जङ्गबहादुरले बेलायतबाट ल्याएको नेपालको पहिलो छापाखाना गिद्धे प्रेसको यो हाल

जङ्गबहादुरले बेलायतबाट ल्याएको नेपालको पहिलो छापाखाना गिद्धे प्रेसको यो हाल

  • फाल्गुण १६, २०७८ सोमबार ०३:५०

ऐतिहासिक महत्त्वका वस्तु राज्यका अमूल्य निधि हुन् । त्यस्ता वस्तुको संरक्षण कुनै धनसम्पत्तिसित तुलना हुन सक्दैन । तुलना हुन नसक्ने कारण त्यस्ता वस्तुको विकल्प हुँदैन । त्यस्ता अमूल्य निधिको संरक्षण राज्य र सम्बद्ध निकायकोे महत्त्वपूर्ण जिम्मेवारी हो । यस्ता अमूल्य निधिले विगतका इतिवृत्तान्त बताइरहेका हुन्छन् । इतिहास बोलिरहेका हुन्छन् । तसर्थ विगतबारे जानकारी पाउन तथा भावी सन्ततिका लागि पनि यस्ता ऐतिहासिक धरोहरको संरक्षण जरुरी मात्र होइन, अनिवार्य हुन्छ ।

यस सन्दर्भमा नेपाली छापाखानाको इतिहाससम्बन्धमा चासो राख्ने वा जानकारी राख्ने जो कोहीका लागि गिद्धे प्रेसको नाम नलिई सुखै छैन । नेपालको पहिलो अत्याधुनिक मानिने यसै प्रेसमा मुलुकी ऐन छापियो । कोलम्बियन प्रिन्टिङ छापाखानाको बाहिर गिद्धको चित्र भएकाले नेपालीले त्यसलाई सजिलोका लागि गिद्धे प्रेस भने र सोही नाम नै लोकिप्रिय भयो । सोही प्रेसबाट नेपाली छापाखानाको श्रीगणेश भयो ।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले वि.सं. १९०७ मा बेलायत भ्रमणबाट फर्किंदा प्रेस मेसिन पनि ल्याए । त्यसलाई नेपाल भित्रिन झन्डै एक वर्ष लागेको थियो । सन् १४४० मा जर्मनीका जोहनेस गुटनवर्गले छाप्ने मेसिन आविष्कार गरेपछि विश्व ज्ञान उद्योगमा नयाँ क्रान्ति छायो । बाइबलबाट सुरु हुँदै पुस्तक छापिन थाले । पढ्ने–पढाउने नवीन संस्कृतिको विकास भयो । युरोप पुनर्जागरण काल हुँदै विज्ञानको विकास र त्यसले औद्योगिक क्रान्ति ल्यायो । युरोपमा छाप्ने मेसिन आविष्कार भएको चार सय वर्ष हाराहारीपछि नेपालमा छाप्ने मेसिनले प्रवेश पायो ।

नेपाली छापाखाना इतिहासको पहिलो गिद्धे प्रेसको विशिष्ट महत्त्व छ । यही प्रेससँग गोरखापत्रको पनि ऐतिहासिक साइनो गाँसिएको छ । कुनै जमानामा गोरखापत्र पनि छापिनुका साथै धेरै पछिसम्म पनि यो गोरखापत्रको सम्पत्तिका रूपमा रहिरहेको इतिहास छ । यस्तो ऐतिहासिक महत्त्वले भरिपूर्ण प्रेस अहिले सङ्ग्रहालयको शोभामा छैन । बाहिर टहरोमा छरपस्ट छ । यसको पार्टपुर्जा कुन कता छन्, पत्तो छैन । यो पक्कै पनि दुःखलाग्दो विषय हो । इतिहास बोल्ने राष्ट्रका अमूल्य निधि काठमाडौँ छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयको एक टहरोमा अलपत्र पर्नु पक्कै पनि शोभनीय कुरा होइन । नेपाली छापाखानाको इतिहासका ज्ञिज्ञासुका लागि त दुःखद तथ्य हो ।

गोरखापत्रको सम्पादकीय पढ्नुहोस् । 


Related Story

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमका लाभ

एमडिएमएसले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण तथा प्रयोगलाई रोकी आपराधिक गतिविधिसमेत घटाउँछ डा. सुरेन्द्रलाल हाडा- एमडिएमएस भनेको के हो ?  मोबाइल डिभाइस

Expanding Digital Spaces for Deliberations

Harsha Man Maharjan The debate regarding singer Durgesh Thapa’s new song, “Bicha Bichama -4 (Khyassa Putali)”, released on Youtube on 23 July 2021

सञ्चार क्षेत्रबारे आर्थिक सर्वेक्षण के भन्छ ? २५ बुँदामा थाहा पाउनुहोस्

सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सूचना तथा सञ्चारको क्षेत्रमा पनि अनेकानेक उपलब्धिहरू हासिल भएको सरकारले दाबी गरेको छ ।

Why Should Journalists Worry As Gatekeepers?

Dr. Sudhamshu Dahal- It is quite obvious now that the rapid and pervasive advancement in information and communication technology (ICT) has

सामाजिक सञ्जालमा लैंगिक हिंसा

लैंगिक हिंसाविरुद्ध सोह्रदिने अभियान बर्सेनिझैं यसपालि पनि चलिरहेको छ । यस अभियानको उद्देश्य महिला तथा अन्य लैंगिक हिंसा न्यूनीकरण गर्नु हो,

स्थानीय तहमा सूचना प्रविधि

नेपालको वर्तमान संविधान कार्यान्वयनमा आएपश्चात् मुलुकमा छवटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कुल ७५३ वटा स्थानीय