पोलिगन कलेजले महासंघको सिफारिसमा ४ पत्रकारलाई छात्रवृत्ति दिने

पोलिगन कलेजले महासंघको सिफारिसमा ४ पत्रकारलाई छात्रवृत्ति दिने

सहमति पत्रमा हस्ताक्षरपछि (वायाँबाट क्रमशः) नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी र पोलिगन कलेजका प्रिन्सिपल अविरल थापा । फोटोः पोलिगन कलेज
  • बैशाख १४, २०७८ मंगलबार २०:३२

पोलिगन कलेजले नेपाल पत्रकार महासंघको सिफारिसमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने चार जना पत्रकारलाई हरेक वर्ष छात्रवृत्ति दिने भएको छ ।

पोलिगन कलेजका प्रिन्सिपल अविरल थापा र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलबीच मंगलबार छात्रवृत्ति सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।

'सन् २०२१ को शैक्षिक सत्रबाट पोलिगन कलेजले महासंघको सिफारिसमा हरेक वर्ष ४ जना संचारकर्मीलाई आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर (MAMCJ) अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ', प्रिन्सिपल थापाले भने ।

महासंघले छात्रवृत्तिका लागि सिफारिस गर्ने पत्रकार महिला, मधेसी, दलित वा सीमान्तकृत समुदायको हुनुपर्ने सहमतिपत्रमा उल्लेख छ । महासंघले छात्रवृत्तिका लागि सिफारिस गर्ने चार जना पत्रकारले शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।

सम्झौता अनुसार महासंघले सिफारिस गरेका चार जनालाई प्रत्येक वर्ष कलेजले दुई लाख रुपैयाँ छात्रवृत्ति दिने छ भने बाँकी बत्तिसहजार आठसय रुपैयाँ अध्ययन गर्न चाहाने विद्यार्थी स्वयमले बेहोर्नुपर्ने छ ।

इच्छुक र योग्य उम्मेदवारले नेपाल पत्रकार महासंघमा सम्पर्क गर्न सक्नेछन् ।

सन् २०१० मा काठमाडौंमा स्थापित पोलिगन कलेजले पूर्वाञ्चल विश्वविद्यालयसँगको सम्बन्धनमा आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर तहको अध्ययन गराउँछ ।


Related Story

सञ्चारले कक्षाकोठालाई कसरी रूपान्तरण गर्न सक्छ ?

हामी मानिसले दैनिक जीवनमा अत्यधिक मात्रामा गर्ने दुईवटा कार्य छन् पहिलो हामी निरन्तर सास फेर्छौै र दोस्रो हरेक क्षण अन्तरक्रिया

सञ्चार र मिडिया सम्बन्धी काठमाडौं सम्मेलन आइतबारदेखि

सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४ आइतबारदेखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र

स्नातक तहमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि सूचना विभागको छात्रवृत्ति आह्वान

नेपाल सरकारको सूचना तथा प्रसारण विभागले स्नातक तहमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्तिको आवेदन आह्वान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा

त्रिवि पत्रकारिता केन्द्रीय विभाग प्रमुखमा कुन्दन अर्याल

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा सह-प्राध्यापक डा. कुन्दन अर्याल नियुक्त भएका छन् ।   यसअघिका प्रमुख प्रा. प्रबलराज

आरआर क्याम्पसबाट आफ्नै सुविधासम्पन्न भवनमा सर्‍यो त्रिविको पत्रकारिता केन्द्रीय विभाग

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन उद्घाटन समारोहका उद्घोषक घमराज लुइँटेल कार्यक्रम सञ्चालनकै क्रममा स्मृतिमा पुगे जतिबेला उनी

सञ्चारका तहहरू

निर्मलमणि अधिकारी-  सञ्चारका तहअन्तर्गत अन्तरनिहीत वा आन्तरिक सञ्चार, अन्तरव्यक्ति सञ्चार, समूह सञ्चार, साङ्गठनिक सञ्चार र आमसञ्चारको चर्चा गरिन्छ। कतिपय सञ्चारविद्ले समूह

सञ्चार विधाको विपश्चिमीकरण

डा. निर्मलमणि अधिकारी - नेपालमा सञ्चार विधाको औपचारिक एवं विशिष्टिकृत पठनपाठन विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मै भइरहेको छ । अन्य विधाभित्र संसारमा

मिडिया अध्ययनका डेढ दशक

डा. निर्मलमणि अधिकारी -  काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ को प्रस्तावनामा कला, विज्ञान, व्यवस्थापन, प्रविधिजस्ता विविध क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि