कोरोना कहरमा सञ्चारकर्मी : फिल्डमा नखटिई भा'छैन तर पाकेको तलब आ'छैन

कोरोना कहरमा सञ्चारकर्मी : फिल्डमा नखटिई भा'छैन तर पाकेको तलब आ'छैन

Journalist protest in Kathmandu. Photo : khabarkura.com
  • बैशाख २९, २०७८ बुधबार १८:३८

माधव दुलाल -


कामको प्रकृतिले कोरोना सङ्क्रमण फैलियो भनेर कोठामा निष्क्रिय रूपमा बस्न सक्दैनन् सञ्चारकर्मी। अस्पतालको अवस्था के छ, अक्सिजन उत्पादकहरूले के गरिरहेका छन् लगायतका रिपोर्टिङ गर्न फिल्डमा नगई हुन्न।

तर जिम्मेवारी अनुसार सुरक्षित हुन आवश्यक सामान्य स्वास्थ्य सामाग्री समेत पाएका छैनन् सञ्चारकर्मीले। सङ्कटको बेलामा रोजगारी नै गुम्ने र नियमित पारिश्रमिक समेत नपाउने अवस्थामा छन् सञ्चारकर्मी।

केही मिडिया हाउसले कोरोनाको पहिलो चरणमा घटाएको पारिश्रमिक अझै समायोजन गरेका छैनन्। कोरोना सङ्कटमा परेको भन्दै अधिकांश ठुला मिडिया हाउसहरूले बैङ्कबाट सहुलियतमा ऋण लिएका छन्। तर सो ऋण मिडिया हाउसको आर्थिक समस्या समाधानमा खर्च भएको छ या व्यक्तिगत अनुगमन गर्ने संयन्त्र छैन।

यसरी सहुलियत कर्जा लिएका मिडिया हाउसहरूमध्ये केहीले नियमित पारिश्रमिक समेत नदिएको, मिडिया हाउस छाडिसकेको बाँकी पारिश्रमिक नदिएको गुनासाहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भइरहेका छन्।

पहिलो लहर मत्थर भएपछि अधिकांश सञ्चार गृह पुरानै लयमा फर्कने प्रयासमा रहँदै दोस्रो लहर सुरु भयो। परिचालन, सुविधा र कार्य प्रणाली भने उस्तै रह्यो दोस्रो चरणमा पनि।

दोस्रो चरण सुरु भएपछि पनि सन्चाकर्मीलाई सङ्क्रमणबाट जोगाउने उपाय भनेको वर्क फ्रम होम नीति मात्र देखियो। कोठाबाट फोन रिपोर्टिङ गरेर मात्र नसकिने फिल्डमै खटिने सञ्चारकर्मीले न्युनतम स्वास्थ्य सामाग्रीको सपोर्ट समेत पाएको देखिएन। पढ्नुस् उकेरा डट कममा माधव दुलालको रिपोर्टिङ 


Related Story

कोभिडमा मिडिया मनोविज्ञान

डा. कुन्दन अर्याल-  बहत्तर सालको विनाशकारी भूकम्पपश्चात्को अन्योलपूर्ण अवस्थाबीच काठमाडौँका कतिपय विद्यालयले अभिभावकहरूलाई अनुरोध गरेका थिए, ‘‘केटाकेटीलाई टेलिभिजन समाचार हेर्न नदिनु

‘मिसइन्फरमेसन, डिसइन्फरमेसन र इन्फोडेमिक’

डा. कुन्दन अर्याल - विश्वव्यापी महामारीका कारण समग्र मानव सभ्यता आक्रान्त भइरहेका बेला सत्यापन गरिएको जीवनोपयोगी सूचनाको महìव झनै बढेको छ ।

तीन जना डाक्टर विज्ञहरुले चिनियाँ खोपबारे फैलाएको भ्रम

हामी जस्तो सामान्य मान्छेहरुलाई धेरै कुराको ज्ञान हुँदैन। त्यसैले हामी भर पर्ने भनेको विज्ञमा हो। तर विज्ञले नै भ्रम फैलायो

नेपालमा कोभिड-१९ बाट ७ पत्रकारको निधन, ६५० संक्रमित

कोभिड-१९ महाव्याधिका कारण नेपालमा ७ जना पत्रकारले ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघको अभिलेखअनुसार हालसम्म ७ जना पत्रकारले ज्यान