‘मिसइन्फरमेसन, डिसइन्फरमेसन र इन्फोडेमिक’

‘मिसइन्फरमेसन, डिसइन्फरमेसन र इन्फोडेमिक’

Photo by Brian McGowan on Unsplash
  • बैशाख २६, २०७८ आइतबार १९:५५

डा. कुन्दन अर्याल -


विश्वव्यापी महामारीका कारण समग्र मानव सभ्यता आक्रान्त भइरहेका बेला सत्यापन गरिएको जीवनोपयोगी सूचनाको महìव झनै बढेको छ । किनकि, गलत सूचना वा अफवाहको गति कोरोना भाइरसभन्दा कम छैन । यही गम्भीर समयस्यालाई दृष्टिगत गर्दै संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन, युनेस्कोेले यस वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सार्वजनिक महìवका सूचनालाई जनताको नासोका रूपमा बुझ्न आह्वान गर्‍यो । युनेस्कोले विश्वव्यापी महामारीको यो सङ्कटपूर्ण घडीमा ‘इन्फरमेसन एज ए पब्लिक गुड ’ भन्नुको विशेष र व्यापक अर्थ छ ।

गएको साता विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा युनेस्कोले गरेको आह्वान स्वतन्त्र तथा व्यावसायिक पत्रकारहरूबाट आज संसारले नै गरेको अपेक्षाको दृष्टान्त हो । यो आह्वानले सत्यापन गरिएको भरपर्दो सूचनाको उत्पादन, प्रशोधन र प्रसार गर्ने आमसञ्चार माध्यमको अत्यावश्यक भूमिकाप्रति यसका वाहकहरूको पुनः ध्यानाकर्षण गराएको छ । हिजो मात्र राष्ट्रिय पत्रकारिता दिवस मनाइएको नेपालको सन्दर्भमा यो विषय झनै सान्दर्भिक छ । नेपालका आमसञ्चार माध्यमहरूबाट सङ्कटको यो घडीमा अफवाह र हानिकारक सामग्रीलाई निरुत्साहित गर्ने झन् बढी अपेक्षा गर्नै पर्छ । वस्तुतः युनेस्कोले गरेको आह्वानजस्तै मिडियाका आमउपभोक्ताले यतिखेर विश्वभर नै संस्थागत मिडिया र व्यावसायिक पत्रकारिताको महìवलाई झन् बढी आत्मसात् गर्न जरुरी छ । कुनै पनि समाजमा र नैतिक मूल्यको कसीमा घोटिएको तथ्यपूर्ण आधिकारिक र भरपर्दो सूचनाका लागि संस्थागत आमसञ्चार माध्यमको प्रभावकारी भूमिका हुन्छ । त्यस्ता माध्यमबाट हुने व्यावसायिक पत्रकारिताले नै भ्रम र अफवाहलाई चिर्न सक्छन् ।

समाजका आर्थिक–सामाजिक र राजनीतिक क्षेत्रमा मिडियाप्रतिको निर्भरता झन्झन् बढ्दै गएको आजको युगमा मिडिया विनाको लोकतान्त्रिक समाजको कल्पना गर्न सकिंँदैन । तर सूचनाको अत्यधिक प्रवाहका बीच सत्यापनको विधि अवलम्बन नगरिएका अप्रशोधित सामग्री पनि प्रयोगकर्ताहरूबीच पुगिरहेका छन् । त्यसैले कोभिड १९ को महामारीबीच आममानिसका लागि जीवनोपयोगी सूचना र सामग्रीको प्रवाह बढाउन संस्थागत मिडिया र व्यावसायिक पत्रकारहरू नै चाहिन्छन् । गलत सामग्रीको विस्थापन सत्य र अत्यावश्यक सामग्रीले मात्र गर्न सक्छन् । तर सञ्चारका वाहक संस्थागत माध्यम वा पत्रकारहरूले आफूप्रति गरिएको यस्तो भरोसाको हरेक क्षण हेक्का राख्नै पर्छ । पढ्नुहोस् डा. कुन्दन अर्यालको लेख गोरखापत्र दैनिकमा । 


Related Story

कोभिडमा मिडिया मनोविज्ञान

डा. कुन्दन अर्याल-  बहत्तर सालको विनाशकारी भूकम्पपश्चात्को अन्योलपूर्ण अवस्थाबीच काठमाडौँका कतिपय विद्यालयले अभिभावकहरूलाई अनुरोध गरेका थिए, ‘‘केटाकेटीलाई टेलिभिजन समाचार हेर्न नदिनु

कोरोना कहरमा सञ्चारकर्मी : फिल्डमा नखटिई भा'छैन तर पाकेको तलब आ'छैन

माधव दुलाल - कामको प्रकृतिले कोरोना सङ्क्रमण फैलियो भनेर कोठामा निष्क्रिय रूपमा बस्न सक्दैनन् सञ्चारकर्मी। अस्पतालको अवस्था के छ, अक्सिजन उत्पादकहरूले

तीन जना डाक्टर विज्ञहरुले चिनियाँ खोपबारे फैलाएको भ्रम

हामी जस्तो सामान्य मान्छेहरुलाई धेरै कुराको ज्ञान हुँदैन। त्यसैले हामी भर पर्ने भनेको विज्ञमा हो। तर विज्ञले नै भ्रम फैलायो

नेपालमा कोभिड-१९ बाट ७ पत्रकारको निधन, ६५० संक्रमित

कोभिड-१९ महाव्याधिका कारण नेपालमा ७ जना पत्रकारले ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघको अभिलेखअनुसार हालसम्म ७ जना पत्रकारले ज्यान