फेसबुकसहित मेटाका प्लेटफर्म एकैछिन 'डाउन' : ट्‍विटर (X) मा ट्रेन्डिङ, विश्व मिडियामा हेडलाइन

फेसबुकसहित मेटाका प्लेटफर्म एकैछिन 'डाउन' : ट्‍विटर (X) मा ट्रेन्डिङ, विश्व मिडियामा हेडलाइन

  • फाल्गुण २३, २०८० बुधबार ०४:०१

सोसल नेटवर्किङ साइटमा फेसबुकमा मंङ्गलबार विश्वभर समस्या देखिएको छ । प्रयोगकर्ताहरूका फेसबुक एकाउन्ट अटोमेटिक लगआउट भएका छन् । फेसबुकसँगै म्यासेन्जर र इन्स्टाग्राममा पनि समस्या आएको छ । 

अन्तर्राष्ट्रिय मिडियाहरूमा फेसबुकर उसका अन्य प्लेटफर्महरूमा समस्या आएकोबारे हेडलाइन बनेका छन् । 

ब्रिटिस मिडिया डेलिमेलले फेसबुकको माउ कम्पनी मेटास्थित स्रोतलाई उद्‍धृत गर्दै फेसबुकको आन्तरिक प्रणाली पनि डाउन भएको उल्लेख गरेको छ । जसका कारण मङ्गलबार फेसबुक र यसका अन्य उत्पादनमा समस्या आएको हुन सक्ने समाचारमा जनाइएको छ । 

facebook problem.jpeg

फेसबुकमा आएका समस्याहरू बारे डाउनडिटेक्टरमा आएका रिपोर्टहरू । 

इन्डियाटिभीले इन्स्टाग्राममा फिड रिफ्रेस नभएको, त कतिका स्टोरी र कमेन्टहरू लोड नभएको उल्लेख गरेको छ । मेटाको अर्को उत्पादन थ्रेडमा पनि समस्या देखिएको समाचारमा जनाइएको छ । 

इन्टरनेट सर्भिस आउटेज (इन्टरनेट सेवा अवरुद्ध हुनु) मापन गर्ने वेबसाइट डाउनडिटेक्टरले फेसबुकको सेवा अवरुद्ध भएकोबारे तीन लाख भन्दा बढी रिपोर्ट भएको जनाएको छ । 

"हामीलाई थाहा छ, मानिसहरूलाई हाम्रा सेवाहरूको पहुँचमा समस्या परेको छ", मेटाका प्रवक्ताले एक्समा लेखेका छन्, "हामी अहिले त्यसैमा काम गरिरहेका छौँ ।" 

फेसबुककै माउ कम्पनीको स्वामित्वमा रहेको म्यासेजिङ एप ह्‍वाट्सएपमा पनि समस्या देखिएको न्यु योर्क टाइम्सले जनाएको छ । 

समाचार संस्था रोयटर्सले पहिलेको ट्‍विटर अर्थात् X मा फेसबुक लगायत मेटाका प्लेटफर्म डाउन भएको विषय ट्रेन्डिङ भएको समाचार बनाएको छ । 

फेसबुक लगइनमा आएको समस्या समाधानमा आफ्ना इन्जिनियरहरू लागिरहेको फेसबुकको प्रतिक्रियालाई बीबीसीले समाचार बनाएको छ । 

अहिले भने फेसबुक र यसका अरु उत्पादन सुचारु भइसकेका छन् । 


Related Story

डलरको लोभमा फेसबुक रिलमार्फत साम्प्रदायिक विद्वेषको खेती

काउन्सिलले पत्रकार आचारसंहिता प्रतिकूल ठहर गरेका कुल ९० वटा सामग्रीमध्ये ६२ वटा त फेसबुक रिल मात्रै रहेका छन् । प्रेस काउन्सिल

काठमाडौंमा डिजिटल प्लाटफर्म सुशासनसम्बन्धी क्षेत्रीय कार्यशाला, दुई टुलकिट अनुमोदन

दक्षिण एसियामा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सुदृढ गर्ने उद्देश्यले काठमाडौँमा आयोजित 'डिजिटल प्लाटफर्मको सुशासनका लागि युनेस्को निर्देशिका कार्यान्वयन' सम्बन्धी

Why Social Media Makes You Angry?

सोसल मिडियाका कतिपय सामग्रीले हामीलाई किन आक्रोषित बनाउँछ भनेर कहिल्यै सोच्नुभएको छ ? हेर्नेबित्तिकै रिस उठाउने यस्ता पोस्टको असर समाजमा कस्तो

जेन जी आन्दोलन: सूचना रिक्ततादेखि सूचना महामारीसम्म

मुलधारका मिडियाले सामाजिक सञ्जालका दृश्य सामग्रीलाई सम्पादन र विश्लेषण नगरी सीधै प्रसारण गरेपछि नागरिकलाई सत्य र झूठ छुट्याउन गाह्रो भयो भदौ

सोसल मिडिया प्लेटफर्म बन्द गर्ने सरकारको निर्णय, सूचिमा फेसबुकदेखि हाम्रोपात्रोसम्म

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गरी

३० दिनपछि स्वतः हट्दैछन् फेसबुकका लाइभ भिडियो, जोगाउन के गर्ने ?

फेसबुकले अब लाइभ भिडिओहरू ३० दिनपछि आफैं डिलिट गर्ने भएको छ । अर्थात्, लाइभ गरेको ३० दिनपछि जुनसुकै भिडियो फेसबुकको

सामाजिक सञ्जाल विधेयक: नागरिक अभिव्यक्तिमाथि अंकुशको डर

सरकारी विभागको एकल निर्णयबाट इन्टरनेटमा नागरिकको आवाज बन्द गर्ने खतरनाक प्रावधान सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनलाई नियमन गर्ने उद्देश्यले सरकारले हालै

इन्टरनेट सेन्सरसिपको हतियार बन्न सक्छ सामाजिक सञ्जाल विधेयक

सरकारले प्रस्ताव गरेको सामाजिक सञ्जाल विधेयक २०८१ ले इन्टरनेटमा स्वतन्त्र अभिव्यक्ति, सञ्चारको हक र गोपनीयताको अधिकारमा गम्भीर सेन्सरसिप लगाउने खतरा