पत्रकार महासंघमा ऐतिहासिक क्षण: ६८ वर्षमा पहिलोपटक अध्यक्षमा महिला

पत्रकार महासंघमा ऐतिहासिक क्षण: ६८ वर्षमा पहिलोपटक अध्यक्षमा महिला

  • पौष १, २०८१ सोमबार ०१:४१

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । शर्मा महासंघको इतिहासमै अध्यक्ष पदमा निर्वाचित हुने पहिलो महिला हुन् । 

आइतबार राति केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार शर्माले ४,२८२ मत प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन् ।

शर्मा सत्तारुढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले निकट पत्रकारका संगठन नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवार बनेकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी रमेश विष्टले ३,२०३ मत प्राप्त गरे । त्यस्तै अध्यक्ष पदका अन्य उम्मेदवारहरू देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे । प्रेस युनियनका बागी उम्मेदवार विष्टलाई प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालसहितका संगठनको समर्थन थियो ।    

वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलका दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी विष्ट प्यानलका रोसन पुरीले २ हजार ८८६ मत प्राप्त गरे । उम्मेदवारी निष्कृय बनाएर पुरीलाई समर्थन गरे पनि गोविन्द प्रसाद चौलागाईले ५४८ मत प्राप्त गरे ।

उपाध्यक्ष महिलामा शर्मा प्यानलकी नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा विष्ट प्यानलकी गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन् ।

bijeta.jpg

मतपरिणाम घोषणापछि महासंघ केन्द्रीय कार्यालयमा विजेताहरू ।


उपाध्यक्ष समावेशीमा शर्मा प्यानलका उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरे । यसैगरी मोहन कुमार सिंहले ८६० मत पाए ।

महासचिवमा शर्मा प्यानलका रामप्रसाद दाहाल निर्वाचित भएका छन् । उनले ४ हजार ८४ मत प्राप्त गरे । उनका निकटतम 

प्रतिस्पर्धी विष्ट प्यानलका लेखनाथ न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरे । महासचिवका अर्का उम्मेदवार जन्मदेव जैशीले १ हजार १५८ र प्रकाश थापाले ४८८ मत पाए । 

सचिव खुलामा रमेश खतिवडाले ३ हजार ४०० मत प्राप्त गरी विजयी भए । त्यस्तै उत्तरसिंह विष्टले २ हजार ६७, बालकृष्ण अधिकारीले ७७५, माधव दुलालले ७१९ र कुमार ओझाले ३१६ मत पाए ।

सचिव महिलामा सोनी शर्माले ४ हजार ३४७ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिद्वन्द्वी सरिता बराइलीले २ हजार ८२३ मत पाइन् ।

त्यस्तै कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । अधिकारी प्रेस सेन्टरसहित ६ संगठनका संयुक्त प्यानलका उम्मेदवार हुन् । उनि अन्य पधादिकारी भन्दा फरक प्यानलका उम्मेदवार हुन् । 

अधिकारीले रमेश विष्टको प्यानलबाट उम्मेदवारी दिएका थिए । अधिकारीले ३ हजार ८ सय ४७ मत पाएका छन् । उनका प्रतिस्पर्धी रामकृष्ण ज्ञवालीले ३ हजार ४ सय ६४ मत पाए  ।

सदस्यता विवाद लगायतका विषयले ६ महिनादेखि पटक पटक तोकिएका चुनावहरू स्थगित भएका थिए । महासंघको केन्द्रीय समितिमा १२ जना पदाधिकारीसहित ५२ पद हुन्छन् । 

महासंघमा रचियो इतिहास

अध्यक्षमा निर्वाचित शर्माले यसअघि पनि महासंघको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी थिइन् । तर, सो समय उनी प्रेस युनियन र सेन्टरका उम्मेदवार विपुल पोखरेलसँग पराजित भएकी थिइन् । यसपटक भने उनलाई नेपाल प्रेस युनियन र प्रेस चौतारी दुबैको समर्थन प्राप्त भएपछि चुनावी मैदानमा बलियो उपस्थिति देखाएकी थिइन् । यसले गर्दा शर्माको जित सुनिश्चित भएको अनुमान पहिले नै गरिएको थियो ।  

team nirmala.jpg

निर्मला शर्माले महिला पत्रकारहरूको हकहितका लागि लामो समयदेखि काम गर्दै आएकी छन् । उनी प्रेस स्वतन्त्रता, पत्रकारहरूको पेशागत सुरक्षाका मुद्दाहरूमा पनि क्रियाशील छिन् । 

६८ वर्ष पुरानो संस्थाको नेतृत्वमा पहिलो पटक अध्यक्षमा पत्रकार महिला निर्वाचित भएकी हुन् । शर्माले आफ्नो कार्यकालमा पत्रकारहरूको पेशागत मर्यादा, सुरक्षा, र महिलाहरूको सहभागिता थप सुनिश्चित गर्नका लागि योजना बनाएर अघि बढ्ने बताएकी छन् ।

महासंघ चुनावमा राजनीतिक समीकरण

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले निकट पत्रकारका संगठन क्रमशः नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले केन्द्रीय समितिदेखि सबै जसो प्रदेश र जिल्ला शाखाहरूमा संयुक्त उम्मेदावरी दिएका थिए । यी संगठनबाट उठेका बागी उम्मेदवारहरूले प्रतिपक्षी नेकपा माओवादीनिकट प्रेस सेन्टर नेपालसँग गठबन्धन गरेका थिए । कतिपय पत्रकारहरूले कुनै पनि गठबन्धनमा नरहीकनै उम्मेदवारी दिएका थिए । 

केन्द्रीय समितिका ५२ पदमा अध्यक्षसहित  पदमा सत्तारुढ दलनिकट गठबन्धनले पद जितेको छ । विष्ट प्यानलले कोषाध्यक्षसहित पाँच केन्द्रीय सदस्य पदमा जित प्राप्त गरेको छ । 

सत्तारुढ दलनिकट ठूला संगठनविरुद्ध लडेको विष्ट प्यानलले एक पदाधिकारी, पाँच केन्द्रीय सदस्य सहित प्रदेश र जिल्लामा पनि बलियो उपस्थिति देखाएको छ । 

पढ्नुस् कसले कति मत पाएः

FNJ election results_page-0001.jpg

FNJ election results_page-0002.jpg

FNJ election results_page-0003.jpg

FNJ election results_page-0004.jpg

FNJ election results_page-0005.jpg

FNJ election results_page-0006.jpg


Related Story

नेपाल पत्रकार महासंघको पोखरा घोषणा पत्र २०८२

मिति : २०८२।०३।०८ नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ । संविधानमा लिपिबद्ध मौलिक हक अन्तर्गतको सञ्चारको हक,

पत्रकार महासंघले बुझायो प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षणपत्र

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको

प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने महासङ्घको निर्णय

नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ

यो हो पत्रकार महासंघका सदस्यको सूची

नेपाल पत्रकर महासंघ, केन्द्रीय निर्वाचन समितिले महासंघको मतदाता नामावली प्रकाशित गरेको छ । महासंघको सात सदस्य केन्द्रीय निर्वाचन समितिले मंसिर १८

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । मंसिर १८ गते मङ्गलबार निर्वाचन कार्यतालिका र मतदाता नामावली

जिल्ला र प्रदेश अध्यक्षहरूको हस्तक्षेपले जोगाएको पत्रकार महासंघको ‘डिएनए’

जिल्ला र प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले पत्रकार महासंघको वैधानिकता जोगाउँदै सदस्यता विवाद समाधानको विधि बनाएको छ चारपटकसम्म स्थगित नेपाल पत्रकार महासंघको

पत्रकार महासंघमा दलीय संगठनको हस्तक्षेप ? कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश बिष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत असोज ५ गते तोकिएको निर्वाचन हुन

नेपाल पत्रकार महासंघको चुनाव किन हुन सकेन ?

दुई पटक स्थगित भइसकेको नेपाल पत्रकार महासंघको चुनाव दलीय पत्रकारका संगठनको दबाब-प्रभावले अनिश्चित गत वैशाख २१ र २२ मा काठमाडौंमा नेपाल