मिडिया अनुसन्धानका लागि एक लाख रुपैयाँसम्मको फेलोसिप अवसर

मिडिया अनुसन्धानका लागि एक लाख रुपैयाँसम्मको फेलोसिप अवसर

  • श्रावण २६, २०८१ शनिबार १५:४५

मिडिया अध्ययनमा रुचि राख्नुहुन्छ ? तपाईँका लागि एउटा अवसर छ - सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर) ले मिडिया अनुसन्धाताका लागि फेलोसिप आह्वान गरेको छ । यो फेलोसिप प्राप्त गर्ने अनुसन्धाताले अनुसन्धान अनुदानबापत् ५० हजारदेखि एक लाख रुपैयाँसम्म रकम प्राप्त गर्नेछन् । यो फेलोसिप कार्यक्रमले नेपालमा मिडिया क्षेत्रको अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। 

फेलोशिपका लागि आवेदन दिन इच्छुक व्यक्तिहरूले आफ्नो अनुसन्धान प्रस्ताव तयार गरी तोकिएको समयसीमा भित्र पेश गर्नुपर्नेछ। छनौट भएका उम्मेदवारहरूले आफ्नो अध्ययनका लागि रु. १,००,००० सम्मको आर्थिक सहयोग प्राप्त गर्नेछन्।

Center for Media Research.jpg

यो फेलोसिप पाउन कम्तिमा एउटा मिडिया अनुसन्धानको काम गरेको तथा स्नातकोत्तर पास गरेको हुनुपर्ने सूचनामा जनाइएको छ । स्नातकोत्तरमा सम्पन्न थेसिसलाई उक्त अनुसन्धानका रुपमा स्वीकार्न सकिने सिएमआरले जनाएको छ । तीन महिनाको यो फेलोसिप सेप्टेम्बर १६ मा सुरु भएर डिसेम्बर १५ मा सकिने छ ।

समकालीन मिडिया तथा पत्रकारिताका मुद्दामा अनुसन्धान गर्नुपर्ने छ । लामो समयदेखि मिडिया अनुसन्धानमा संलग्न सेन्टर फर मिडिया रिसर्चले काम गरिरहेका क्षेत्रहरूमा तपाईँले प्रस्ताव पेश गर्नुभयो भने तपाईँलाई झन् सजिलो हुन सक्छ । सिएमआरले अनुसन्धानलाई प्रकाशन गर्नेछ । 

तपाईँको व्यक्तिगत विवरण र अनुमानित बजेटसहितको प्रस्ताव [email protected] मा पठाउनुहोस् ।

Eligibility: The ideal research fellow holds a Master’s degree and has completed at least one previous media research project (a Master’s thesis is accepted as previous media research).

Details of the Fellowship:

  • Fellowship period: 3 months, from September 16 to December 15, 2024.
  • Research topic: Should relate to contemporary issues in media and journalism in Nepal. Priority will be given to topics aligned with CMR-Nepal’s areas of work (visit cmrnepal.org.np for details on CMR-Nepal’s focus areas).
  • Expected output: A publication-quality research article in APA format. CMR-Nepal will publish the research report with a DOI.
  • Support: CMR-Nepal will provide mentorship and other support if requested by the fellow.
  • Funding: Fellowship funding will be awarded after submission and acceptance of the final draft.

Important Dates:

  • August 31: Application window closes.
  • September 15: Announcement of fellows.
  • October 1: Research fellow submits detailed methodology.
  • November 31: Submission of the first draft of research.
  • December 15: Final research report submission.

How to Apply:

  • Send a CV, budget requested and concept note in English or Nepali to [email protected].
  • The concept note should include research questions and methodology.
  • The budget should include three-month of honorarium for researcher and any other costs associated with research.
  • Application deadline: August 31, 2024.

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 


Related Story

Construction of Online Journalism in Nepal: The Cooperation between an IT Company and Newspaper Organizations

It was the cooperation between Mercantile Communications (MC), an IT company, and daily newspaper organizations that made it possible to

नेपालमा पत्रकारलाई कस्तो तालिम चाहिएको छ ? सर्वेक्षणमा सहभागी हुनुहोस् #Journalism #Survey #Training

📢 पत्रकार मित्रहरू ! के तपाईं आफ्नो व्यावसायिक विकासमा रुचि राख्नुहुन्छ? 🤔आउनुस्, त्यसबारे कुरा गरौँ । मिडिया कुराकानीले सिएमआर जर्नलिज्म

नेपाली मिडियामा चिनियाँ लगानीः अनुसन्धान प्रतिवेदनका १५ प्रसङ्ग

सार्वजनिक वृत्तमा खासै चर्चा नभएको नेपाली मिडियामा चिनियाँ लगानी तथा प्रभावसम्बन्धी एउटा अनुसन्धान प्रतिवेदनका मुख्य प्रसङ्गहरू "आफ्नो पक्षमा विचार निर्माण गरेर

महाव्याधिमा नेपाली मिडिया

विषय प्रवेश दुई विशेष सन्दर्भबाट कोभिड–१९ विश्‍वव्याधिमा उद्‍घाटित नेपाली मिडियाको मूल चरित्रमाथि बहस थालौँ । पहिलो, कोभिड–१९ विश्‍वव्याधि पाठक/स्रोता/दर्शकलाई इतिहासमै सर्वाधिक

अनलाइनमा बालयौन शोषण : नजिकका साथीबाट सबैभन्दा खतरा

इन्टरनेटमार्फत् बालबालिकाहरूमाथि हुने विभिन्न यौन दुर्व्यहारका घटनाहरूले उनीहरूको जीवनमा गम्भीर असरहरू पर्ने गरेको एक अध्ययनले देखाएको छ । बालबालिका अधिकारको