द गार्डियनले अब किन X मा पोस्ट गर्दैन ?

द गार्डियनले अब किन X मा पोस्ट गर्दैन ?

तस्बिर द गार्जियन डटकमबाट
  • कार्तिक ३०, २०८१ शुक्रबार ००:०५

बेलायती सञ्चार संस्था द गार्डियनले अबदेखि सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर)मा आफ्नो आधिकारिक खाताबाट अब कुनै सामग्री पोस्ट नगर्ने घोषणा गरेको छ । बुधबार गार्डियनले सूचना जारी गर्दै एक्समा कुनै पनि सामग्री आफ्नो आधिकारिक खाताबाट पोस्ट नगर्ने घोषणा गरेको हो । 

एक्समा धेरै नकारात्मकता भएका कारण आफूहरूले यस्तो निर्णय गरेको गार्डियनले सूचनामा उल्लेख गरेको छ । तर अन्य प्रयोगकर्ताहरूले भने एक्समा गार्डियनका सामग्रीहरू पोस्ट गर्न सक्ने बताएको छ । ‘हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट एक्समा पोस्ट गर्न बन्द गरेका छौँ,' गार्डियनले भनेको छ, 'तर एक्सका प्रयोगकर्ताहरूले हाम्रो समाचारहरू शेयर भने गर्न सक्छन् ।'

पोस्ट नगर्ने कारण के हो ?

एक्समा प्रायः विचलित पार्ने खालको सामग्री पाइने भन्दै गार्डियनले लामो समयदेखि यसबारे सोचिरहेको पनि बताएको छ । एक्समा अति दक्षिणपन्थी प्रोपगान्डा र नश्लवादसँग सम्बन्धित सामग्रीहरूलाई बढावा दिएको गार्डियनको दाबी छ । 

‘हामीलाई लाग्छ ‘एक्स’ मा अहिले धेरै नै नकारात्मकता छ । हामी हाम्रो पत्रकारितालाई थप बढावा दिन संसाधनहरूको राम्रो प्रयोग गर्न सक्छौँ’ गार्डियनले लेखेको छ ।

अमेरिकी निर्वाचनले पनि एक्स टक्सिक सामाजिक सञ्जाल रहेको प्रमाणित गर्ने गार्डियनको दाबी छ । एक्सका मालिक एलन मस्कले अमेरिकी निर्वाचनमा खेलेको भुमिकाले राजनीतिक वातावरण समेत प्रभाव पार्न सक्ने भन्दै अबदेखि एक्समा केही पनि पोस्ट नगर्ने निर्णय गरेको गार्डियनले जनाएको छ । 

‘अमेरिकी चुनावले पनि प्रमाणित गरेको छ कि एक्स एक विषाक्त प्लेटफर्म हो र यसको मालिक एलन मस्कले राजनीतिक वातावरणलाई प्रभाव पार्न प्रयोग गर्न सक्छ, गार्डियनले लेखेको छ । 

हालै सम्पन्न अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा एलन मस्कले डोनाल्ड ट्रम्पलाई खुलेर सहयोग गरेका थिए । ट्रम्पले जितेपछि 'अब तिमि हौ मिडिया' एलन मस्कले एक्समा लेखेका थिए । यसरी उनले मिडियालाई चिड्याएका हुन् कि भन्ने पनि बुझिन्छ । 


Related Story

डलरको लोभमा फेसबुक रिलमार्फत साम्प्रदायिक विद्वेषको खेती

काउन्सिलले पत्रकार आचारसंहिता प्रतिकूल ठहर गरेका कुल ९० वटा सामग्रीमध्ये ६२ वटा त फेसबुक रिल मात्रै रहेका छन् । प्रेस काउन्सिल

काठमाडौंमा डिजिटल प्लाटफर्म सुशासनसम्बन्धी क्षेत्रीय कार्यशाला, दुई टुलकिट अनुमोदन

दक्षिण एसियामा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सुदृढ गर्ने उद्देश्यले काठमाडौँमा आयोजित 'डिजिटल प्लाटफर्मको सुशासनका लागि युनेस्को निर्देशिका कार्यान्वयन' सम्बन्धी

Why Social Media Makes You Angry?

सोसल मिडियाका कतिपय सामग्रीले हामीलाई किन आक्रोषित बनाउँछ भनेर कहिल्यै सोच्नुभएको छ ? हेर्नेबित्तिकै रिस उठाउने यस्ता पोस्टको असर समाजमा कस्तो

जेन जी आन्दोलन: सूचना रिक्ततादेखि सूचना महामारीसम्म

मुलधारका मिडियाले सामाजिक सञ्जालका दृश्य सामग्रीलाई सम्पादन र विश्लेषण नगरी सीधै प्रसारण गरेपछि नागरिकलाई सत्य र झूठ छुट्याउन गाह्रो भयो भदौ

सोसल मिडिया प्लेटफर्म बन्द गर्ने सरकारको निर्णय, सूचिमा फेसबुकदेखि हाम्रोपात्रोसम्म

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गरी

३० दिनपछि स्वतः हट्दैछन् फेसबुकका लाइभ भिडियो, जोगाउन के गर्ने ?

फेसबुकले अब लाइभ भिडिओहरू ३० दिनपछि आफैं डिलिट गर्ने भएको छ । अर्थात्, लाइभ गरेको ३० दिनपछि जुनसुकै भिडियो फेसबुकको

सामाजिक सञ्जाल विधेयक: नागरिक अभिव्यक्तिमाथि अंकुशको डर

सरकारी विभागको एकल निर्णयबाट इन्टरनेटमा नागरिकको आवाज बन्द गर्ने खतरनाक प्रावधान सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनलाई नियमन गर्ने उद्देश्यले सरकारले हालै

इन्टरनेट सेन्सरसिपको हतियार बन्न सक्छ सामाजिक सञ्जाल विधेयक

सरकारले प्रस्ताव गरेको सामाजिक सञ्जाल विधेयक २०८१ ले इन्टरनेटमा स्वतन्त्र अभिव्यक्ति, सञ्चारको हक र गोपनीयताको अधिकारमा गम्भीर सेन्सरसिप लगाउने खतरा