सामाजिक सञ्जालमा लैंगिक हिंसा

सामाजिक सञ्जालमा लैंगिक हिंसा

  • पौष ७, २०७७ मंगलबार २१:४९

लैंगिक हिंसाविरुद्ध सोह्रदिने अभियान बर्सेनिझैं यसपालि पनि चलिरहेको छ । यस अभियानको उद्देश्य महिला तथा अन्य लैंगिक हिंसा न्यूनीकरण गर्नु हो, मानवतामाथिको हिंसा रोक्नु हो । तर, महिला तथा अन्य लैंगिक हिंसा थामिने सम्भावना देखिन्न । समयसँगै यसको स्वरूपमा परिवर्तन हुँदै गएको छ ।

प्रविधिको उन्नत विकाससँगै महिला तथा अन्य लैंगिक हिंसाका अनेक स्वरूप यत्रतत्र प्रकट भएका छन् । सामाजिक जीवनका अनेक पक्षलाई सामाजिक सञ्जालमा सजिलै पोस्ट गर्ने प्रवृत्तिले महिला तथा अन्य लैंगिक हिंसा हुने गरेको छ । यसबाट व्यक्तिविशेषमा पर्ने चोटको घनत्व सानो हुँदैन ।

सामाजिक सञ्जालमा भइरहेको लैंगिक हिंसाले राज्यलाई नै गिज्याइरहेझैं लाग्छ । प्रयोगकर्ताहरूको आक्रोश, असन्तुष्टि र असभ्यताका कारण सामाजिक सञ्जाल निकृष्ट विचार अभिव्यक्त गर्ने चौतारो बनेको प्रतीत हुन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक, अशिष्ट, संकीर्ण र अशोभनीय शब्दहरूका माध्यमले लैंगिक असमानता, धार्मिक असहिष्णुता, जातीय विभेदलाई प्रश्रय दिने एवं व्यक्तिगत तथा सामाजिक नोक्सानी हुने खालको टीकाटिप्पणी गर्ने प्रवृत्तिले व्यक्ति मनोविज्ञानमा गहिरो पीडा उत्पन्न गराइरहेको छ ।

स्वतन्त्रताका नाममा जथाभावी प्रयोग गर्ने परिपाटीले सामाजिक सञ्जाल धार्मिक, जातीयता, लैंगिक हिसाबले कसैको चरित्रको हत्या गर्ने प्लेटफार्म बनिरहेको छ । मानिस स्वतन्त्रताको उपभोग गर्न चाहने प्राणी हो भन्दैमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो सीमा बिर्सन नमिल्ने हो । तर चासो कसलाई ? पढ्नुस् रेखा शाहको कान्तिपुरमा प्रकाशित लेख । 


Related Story

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमका लाभ

एमडिएमएसले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण तथा प्रयोगलाई रोकी आपराधिक गतिविधिसमेत घटाउँछ डा. सुरेन्द्रलाल हाडा- एमडिएमएस भनेको के हो ?  मोबाइल डिभाइस

जङ्गबहादुरले बेलायतबाट ल्याएको नेपालको पहिलो छापाखाना गिद्धे प्रेसको यो हाल

ऐतिहासिक महत्त्वका वस्तु राज्यका अमूल्य निधि हुन् । त्यस्ता वस्तुको संरक्षण कुनै धनसम्पत्तिसित तुलना हुन सक्दैन । तुलना हुन नसक्ने

Expanding Digital Spaces for Deliberations

Harsha Man Maharjan The debate regarding singer Durgesh Thapa’s new song, “Bicha Bichama -4 (Khyassa Putali)”, released on Youtube on 23 July 2021

सञ्चार क्षेत्रबारे आर्थिक सर्वेक्षण के भन्छ ? २५ बुँदामा थाहा पाउनुहोस्

सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सूचना तथा सञ्चारको क्षेत्रमा पनि अनेकानेक उपलब्धिहरू हासिल भएको सरकारले दाबी गरेको छ ।

Why Should Journalists Worry As Gatekeepers?

Dr. Sudhamshu Dahal- It is quite obvious now that the rapid and pervasive advancement in information and communication technology (ICT) has

स्थानीय तहमा सूचना प्रविधि

नेपालको वर्तमान संविधान कार्यान्वयनमा आएपश्चात् मुलुकमा छवटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कुल ७५३ वटा स्थानीय