‘सिधाकुरा’ ले प्रसारण गरेको सनसनीपूर्ण अडियो 'फेक' पुष्टि

‘सिधाकुरा’ ले प्रसारण गरेको सनसनीपूर्ण अडियो 'फेक' पुष्टि

  • जेठ २३, २०८१ बुधबार ०१:०१

‘सिधाकुरा’ र यसको युट्युब च्यानलमा प्रकाशित 'स्टिङ अपरेशन' भनिएको अडियो मिथ्या (फेक) रहेको पुष्टि भएको छ ।

'एक्सक्लुसिभ' भन्दै सिधाकुराबाट प्रकाशित अडियो 'फेक' रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निष्कर्ष निकालेको हो । सिआईबीको टोलीले दुई साता लगाएर गरेको अनुसन्धानले सो अडियोमा उल्लेखित विवरण यथार्थ नरहेको पुष्टि गरेको हो । 

गत वैशाख १४ गते सिधा कुरा डटकमले 'EXCLUSIVE: ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए' शीर्षकमा अडियो सार्वजनिक गरेको थियो । डिआईजी नविन्द अर्यालको नेतृत्वमा ६ सदस्यीय अनुसन्धान टोलीले गरेको अनुसन्धानमा सो सामग्रीमा रहेको अडियोको विवरण झुटो भएको निष्कर्ष निकालेको हो ।

यससँगै सीआईबीले उक्त अडियो युट्युबमा प्रसारण गरेका सामग्रीका सम्बन्धमा विद्युतीय कारोबार ऐन २०६३ को कम्प्युटरसम्बन्धी कसुर, मुलुकी अपराध संहिताको न्यायविरुद्ध कसुर आकर्षित हुने भनेको छ ।


🔗 सिधाकुराले प्रकाशन गरेको सनसनीपूर्ण अडियो र त्यसले निम्त्याएको बहस सजिलोसँग बुझ्नुहोस् । ⤵️


sidhakura and annapurna&kantipur.jpg

यो शृङ्खलाका सम्बन्धित सामग्रीहरूः 

╰┈➤ विकृत पत्रकारिताको राम्रो उदाहरण
╰┈➤ प्रेस स्वतन्त्रतालाई कुनै पनि निकायको आदेशले सीमित गर्न हुँदैनः महासंघ
╰┈➤ सर्वोच्चको सिधाकुरा- 'स्टिङ अपरेसन'को सामग्री हटाउनू [आदेशको पूर्णपाठ]
╰┈➤ सर्वोच्चको आदेशलगत्तै 'सिधाकुरा'ले हटायो सनसनीपूर्ण भिडियो
╰┈➤ सिधाकुराका प्रकाशक र सम्पादकविरुद्ध अवहेलना मुद्दा
╰┈➤ मिडियाका सञ्चालक समेत मुछिएको भनिएको ‘स्टिङ अपरेसन’ पछिका तरङ्ग र बुझ्नैपर्ने १० कुरा


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८