विश्वकै पहिलो मिस एआई केन्जा लइलीलाई चिन्नुहोस् #MissAI #KenzaLayli

विश्वकै पहिलो मिस एआई केन्जा लइलीलाई चिन्नुहोस् #MissAI #KenzaLayli

एआई-जेनेरेटेड (एआई प्रयोग गरी निर्मित) इन्फ्लुएन्सर केन्जा लइली विश्वको पहिलो एआई सुन्दरी प्रतियोगिताकी विजेता भएकी छन्। फोटो: फ्यानभ्यू वर्ल्ड एआई क्रिएटर अवार्ड्स
  • आषाढ २८, २०८१ बिहीबार २२:१९

मोरक्कोकी केन्जा लइली विश्वकै पहिलो मिस एआई घोषित भएकी छन् । वर्ल्ड एआई क्रिएटर अवार्ड्स (वाइका)द्वारा आयोजित मिस एआई प्रतियोगितामा लाइफस्टाइल इन्फ्लुएन्सर लइलीले मिस एआईको उपाधि हात पारेकी हुन् । 

मोरोक्कोकी केन्जाको इन्स्टाग्राममा १ लाख ९९ हजार फलोअर छन् । र, यी मेसिन सुन्दरी आफ्नो देश र मध्यपूर्वका महिलाको सशक्तिकरणका लागि योगदान पुर्‍याउन चाहन्छिन् ।

एआई टुल मात्रै नभएर कयौँ उद्योगलाई ‘डिस्टप्ट' गर्ने, पुरातन मूल्यमान्यतालाई चुनौती दिन सक्ने र यस अघि कहिल्यै अस्तित्वमा नरहेका अवसरहरू सृजना गर्न सक्ने परिवर्तनकारी शक्ति भएको उनले बताएकी छन् ।

फर्स्ट रनर अपको उपाधि फ्रान्सकी लालिना भालिनाले जितेकी छन् भने सेकेन्ड रनर अप पोर्चुगलकी ओलिभिया सीले भएकी छन् । 

मिस एआईको आयोजना वर्ल्ड एआई क्रिएटर अवार्ड्स (वाइका) नामक संस्थाले गरेको हो । वाइकाले यो प्रतियोगिता आयोजना गर्न फ्यानभ्यूसँग सहकार्य गरेको छ । फ्यानभ्यू एआईमार्फत बनाइएका कन्टेन्ट सेयर गर्न मिल्ने सामाजिक सञ्जाल प्लेटफर्म हो ।

विश्वभरका १५०० एआई मोडल मध्ये १० उत्कृष्ट एआई मोडलहरूको नाम सार्वजनिक गरिएको हो । विश्वको पहिलो मिस एआई बन्नको लागि मोरोक्कोकी केन्जा लइली, पोर्चुगलकी ओलिभिया सी, फ्रान्सकी एना केर्डी, भारतकी जारा शताभरी, रोमनियाकी अइयना रेनबो, फ्रान्सकी ललिना, टर्कीकी सेरेन अई, टर्कीकी असेना इलिक, बंगलादेशकी इलिजा खान र ब्राजिलकी अइल्या लोउबीच प्रतिस्पर्धा थिए ।

थप पढ्नुहोस्: विश्वकै पहिलो मिस एआई प्रतियोगिता: यी हुन् उत्कृष्ट १० मेसिन सुन्दरी


Related Story

एआईबाट बनाइएका भिडियोकाे पहिचान कसरी गर्ने ?

चुनावको बेला एआईले बनाएका Deepfake भिडियोले तपाईँ हामीलाई सजिलै झुक्याउन सक्छन् आगामी फागुन २१ गते हुने संसदीय निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार,

AI बनाउनेहरू बने Time वर्ष व्यक्ति | Time's 2025 Person of the Year

सन् १९५० मा कम्प्युटर 💻 लाई वर्ष व्यक्ति घोषणा गर्दै Time ले हेडलाइन राखेको थियो the thinking machine अर्थात्

कसरी सुधार्ने एआई नीतिको मस्यौदा ?

नेपाल सरकारले सार्वजनिक गरेको कृत्रिम बुद्धिमत्ता (एआई) नीतिको मस्यौदामा कमजोरीहरू रहेको विज्ञहरूले औंल्याएका छन् । डिजिटल राइट्स नेपाल र एआई एसोसिएसन

एआई नीतिको मस्यौदा तयार, एआई नियमन परिषद् गठन गर्ने सरकारको तयारी

नेपाल सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (AI) नीति २०८१ को मस्यौदा सार्वजनिक गरेको छ। सूचना तथा प्रविधि मन्त्रालयले तयार पारेको यो

विश्वकै पहिलो मिस एआई प्रतियोगिता: यी हुन् उत्कृष्ट १० मेसिन सुन्दरी

मिस युनिभर्स, मिस वर्ल्ड, मिस नेपाल जस्ता वर्षैपिच्छे भइरहने सुन्दरी प्रतियोगिताबारे तपाईँलाई पक्कै थाहा छ । तर मिस एआई तपाईँका

नेपालमा पहिलोपटक एआईको प्रयोग सम्बन्धी अवधारणापत्र तयार [पूर्णपाठ]

सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स(एआई) अर्थात् कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास