राजनीतिक सङ्क्रमणले दिशाहीन पत्रकार महासंघ

राजनीतिक सङ्क्रमणले दिशाहीन पत्रकार महासंघ

काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय ।
  • चैत्र २३, २०७७ सोमबार २०:३३

  • भानुभक्त आचार्य - 

पत्रकारका नेताहरूमा आफू श्रमजीवी पत्रकारदेखि मिडियाका मालिक र राजनीतिक दलसम्मको पक्षमा रहेको देखाउने द्वैध चरित्र व्याप्त छ। त्यो पत्रकारिताको व्यावसायिक विकास र श्रमजीवी पत्रकारको हितका लागि घातक छ।

२५ चैतमा नेपाल पत्रकार महासंघको केन्द्रीय, प्रादेशिक एवं जिल्लास्तरीय चुनाव हुँदै छ। धेरै वर्षपछि महासंघका देशैभरका सदस्यहरूले यस पटक प्रत्यक्ष निर्वाचनमा सहभागी भएर नेतृत्व छान्न पाउने लोकतान्त्रिक अभ्यास हुन लागेको छ। यो राम्रो कुुरा हो। तर, पत्रकार महासंघको चुनावमा देखिने राजनीतिक सङ्क्रमण यस पटक अझ छरपस्ट र व्यापक भएको छ। एउटा प्यानल स्पष्ट रूपमा बालुवाटारको पक्षमा खडा भएको छ भने अर्को विपक्षमा। 

अध्यक्षका तीन प्रत्याशीमध्ये विपुल पोखरेलको प्यानलले प्रेस स्वतन्त्रताको रक्षा, निर्मला शर्माको प्यानलले पत्रकारको क्षमता विकास र स्वतन्त्र उम्मेदवारी दिएका गजेन्द्र बुढाथोकीले श्रमजीवी पत्रकारका पक्षमा प्राथमिकताका साथ काम गर्ने भनेका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला राजनीतिक कदमलाई प्रतिगमन मान्ने र नमान्ने दुवै पक्षले प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता, श्रमजीवी पत्रकारको हकहित लगायत उस्तैउस्तै नारा अघि सारेका छन्।

यस आलेखमा नेपाल पत्रकार महासंघको निर्वाचनको सेरोफेरोलाई केलाउँदै राजनीतिक दलको छायाले महासंघलाई कसरी दृष्टिकोणविहीन र दिशाहीन बनाउँदै लगेको छ भन्नेबारे समीक्षात्मक टिप्पणी गरिएको छ।

घुमिफिरी रुम्जाटार

नेपाल पत्रकार महासंघको चुनाव हरेक तीन वर्षमा हुन्छ। प्रेस स्वतन्त्रता, श्रमजीवी तथा पत्रकारको क्षमता वृद्धिका पक्षमा वा पत्रकारिताको समग्र व्यावसायिक विकासका लागि भन्दै पर्चा पम्प्लेट, भिडिओ, गीत आदि बनाएर प्रचार गर्ने चलन छ। अझ आमचुनावमै जस्तो प्रचारप्रसारका लागि वैतनिक एवं अवैतनिक समूहहरू खटाउने गरिन्छ। तर, निर्वाचनको बेला अघिल्लो वा विद्यमान पत्रकार महासंघको नेतृत्वमा भएका कार्यगत, नीतिगत, संरचनागत गुण/दोषहरूको निर्मम समीक्षा हुने गरेको छैन। तिनै पुराना नारा उछाल्दै प्रत्याशीहरू निर्वाचनमा होमिन्छन्। यस पटक पनि त्यसैको पुनरावृत्ति भएको छ। पढ्नुस् हिमालखबर डट कममा प्रकाशित भानुभक्त आचार्यको टिप्पणी 


Related Story

नेपाल पत्रकार महासंघको पोखरा घोषणा पत्र २०८२

मिति : २०८२।०३।०८ नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ । संविधानमा लिपिबद्ध मौलिक हक अन्तर्गतको सञ्चारको हक,

पत्रकार महासंघले बुझायो प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षणपत्र

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको

प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने महासङ्घको निर्णय

नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ

पत्रकार महासंघमा ऐतिहासिक क्षण: ६८ वर्षमा पहिलोपटक अध्यक्षमा महिला

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । शर्मा महासंघको इतिहासमै अध्यक्ष पदमा निर्वाचित हुने पहिलो महिला हुन्

यो हो पत्रकार महासंघका सदस्यको सूची

नेपाल पत्रकर महासंघ, केन्द्रीय निर्वाचन समितिले महासंघको मतदाता नामावली प्रकाशित गरेको छ । महासंघको सात सदस्य केन्द्रीय निर्वाचन समितिले मंसिर १८

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । मंसिर १८ गते मङ्गलबार निर्वाचन कार्यतालिका र मतदाता नामावली

जिल्ला र प्रदेश अध्यक्षहरूको हस्तक्षेपले जोगाएको पत्रकार महासंघको ‘डिएनए’

जिल्ला र प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले पत्रकार महासंघको वैधानिकता जोगाउँदै सदस्यता विवाद समाधानको विधि बनाएको छ चारपटकसम्म स्थगित नेपाल पत्रकार महासंघको

पत्रकार महासंघमा दलीय संगठनको हस्तक्षेप ? कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश बिष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत असोज ५ गते तोकिएको निर्वाचन हुन