किसानले दुध पोखेर आन्दोलन गरिरहेको भाइरल भिडियो नेपालको हैन भारतको #FactCheck

किसानले दुध पोखेर आन्दोलन गरिरहेको भाइरल भिडियो नेपालको हैन भारतको #FactCheck

  • श्रावण २२, २०८२ बिहीबार १२:०९

✍️प्रविण भट्ट/NepalFactCheck


बजारको मूल्य नपाएपछि किसानले दुध सडकमा पोखिरहेको दावीसहित एउटा भिडियो फेसबुकमा भाइरल भइरहेको छ। गाडीबाट दुधको भाँडा खन्याउँदै गरेको देखिने भिडियोमा भएका एक हजारभन्दा बढी कमेन्टहरु मध्ये अधिकांशमा यो दृश्य नेपालको भएको आशय देखिन्छ। 

तर हाम्रो तथ्यजाँचमा भने सो भिडियो नेपालको नभई भारतको गुजरात राज्यको रहेको पाइएको छ। 

के हो दावी?

६४ हजार फलोअर रहेको कल्पना चौधरी नामक फेसबुक प्रोफाइलमा गत जुलाई ३१ (साउन १५ गते)  भिडियो पोस्ट गरिएको हो। भिडियोमा बजार मूल्य नपाएकाले किसानले दुध नष्ट गरेको दावी गरिएको छ। भिडियोमा ‘फ्याँक्नु भन्दा गरिब दुःखीलाई दिएको भए पुण्य पाइने’ पनि लेखिएको छ। 

हेर्नुस् स्क्रिनरेकर्ड

स्क्रिनसट यहाँ हेर्न सकिन्छ

यो तथ्यजाँच तयार पार्दा सम्म १४ हजार जनाले रियाक्ट गरेको सो भिडियोमा १ हजार ४ सय कमेन्ट छन्। सो भिडियो ६२६ पटक सेयर समेत गरिएको छ। अर्थात् यो पोस्ट भाइरल भएको छ।

पोस्टमा भिडियो कहाँको हो भन्ने प्रष्ट लेखिएको नभए पनि अधिकांश कमेन्ट लेख्नेहरुले नेपालको ठान्दै कमेन्ट गरेकोले हामीले यसको तथ्य जाँच गर्ने निर्णय गर्‍यौँ।

के हो तथ्य?

भिडियोको स्क्रिनसट गुगलमा सर्च गरेर हेर्दा सामाजिक सञ्जाल एक्समा एउटा भिडियो फेला पऱ्यो। सो भिडियोमा देखिने ट्रकमा चढ्ने निलो टि-सर्ट लगाएको व्यक्ति र भाइरल भिडियोमा देखिने व्यक्ति एकै भएको देखिन्छ।

हेर्नुस् तुलनात्मक फोटोः

Comparison-MAN.png

एक्समा राखिएको पोस्टमा भिडियो भारतको गुजरात राज्य स्थित बनसकण्ठाको हो।

गुजरातमा दुध पोखेर गरिएको आन्दोलन बारे गुगलमा खोजी गरेर हेर्दा एक समाचार फेला पऱ्यो। न्युज १८ को गुजराती संस्करणमा गत जुलाई १७ मा छापिएको समाचारमा किसानले दुध पोखेर आन्दोलन गरिरहेको बताइएको छ। 

सो समाचार संगै प्रकाशित भिडियोमा भाइरल भिडियोमा देखिएको जस्तै दृष्य पनि देखिन्छ। भिडियोमा गुजरातीमा लेखिएको नेशनल मोबाइल लेखिएको बोर्ड दुइटै भिडियोमा देखिन्छ।

हेर्नुस् तुलनात्मक फोटोः

national-mobile-1.png

यसर्थ, दुध पोखेर किसानले आन्दोलन गरिरहेको भिडियो नेपालको होइन। भिडियो भारतको गुजरात राज्यको हो।

तथ्यजाँच

दावीः किसानले बजार मूल्य नपाउँदा दुध पोखेर आन्दोलन गरिरहेको।

दावीकर्ताः कल्पना चौधरी फेसबुक प्रोफाइल।

तथ्यः भ्रामक सूचना। दुध पोखेर किसानले आन्दोलन गरिरहेको भिडियो नेपालको होइन। भिडियो भारतको गुजरात राज्यको हो।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको