नझुक्किनुस्, ह्वाट्सएप कलहरु रेकर्ड गरिने भन्दै फैलिएका पोस्ट सही होइन

नझुक्किनुस्, ह्वाट्सएप कलहरु रेकर्ड गरिने भन्दै फैलिएका पोस्ट सही होइन

  • जेठ १, २०८२ बिहीबार १७:४३

✍प्रविण भट्ट/NepalFactCheck.Org

भोलिदेखि ‘नयाँ सञ्चार नियम लागू हुने’ दावी गरिएका पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पोस्टमा लेखिए अनुसार, ह्वाट्सएप र ह्वाट्सएप कलको लागि नयाँ नियम ल्याइँदैछ। नयाँ नियममा सरकारले व्यक्ति-व्यक्ति बीचका सन्देश हेर्न सक्ने र हामीलाई पनि सरकारले हेरेको बारे थाहा हुने जस्ता कुरा समावेश गरेको दावी गरिएको छ।

तर हाम्रो तथ्यजाँचमा यो दावी मिथ्या सूचना भएको पाइएको छ। 

के हो दावी?

सामाजिक सञ्जाल फेसबुकमा आज (बैशाख ३१ गते) बिहानैदेखि एक लामो पोस्ट भाइरल भइरहेको छ। भाइरल पोस्ट चेन मेसेजको रुपमा विभिन्न फेसबुक पेज तथा प्रोफाइलहरुले सेयर गरिरहेका छन्। सो पोस्ट अनुसार, ह्वाट्सएपले ‘नयाँ सञ्चार नियम’ भोलिदेखि लागू गर्दैछ। भोलि भन्नुको अर्थ कहिलेदेखि हो भन्ने बारे भने खुलाइएको छैन। 

हेर्नुस् प्रतिनिधि स्क्रिनसट

screenshot-of-viral-claim.png

 

पोस्टमा सबै कलहरु रेकर्ड गरिने र ती रेकर्डिङ सुरक्षित राखिने दावी गरिएको छ। ह्वाट्सएप, फेसबुक, ट्विटर, इन्स्टाग्राम र सबै सामाजिक सञ्जालहरूको निगरानी गरिने र उपकरणहरु मन्त्रालयसँग जोडिने दावी पनि छ।  

सरकारले हामीले पठाएको मेसेज नोट गर्न सक्ने र कारवाही समेत गर्न सक्ने भन्दै चेतावनीसमेत दिइएको छ। 

चेन मेसेजको रुपमा फैलिरहेका भाइरल स्टाटसहरु यहाँ क्लिक गरेर हेर्नुस ।

के हो तथ्य?

ह्वाट्सएपको नयाँ नियम लागू हुने दावी गरिएकाले हामीले यसबारे आधिकारिक वेबसाइटमा हेर्‍यौँ। ह्वाट्सएपको आधिकारिक वेबसाइटमा मेसेजिङ् गाइडलाइन बारे  पेज राखिएको छ। सन् २०२४ फेब्रुअरी १६ मा अन्तिम पटक अपडेट गरिएको सो पेजमा मेसेज गर्दा के-के गर्नु हुँदैन भन्ने व्यहोरा स्पष्ट पारिएको छ।

उक्त पेज यहाँ क्लिक गरी हेर्न सकिन्छ

सो पेजमा कुनै देशको कानून उल्लंघन गरेको भएमा सो देशले ह्वाट्सएपबाट जानकारी माग गर्न सक्ने बताएको छ। तर जस्तो अवस्थामा पनि व्यक्तिगत मेसेज र कल end-to-end encrypted हुने व्यहोरा स्पष्ट पारेको छ। 

हेर्नुस् स्क्रिनसट

message-rules-of-whatsapp-screenshot-1024x293.png

के हो end-to-end encryption?

end-to-end encryption भनेको के हो भन्ने बारे व्हाट्सएपले नै आफ्नो आधिकारिक वेबसाइटमा खुलाएको छ। व्हाट्सएपका अनुसार दुई जना व्यक्तिले एक अर्कासँग के-के कुरा गरे सोही दुईजना व्यक्ति बीच रहन्छ। ह्वाट्सएप आफैले चाहेर पनि सो मेसेजहरु पढ्न सक्दैन। यसका लागि कुनै सेटिङ अन गर्नु नपर्ने र आफै हुने ह्वाट्सएपको भनाई रहेको छ।

हेर्नुस् स्क्रिनसट

about-end-to-end-encryption.png

अर्थात् अहिलेसम्म सरकारले मेसेज र कलहरु हेर्न मिल्ने गरी कुनै नयाँ नियम आउने कुरा ह्वाट्सएपको आधिकारिक वेवसाइटमा छैन। बरु व्यक्ति-व्यक्ति बीचका मेसेज र कल व्हाट्सएप आफैले पनि पढ्न सुन्न नसकिने बताएको छ।

त्यसैगरी ह्वाट्सएपमा दुई वटा नीलो ठीक चिह्न ✓✓ ले सन्देश पढियो भन्ने अर्थ लाग्ने र  तीन नीलो ✓✓✓ ले सरकारले सन्देशको नोट लियो भन्ने बुझिने, दुई नीलो ✓✓ र एक रातो ✓ ले सरकारले तपाईंविरुद्ध कारबाही गर्न सक्छ बुझिने र एक नीलो ✓ र दुई रातो ✓✓ ले सरकारले तपाईंको जानकारी जाँच गरिरहेको छ भन्ने बुझिने र  तीन रातो ✓✓✓ ले सरकारले तपाईंविरुद्ध कारबाही शुरू गरेको छ बुझिने दावी गरिएको छ। हामीले ह्वाट्सएपको आधिकारिक साइटमा हेर्दा यस्तो ठीक चिह्नको व्यवस्था नै नरहेको भेट्टायौँ।

हामीले यो चेन मेसेज कसरी फैलियो भनेर चेक गर्न अंग्रेजी र हिन्दीमा नयाँ नियमबारे सर्च गरेर हेर्‍यौँ। दुई वर्ष अगाडि भारतमा सोही प्रकारको चेन मेसेज फैलिएको रहेछ।

हाल नेपालमा फैलिएको पोस्ट त्यही पोस्टको नेपाली अनुवाद रहेको देखिएको छ-

भारतमा फैलिएको मेसेजको स्क्रिनसट

सरकारले नयाँ नियम लागू गरेको भन्ने भाइरल मेसेज गलत र भ्रामक भएको निष्कर्ष निकाल्दै दैनिक भाष्करले तथ्यजाँचसमेत प्रकाशित गरेको छ।

पढ्नुस् दुई वर्ष अगाडिको दैनिक भाष्करको तथ्यजाँच

सो मेसेज फर्जी रहेको भारत सरकार मातहतको प्रेस इन्फर्मेसन व्युरोको तथ्यजाँचमा समेत उल्लेख गरिएको छ।

हेर्नुस् प्रेस ईन्फर्मेसन व्युरोको तथ्यजाँच

pib-fact-check-522x1024.png

यसर्थ नेपालमा अहिले ह्वाट्सएपको नयाँ नियमबारे फैलिरहेको चेन मेसेज भारतमा दुई वर्ष अगाडि नै फैलिरहेको थियो। कल रेकर्ड गरेर सरकारले सुरक्षित राख्न सक्ने र कारवाही समेत गर्न सक्ने व्यहोराको पोस्ट मिथ्या सूचना हो।

यस्ता चेन मेसेजले प्रयोगकर्तामा अनावश्यक त्रास सिर्जना गर्ने, भ्रम फैलाउने र गलत जानकारीका आधारमा प्रतिक्रियाको जोखिम बढाउने सम्भावना हुन्छ।

तथ्यजाँच

दावीः ह्वाट्सएप र ह्वाट्सएप कलको हकमा भोलिदेखि नयाँ नियम लागू हुने। सबै कल रेकर्ड गरिने र सरकारले निगरानी गरी कारवाही पनि गर्न सक्ने।

दावीकर्ताः विभिन्न फेसबुक पेज तथा प्रोफाइल।

तथ्यः मिथ्या सूचना। ह्वाट्सएपले यस्तो कुनै नयाँ नियमको सूचना जारी गरेको छैन। दुई वर्ष अगाडि भारतमा फैलिएको मिथ्या सूचनाको नेपाली संस्करण अहिले भाइरल भइरहेको हो।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको