १२ गते ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले काठमाडौँस्थित तीनकुनेमा विरोध प्रदर्शन गरेको थियो । सोही प्रदर्शन हिंसात्मक बन्दा तीनकुनेको एक घरमा आगजनी तथा ढुंगामुढा गरिएको थियो। सोही घरमा बसेर भिडियो कैद गरिरहेका भनिएका पत्रकार सुरेश रजकको आगोले जलेको शरीर त्यहाँ भेटिएको थियो।

सोही घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका दावी गरिएको छ।

१७ लाख भन्दा बढी फलोअर्स भएको नेपाली न्यूज नामक फेसबुक पेजमा मार्च ३० मा एउटा स्टाटस पोस्ट भएको छ। स्टाटसमा ‘चैत्र १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरीरमा गोलि भेटिएको छ भन्ने कुरो आएको छ! सत्य के होला?’ लेखिएको छ ।

हेर्नुस्, स्क्रिनसट । अर्काइभ लिंक

Screenshot-2025-03-30-202139.jpg

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा २९०० रियाक्सन, ३४४ कमेन्ट र ६२५ पटक सेयर गरिएको छ। अर्थात् पोस्ट भाइरल भइसकेको छ।

३३०० फलोअर्स रहेको सोहित विष्ट नामक फेसबुक पेजमा पनि सो सूचना हालिएको छ।

हेर्नुस्, स्क्रिनसट । अर्काइभ लिंक

Screenshot-2025-03-30-202357.jpg

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा ७९३ रियाक्शन, १२६ वटा कमेन्ट र ४५८ पटक सेयर गरिएको छ।

मोटे ग्याङ नेपाल नामको फेसबुक पेजले पनि ब्रेकिङ न्युज भन्दै सोही सूचना सेयर गरेको थियो। तर हामीले पछि हेर्दा भने उक्त पोस्ट बिना सूचना हटाइसकिएको थियो। हेर्नुस् स्क्रिनसट-

Screenshot-2025-03-30-203658.jpg

तीन हजार सात सय फलोअर्स रहेको कमल थापा नामक फेसबुक प्रोफाइलमा पनि यो सूचना पोस्ट भएको छ। यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा १४०० रियाक्सन, ३०१ वटा कमेन्ट र २६६ पटक सेयर गरिएको छ।

सोही सूचना अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि सेयर गरेका छन्।

तथ्य के हो ?

यो विषयको तथ्यजाँच गर्नका लागि हामीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीलाई सम्पर्क गर्‍यौँ। उनले शव फरेन्सिक विभागमा राखिएको भएतापनि पोष्टमार्टमको काम सुरु नभएको बताए।

उक्त घटनाको अनुसन्धान भइरहेकाले पोष्टमार्टमको काम सुरु नभएको उनको भनाइ थियो।

“हामीले पोष्टमार्टमको काम सुरु नै गरेका छैनौँ” उनले भने ।

सोही विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले पनि पत्रकार रजकको पोष्टमार्टम नभएको भन्दै विज्ञप्ति जारी गरेको छ।

उक्त दिन भएको घटनाहरूका सन्दर्भमा यस कार्यलयबाट सुक्ष्म अनुसन्धान भइरहेको साथै निज मृतकको पोष्टमार्टम कार्य नै भइनसकेको अवस्थामा विभिन्न सामाजिक सञ्जालहरूमा चैत १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ लगायतका गलत र भ्रामक शीर्षक राखी भ्रम फैलाइएको छ” विज्ञप्तिमा भनिएको छ।

हेर्नुस्, विज्ञप्ति

police-rajak.jpg

यसैगरी सामाजिक सञ्जाल फेसबुकमा आफूलाई मृतक सुरेश रजकको दाजु बताउने रमेश रजकले पनि ‘भाइको शव अहिले टिचिङ अस्पतालमा रहेको र पोस्टमार्टम अझै नभएको’ जानकारी गराएका छन्।

तथ्यजाँच

दावी : राजावादी आन्दोलनको आगजानीमा परि मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमार्टमा रिपोर्टमा शरीरमा गोली भेटिएको छ।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्यजाँच : मिथ्या सूचना। पत्रकार रजकको शवको पोष्टमार्टम गर्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा लगिएतापनि उनको पोष्टमार्टम सुरु गरिएको छैन। नेपाल प्रहरीले पनि एक विज्ञप्ति जारी गर्दै रजकको पोष्टमार्टम सुरु नै नभएको उल्लेख गरेको छ। त्यसैले यो सूचना मिथ्या हो।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको