नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध भएका छन् । यसअघिको संघको कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका थापा एएनएस क्रियसन (ANS Creation) का प्रबन्ध निर्देशक हुन् ।
संघको निर्वाचन समिति सचिवालयले बुधबार जारी गरेको उम्मेदवारहरूको अन्तिम नामावली अनुसार कोषाध्यक्ष बाहेकका प्रमुख पदमा उम्मेदवारहरू निर्विरोध भएका छन् ।
संघको ११ औँ कार्यसमिति निर्वाचनका पुस २२ गते हुँदैछ । बुधबार दिउसो ३ बजेदेखि १८ जनाले मनोनयन दर्ता गरेको निर्वाचन समिति सचिवालयले जनाएको छ ।
अध्यक्षमा एएनएस क्रियसन प्रालिका सुदिप थापा, प्रथम उपाध्यक्षमा आउटरिच नेपाल प्रालिका उदय शाक्य, द्वितीय उपाध्यक्षमा प्रिज्मार्क मार्केटिङका पंकजलाल प्रधान, महासचिवमा फ्युचर हब मिडिया मल्टिपर्पोज प्रालिका कृष्णप्रसाद घिमिरे र सचिवमा पब्लिक एडभरटाइजिङ प्रालिका सन्तोष खड्का निर्विरोध भएका छन् ।
कोषाध्यक्षमा जिरो मिडिया प्रालिका जीवन पोख्रेल र ज्वाइन मिडिया प्रालिका सुजन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
सहकोषाध्यक्षमा मिडिया टाइम्स प्रालिका अरुणकाजी स्थापित निर्विरोध भएका छन् ।
त्यस्तै सदस्यमा रोशन रेग्मी, शम्भु अधिकारी, रोशन पौडेल, सन्तोष शिलवाल, दीपेन्द्र पौडेल, प्रताभ रिमाल, मोहन गजुरेल, गणेशप्रसाद तिमल्सिना, विधान राजभण्डारी र मनिष अधिकारीले उम्मेदवारी दिएका छन् । ८ सदस्य रहने कार्यसमितिका लागि ९ जनाको उम्मेदवारी परेको हो ।
हेर्नुहोस् उम्मेदवारहरूको अन्तिम नामावलीः
