- भानुभक्त आचार्य -
पत्रकारका नेताहरूमा आफू श्रमजीवी पत्रकारदेखि मिडियाका मालिक र राजनीतिक दलसम्मको पक्षमा रहेको देखाउने द्वैध चरित्र व्याप्त छ। त्यो पत्रकारिताको व्यावसायिक विकास र श्रमजीवी पत्रकारको हितका लागि घातक छ।
२५ चैतमा नेपाल पत्रकार महासंघको केन्द्रीय, प्रादेशिक एवं जिल्लास्तरीय चुनाव हुँदै छ। धेरै वर्षपछि महासंघका देशैभरका सदस्यहरूले यस पटक प्रत्यक्ष निर्वाचनमा सहभागी भएर नेतृत्व छान्न पाउने लोकतान्त्रिक अभ्यास हुन लागेको छ। यो राम्रो कुुरा हो। तर, पत्रकार महासंघको चुनावमा देखिने राजनीतिक सङ्क्रमण यस पटक अझ छरपस्ट र व्यापक भएको छ। एउटा प्यानल स्पष्ट रूपमा बालुवाटारको पक्षमा खडा भएको छ भने अर्को विपक्षमा।
अध्यक्षका तीन प्रत्याशीमध्ये विपुल पोखरेलको प्यानलले प्रेस स्वतन्त्रताको रक्षा, निर्मला शर्माको प्यानलले पत्रकारको क्षमता विकास र स्वतन्त्र उम्मेदवारी दिएका गजेन्द्र बुढाथोकीले श्रमजीवी पत्रकारका पक्षमा प्राथमिकताका साथ काम गर्ने भनेका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला राजनीतिक कदमलाई प्रतिगमन मान्ने र नमान्ने दुवै पक्षले प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता, श्रमजीवी पत्रकारको हकहित लगायत उस्तैउस्तै नारा अघि सारेका छन्।
यस आलेखमा नेपाल पत्रकार महासंघको निर्वाचनको सेरोफेरोलाई केलाउँदै राजनीतिक दलको छायाले महासंघलाई कसरी दृष्टिकोणविहीन र दिशाहीन बनाउँदै लगेको छ भन्नेबारे समीक्षात्मक टिप्पणी गरिएको छ।
घुमिफिरी रुम्जाटार
नेपाल पत्रकार महासंघको चुनाव हरेक तीन वर्षमा हुन्छ। प्रेस स्वतन्त्रता, श्रमजीवी तथा पत्रकारको क्षमता वृद्धिका पक्षमा वा पत्रकारिताको समग्र व्यावसायिक विकासका लागि भन्दै पर्चा पम्प्लेट, भिडिओ, गीत आदि बनाएर प्रचार गर्ने चलन छ। अझ आमचुनावमै जस्तो प्रचारप्रसारका लागि वैतनिक एवं अवैतनिक समूहहरू खटाउने गरिन्छ। तर, निर्वाचनको बेला अघिल्लो वा विद्यमान पत्रकार महासंघको नेतृत्वमा भएका कार्यगत, नीतिगत, संरचनागत गुण/दोषहरूको निर्मम समीक्षा हुने गरेको छैन। तिनै पुराना नारा उछाल्दै प्रत्याशीहरू निर्वाचनमा होमिन्छन्। यस पटक पनि त्यसैको पुनरावृत्ति भएको छ। पढ्नुस् हिमालखबर डट कममा प्रकाशित भानुभक्त आचार्यको टिप्पणी