उमेश चौहानको राजीनामासँगै कान्तिपुर दैनिकमा नयाँ प्रधान सम्पादकको खोजी

उमेश चौहानको राजीनामासँगै कान्तिपुर दैनिकमा नयाँ प्रधान सम्पादकको खोजी

  • चैत्र १, २०८२ आइतबार १५:५२

नेपालको प्रमुख दैनिक पत्रिका कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएका छन् । चौहानले गत शुक्रबार राजीनामा दिएको कान्तिपुर मिडिया ग्रुपले चैत १ गते प्रकाशकीयमार्फत जनाएको छ ।

कान्तिपुरले चौहानलाई ७ जेठ २०८० मा प्रधान सम्पादक नियुक्त गरेको थियो । त्यसअघि उनी २६ असार २०७८ देखि सम्पादकको भूमिकामा थिए । 

दुई दशकभन्दा बढी पत्रकारिता अनुभव बोकेका चौहानले आफ्नो कार्यकालमा कोभिड–१९ महामारी, जेन–जी आन्दोलन र निर्वाचनको चुनौतीपूर्ण समयमा कान्तिपुरको नेतृत्व गरेका थिए ।

"चौहानलाई कान्तिपुरले कोभिड–१९ देखि जेन–जी आन्दोलन तथा निर्वाचनसम्मको चुनौतीपूर्ण समयमा लगातार सफल नेतृत्व गरेकामा हामी हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछौं", प्रकाशकीयमा उल्लेख छ । 

गत शुक्रबार चौहानले समाचार कक्षमा उपस्थित सहकर्मीका माझ आफूले राजीनामा दिएको जानकारी गराएका थिए । राजीनामाको कारण भने कान्तिपुरको प्रकाशकीयमा उल्लेख छैन ।

प्रधान सम्पादकको सार्वजनिक आवेदन

चौहानको राजीनामापछि कान्तिपुरले नयाँ प्रधान सम्पादकका लागि सार्वजनिक आवेदन प्रक्रिया सुरु गरेको छ । नेपालको मुलधारका मिडियामा यसरी खुला प्रतिस्पर्धाबाट प्रधान सम्पादक छान्ने प्रयास विरलै भएको छ ।

"पछिल्लो समय नेपालमा द्रुत गतिमा परिवर्तन भइरहेका राजनीतिक, आर्थिक र प्राविधिक परिवेशअनुसार हाम्रा पाठकहरू पनि प्रिन्ट संस्करणबाट डिजिटलतर्फ स्थानान्तरण हुँदै गइरहेका छन्”, कान्तिपुरले दरखास्त आह्वानमा भनेको छ, “यही सन्दर्भलाई मध्यनजर गर्दै कान्तिपुर दैनिकलाई नयाँ दिशामा अगाडि बढाउन कान्तिपुर मिडिया ग्रुप दूरदर्शी प्रधान सम्पादकको खोजीमा छ ।"

आवेदनका लागि वरिष्ठ नेतृत्वमा कम्तीमा ५ वर्ष र समग्रमा कम्तीमा १५ वर्ष व्यावसायिक पत्रकारिताको अनुभव अनिवार्य राखिएको छ । 

आवेदनसँगै तीनवटा आफूले गरेका काम पेस गर्नुपर्नेछ । आफूले किन यो भूमिका लिन चाहेको र सम्पादकीय दृष्टिकोण के हुनेछ भन्ने विवरण, आफ्नै ३ देखि ५ वटा उत्कृष्ट पत्रकारिता कामका उदाहरण, र कान्तिपुरमा हालै प्रकाशित एउटा राम्रो र एउटा कमजोर समाचारको समीक्षा पनि बुझाउन भनिएको छ ।

नयाँ प्रधान सम्पादकको नियुक्ति नहुन्जेल सम्पादकीय नेतृत्व चौहानले नै सम्हाल्ने कान्तिपुरले जनाएको छ । आवेदनको अन्तिम मिति चैत १५, २०८२ तोकिएको छ ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८