पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय ।
  • मंसिर १८, २०८१ मंगलबार २०:३२

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । मंसिर १८ गते मङ्गलबार निर्वाचन कार्यतालिका र मतदाता नामावली प्रकाशन गरिएको हो । 

सार्वजनिक कार्यतालिका अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता मंसिर २१ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुने छ भने सोही दिन अपराह्न ४ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

उम्मेदवार उपरको दाबी विरोध मंसिर २१ गते अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म रहने छ । मंसिर २२ गते बिहान १० बजेसम्म उम्मेदवारले मनोनयनपत्र फिर्ता लिन सक्नेछन् । सोही दिन बिहान ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

मतदान मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने छ। मतगणना मतदानको लागि तोकिएको समय समाप्त भएपछि गरिने छ । 

प्रदेश समितिको मनोनयन मिति मंसिर २४ गते तथा जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ।

यसअघि चार पटक मिति तोकेर स्थगित भएको महासंघको चुनाव दलीय पत्रकारका संगठनको दबाबप्रभावले अनिश्चित बनेको थियो ।

गत वैशाख २१ र २२ मा काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनले जेठ २६ गते महासंघको निर्वाचन गर्ने घोषणा गरेको थियो । त्यसपछि निर्वाचन समितिले असार ७ गते एक निर्वाचन तालिका सार्वजनिक गर्दै असार २२ मा निर्वाचन हुने आश्वासन दियो तर उक्त मितिमा निर्वाचन हुन सकेन ।


पढ्नुस्: नेपाल पत्रकार महासंघको चुनाव किन हुन सकेन ?


त्यस्तै असोज ५ गते निर्वाचन गर्ने भन्दै तत्कालिन अध्यक्ष विपुल पोखरेललले निर्वाचन समितिलाई पत्राचार गरेका थिए । तर तेस्रो पटक पनि निर्वाचन हुन सकेन र अध्यक्ष पोखरेलले पदबाट राजीनामा दिए । 

सदस्यता विवाद टुङ्ग्याउन नसक्दा अन्योलमा रहेको महासंघको निर्वाचन वरिष्ठ अध्यक्ष रमेश विष्टले कार्यवाहक अध्यक्ष सम्हालेसँगै चौथो पटक असोज १२ गते निर्वाचन तोकियो । तर उनले पनि तोकिएकै समयमा निर्वाचन गराउन सकेनन् । उनले पनि राजीनामा दिएपछि हाल उपाध्यक्ष बाला अधिकारीले कार्यबाहक अध्यक्ष सम्हालेकी छन् । 

असोज तेस्रो साता भक्तपुरमा भएको महासंघका जिल्ला शाखा र प्रदेश अध्यक्षहरूको भेलाले सदस्यता विवादका कारण पटक-पटक स्थगित हुँदै आएको निर्वाचनको नयाँ मिति तय गरेको थियो ।


पढ्नुस्ः जिल्ला र प्रदेश अध्यक्षहरूको हस्तक्षेपले जोगाएको पत्रकार महासंघको ‘डिएनए’


यस्तो छ निर्वाचन कार्यतालिका:-

कार्यतालिका.jpg


Related Story

नेपाल पत्रकार महासंघको पोखरा घोषणा पत्र २०८२

मिति : २०८२।०३।०८ नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ । संविधानमा लिपिबद्ध मौलिक हक अन्तर्गतको सञ्चारको हक,

पत्रकार महासंघले बुझायो प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षणपत्र

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको

प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने महासङ्घको निर्णय

नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ

पत्रकार महासंघमा ऐतिहासिक क्षण: ६८ वर्षमा पहिलोपटक अध्यक्षमा महिला

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । शर्मा महासंघको इतिहासमै अध्यक्ष पदमा निर्वाचित हुने पहिलो महिला हुन्

यो हो पत्रकार महासंघका सदस्यको सूची

नेपाल पत्रकर महासंघ, केन्द्रीय निर्वाचन समितिले महासंघको मतदाता नामावली प्रकाशित गरेको छ । महासंघको सात सदस्य केन्द्रीय निर्वाचन समितिले मंसिर १८

जिल्ला र प्रदेश अध्यक्षहरूको हस्तक्षेपले जोगाएको पत्रकार महासंघको ‘डिएनए’

जिल्ला र प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले पत्रकार महासंघको वैधानिकता जोगाउँदै सदस्यता विवाद समाधानको विधि बनाएको छ चारपटकसम्म स्थगित नेपाल पत्रकार महासंघको

पत्रकार महासंघमा दलीय संगठनको हस्तक्षेप ? कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश बिष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत असोज ५ गते तोकिएको निर्वाचन हुन

नेपाल पत्रकार महासंघको चुनाव किन हुन सकेन ?

दुई पटक स्थगित भइसकेको नेपाल पत्रकार महासंघको चुनाव दलीय पत्रकारका संगठनको दबाब-प्रभावले अनिश्चित गत वैशाख २१ र २२ मा काठमाडौंमा नेपाल