पत्रकार महासंघका चुनौती

पत्रकार महासंघका चुनौती

काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय ।
  • चैत्र १९, २०७७ बिहीबार ०९:४६

  • खगेन्द्र फुँयाल - 

१३ चैत ०१२ मा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पत्रकार संघका रूपमा हालको नेपाल पत्रकार महासंघ स्थापना भएको थियो । स्थापना भएको केही वर्षमै सुरु भएको पञ्चायती व्यवस्थाका कारण पत्रकार संघले उचाइ लिन सकेन । भूमिगत शैलीमा संगठनका गतिविधि गर्नुपर्ने भयो, कार्यालय झोलामै सीमित हुन पुग्यो । 

संघभित्रका पञ्चायत पक्ष र पञ्चायतविरोधी पक्षबीचको अन्तरसंघर्षले पत्रकार संघले बहुलवाद, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता विषयमा खुलेर गतिविधि गर्न सकेन । संघभित्रकै अन्तरविरोधले ०४६ सालसम्म आइपुग्दा पञ्चायत पक्ष र बहुदल पक्षबीचमा पत्रकार संघ विभाजन हुन पुग्यो । पञ्चायत पक्षको नेतृत्व मञ्जुरत्न शाक्यले गरेका थिए, बहुदलवादी पक्षको नेतृत्व गोविन्द वियोगीले गरे । 

गोविन्द वियोगीले पत्रकार संघलाई पत्रकारको संगठनका रूपमा व्यवस्थित गर्दै जिल्ला शाखा विस्तार गरे । उनको पालादेखि संघको कार्यालय पाको न्युरोडमा स्थापना भयो, दैनिक कार्यालय खोल्ने व्यवस्था गरियो । हरिहर विरहीको नेतृत्वले पत्रकार संघलाई नेपाल पत्रकार महासंघमा रूपान्तरण गर्‍यो । नेपाल पत्रकार महासंघको इतिहासमा सबै सभापति तथा अध्यक्षको योगदान महत्वपूर्ण रहेको छ । 

०१२ देखि ०७७ सालसम्म आइपुग्दा नेपाल पत्रकार महासंघले २२ वटा नेतृत्व पाइसकेको छ । नेपाल पत्रकार महासंघका ७६ जिल्ला शाखा, १२ एसोसिएट, ४१ प्रतिष्ठान शाखा र १२ वैदेशिक शाखा छन् । नागरिक समाजको अग्रणी भूमिका निर्वाह गरेको यो संस्थाले नेपालमा प्रजातन्त्र स्थापनादेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका सबै आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको छ । महासंघ नेपाली पत्रकारहरूको साझा छाता संगठन हो । देश–विदेशमा रहेका नेपाली पत्रकारहरूलाई संगठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्न महासंघ क्रियाशील छ । पढ्नुस् खगेन्द्र फुयाँलको नयाँ पत्रिका दैनिकमा प्रकाशित लेख 


Related Story

नेपाल पत्रकार महासंघको पोखरा घोषणा पत्र २०८२

मिति : २०८२।०३।०८ नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ । संविधानमा लिपिबद्ध मौलिक हक अन्तर्गतको सञ्चारको हक,

पत्रकार महासंघले बुझायो प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षणपत्र

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको

प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने महासङ्घको निर्णय

नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ

पत्रकार महासंघमा ऐतिहासिक क्षण: ६८ वर्षमा पहिलोपटक अध्यक्षमा महिला

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । शर्मा महासंघको इतिहासमै अध्यक्ष पदमा निर्वाचित हुने पहिलो महिला हुन्

यो हो पत्रकार महासंघका सदस्यको सूची

नेपाल पत्रकर महासंघ, केन्द्रीय निर्वाचन समितिले महासंघको मतदाता नामावली प्रकाशित गरेको छ । महासंघको सात सदस्य केन्द्रीय निर्वाचन समितिले मंसिर १८

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । मंसिर १८ गते मङ्गलबार निर्वाचन कार्यतालिका र मतदाता नामावली

जिल्ला र प्रदेश अध्यक्षहरूको हस्तक्षेपले जोगाएको पत्रकार महासंघको ‘डिएनए’

जिल्ला र प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले पत्रकार महासंघको वैधानिकता जोगाउँदै सदस्यता विवाद समाधानको विधि बनाएको छ चारपटकसम्म स्थगित नेपाल पत्रकार महासंघको

पत्रकार महासंघमा दलीय संगठनको हस्तक्षेप ? कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश बिष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत असोज ५ गते तोकिएको निर्वाचन हुन