मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमका लाभ

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमका लाभ

  • कार्तिक १, २०७९ मंगलबार १८:१३

एमडिएमएसले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण तथा प्रयोगलाई रोकी आपराधिक गतिविधिसमेत घटाउँछ


डा. सुरेन्द्रलाल हाडा-

एमडिएमएस भनेको के हो ?  
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) भनेको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू गरेको प्रणाली हो । यो प्रणालीले अवैध रूपमा राज्यमा भित्रिने मोबाइलमा प्रतिबन्ध लगाउन र सर्वसाधारणको मोबाइल तथा सिमको अनधिकृत प्रयोगलाई कानुनी दायरामा ल्याउने काम गर्छ । 

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट एमडिएमएस प्रणाली लागू गरिएको हो । प्राधिकरणले ०७९ भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याएका तथा सञ्चालनमा रहेका सबै मोबाइल सेट स्वतः प्रणालीमा दर्ता हुने व्यवस्था गरेको छ । तर, असोजदेखि भने अनौपचारिक माध्यमबाट ल्याइएका मोबाइल नेपालमा चल्नेछैनन् । यदि कसैले व्यक्तिगत रूपमा विदेशबाट मोबाइल ल्याएका छन् भने आफैँले प्रणालीमा दर्ता गर्न सक्नेछन् । 

एमडिएमएस प्रणाली लागू भएपछि मोबाइल आयातकर्ताले नेपाल भित्र्याउने सबै मोबाइल आफैँले प्रणालीमा दर्ता गरी ल्याउनुपर्ने हुन्छ । त्यसैगरी, कसैले विदेशबाट नेपाल आउँदा साथमा ल्याएका मोबाइल पनि सम्बन्धित व्यक्तिले नै प्रणालीमा दर्ता गर्न सक्नेछन् । 

विदेशबाट ल्याएका मोबाइल चल्छन् ? 
 कुनै व्यक्तिले विदेशबाट नेपाल आउँदा साथमा मोबाइल ल्याएको छ भने त्यस्तो मोबाइल आफैँले एमडिएमएस प्रणालीमा दर्ता गर्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले प्राधिकरणको एमडिएमएस वेबसाइटमा जानुपर्छ । यसमा चारवटा चरण छन् । प्राधिकरणको वेबसाइटमा गई सबैभन्दा तल व्यक्तिगत दर्ता भन्ने बटम राखिएको हुन्छ । त्यसमा प्रवेश गनुपर्ने हुन्छ ।

पहिलो चरणमा मोबाइलको आइएमइआई नम्बर, मोबाइलको ब्रान्ड, पहिले प्रयोग भए/नभएको विवरण भर्नुपर्छ । सो विवरण भरिसकेपछि मात्रै दोस्रो चरणमा प्रवेश गर्न सकिन्छ । दोस्रो चरणमा इमेल राख्नुपर्छ । इमेल राखेपछि त्यसमा ओटिपी नम्बर आउँछ । त्यो ओटिपी नम्बर राखेपछि मात्रै तेस्रो चरणमा पुगिन्छ । र, तेस्रो चरणमा विदेशबाट आउँदाको विवरण (कुन मुलुकबाट आएको हो र मिति) भर्नुपर्छ । अनि बल्ल व्यक्तिगत विवरण राख्नुपर्छ । यसमा व्यक्तिको नाम, राष्ट्रियता, मोबाइल नम्बर र पासपोर्ट नम्बर इन्ट्री गर्नुपर्ने हुन्छ । यदि राष्ट्रियतामा नेपाली र विदेशी हो भने फरक–फरक फर्म भर्नुपर्छ । 

राष्ट्रियता नेपाली हो भने त्यसमा दुईवटा विकल्प हुन्छन् । यदि सम्बन्धित व्यक्ति हवाईमार्गबाट नेपाल आएको हो भने पासपोर्टको पहिलो पेज, अध्यागमनले छाप लगाएको पूरा पेज र मोबाइल खरिद गरेको बिल अपलोड गर्नुपर्ने हुन्छ । तर, सडक अर्थात् भारतबाट नेपाल प्रवेश गरेको खण्डमा नागरिकता वा पासपोर्ट, भन्सारले प्रमाणित गरिदिएको पत्र र मोबाइल खरिद गरेको बिल अपलोड गर्नुपर्छ । विदेशी नागरिकको हकमा पासपोर्ट, भिसा अपलोड गर्नुपर्छ । उनीहरूले भिसा अवधिभर मात्रै मोबाइल नम्बर नेपालमा प्रयोग गर्न पाउँछन् । पूरा पढ्नुहोस्


Related Story

जङ्गबहादुरले बेलायतबाट ल्याएको नेपालको पहिलो छापाखाना गिद्धे प्रेसको यो हाल

ऐतिहासिक महत्त्वका वस्तु राज्यका अमूल्य निधि हुन् । त्यस्ता वस्तुको संरक्षण कुनै धनसम्पत्तिसित तुलना हुन सक्दैन । तुलना हुन नसक्ने

Expanding Digital Spaces for Deliberations

Harsha Man Maharjan The debate regarding singer Durgesh Thapa’s new song, “Bicha Bichama -4 (Khyassa Putali)”, released on Youtube on 23 July 2021

सञ्चार क्षेत्रबारे आर्थिक सर्वेक्षण के भन्छ ? २५ बुँदामा थाहा पाउनुहोस्

सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सूचना तथा सञ्चारको क्षेत्रमा पनि अनेकानेक उपलब्धिहरू हासिल भएको सरकारले दाबी गरेको छ ।

Why Should Journalists Worry As Gatekeepers?

Dr. Sudhamshu Dahal- It is quite obvious now that the rapid and pervasive advancement in information and communication technology (ICT) has

सामाजिक सञ्जालमा लैंगिक हिंसा

लैंगिक हिंसाविरुद्ध सोह्रदिने अभियान बर्सेनिझैं यसपालि पनि चलिरहेको छ । यस अभियानको उद्देश्य महिला तथा अन्य लैंगिक हिंसा न्यूनीकरण गर्नु हो,

स्थानीय तहमा सूचना प्रविधि

नेपालको वर्तमान संविधान कार्यान्वयनमा आएपश्चात् मुलुकमा छवटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कुल ७५३ वटा स्थानीय