जुकरबर्गलाई खुला पत्र

जुकरबर्गलाई खुला पत्र

  • माघ ९, २०८१ बुधबार ००:००

प्रिय जुकरबर्ग,

नौ वर्षअघि हामीले तपाईंलाई फेसबुकमा भएका झूटा सूचनाले पार्ने वास्तविक हानीका बारेमा लेखेका थियौं । त्यसको जवाफमा मेटाले एउटा तथ्य-जाँच कार्यक्रम सुरु गर्‍यो, जसले लाखौं प्रयोगकर्तालाई झूटा अफवाह र षड्यन्त्र सिद्धान्तबाट जोगायो । यो साता तपाईंले 'अत्यधिक सेन्सरसिप' को चिन्ता जनाउँदै संयुक्त राज्य अमेरिकामा यो कार्यक्रम बन्द गर्ने घोषणा गर्नुभयो - यो निर्णयले अनलाइनमा सही सूचना प्रवर्द्धन गर्न गरिएको एक दशक लामो प्रगतिलाई उल्ट्याउने खतरा छ । फेसबुकले त्याग्यो तथ्य जाँचः स्वतन्त्र अभिव्यक्तिको चिन्ता वा ट्रम्प पुनरागमनको तयारी? फेसबुकले त्याग्यो तथ्य जाँचः स्वतन्त्र अभिव्यक्तिको चिन्ता वा ट्रम्प पुनरागमनको तयारी?

सन् २०१६ मा सुरु भएको यो कार्यक्रम अनलाइनमा तथ्यपरक सत्यता प्रवर्द्धन गर्ने एउटा सशक्त कदम थियो । यसले फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा प्रयोगकर्ताको फिडमा झूटा र भ्रामक जानकारीको प्रसार घटाएर मानिसहरूलाई सकारात्मक अनुभव प्राप्त गर्न मद्दत गर्‍यो । हाम्रो विश्वास छ - र तथ्यांकले पनि देखाउँछ - कि सामाजिक सञ्जालमा अधिकांश मानिसहरू आफ्नो जीवनका निर्णयहरू लिन र परिवार तथा साथीभाइसँग स्वस्थ अन्तरक्रिया गर्न भरपर्दो जानकारी खोजिरहेका हुन्छन् । सेन्सरसिप नगरी, झूटा जानकारीको प्रसार रोक्न प्रयोगकर्तालाई सूचित गर्नु नै यसको लक्ष्य थियो । तथ्य जाँचकीहरू अभिव्यक्ति स्वतन्त्रताका दृढ समर्थक हुन्, र हामीले यो कुरा गत वर्षको साराजेभो वक्तव्यमा पटक-पटक र औपचारिक रूपमा भनेका छौं । कुनै कुरा किन गलत छ भनेर बताउन पाउने स्वतन्त्रता पनि अभिव्यक्ति स्वतन्त्रता नै हो ।

तर तपाईंले भन्नुभएको छ कि यो कार्यक्रम 'सेन्सरसिपको साधन' बनेको छ, र 'तथ्य जाँचकीहरू राजनीतिक रूपमा अत्यधिक पक्षपाती छन् र उनीहरूले सिर्जना गरेको विश्वासभन्दा बढी विश्वास नष्ट गरेका छन्, विशेषगरी अमेरिकामा ।' यो गलत हो, र हामी आजको सन्दर्भ र ऐतिहासिक अभिलेख दुवैका लागि वास्तविकता स्पष्ट पार्न चाहन्छौं ।

मेटाले सबै तथ्य-जाँच साझेदारहरूलाई अन्तर्राष्ट्रिय तथ्य-जाँच नेटवर्क मार्फत कडा निष्पक्षता मापदण्डहरू पूरा गर्नुपर्ने व्यवस्था गर्‍यो । अर्थात्, हामी सबैसँग राजनीतिक दलहरू वा उम्मेदवारहरूसँग कुनै सम्बन्ध नहुने, कुनै नीति वकालत नगर्ने, र वस्तुनिष्ठता र पारदर्शिताप्रति अटल प्रतिबद्धता चाहिन्छ । प्रत्येक समाचार संस्थाले स्वतन्त्र मूल्यांकन र समकक्षी समीक्षा (पियर रिभ्यु) सहित गहन वार्षिक सत्यापन प्रक्रिया पार गर्छन् । यी मापदण्डहरूमाथि प्रश्न उठाउनुको साटो, मेटाले लगातार तिनीहरूको गहनता र प्रभावकारिताको प्रशंसा गर्दै आएको छ । एक वर्ष अघि मात्र, मेटाले यो कार्यक्रमलाई थ्रेड्समा विस्तार गर्‍यो ।

तपाईँको तर्कअनुसार तथ्य जाँचकीहरु सेन्सरसिपको लागि जिम्मेवार छन्, जबकि मेटाले कहिल्यै पनि तथ्य-जाँचकीलाई कुनै पनि सामग्री वा खाता हटाउने क्षमता वा अधिकार कहिल्यै पनि दिएको थिएन । बरु मानिसहरूले अनलाइनमा प्रायः मेटाका निर्णयहरूका लागि तथ्य जाँचकीहरूलाई दोष लगाएका छन्, दुर्व्यवहार गरेका छन् । तपाईंका पछिल्ला टिप्पणीहरूले निःसन्देह त्यस्ता धारणाहरूलाई अझ प्रोत्साहन गर्नेछन् । तर वास्तविकता यो हो कि तथ्य-जाँचकीहरूले झूटो ठहर गरेका सामग्रीलाई कसरी 'डाउनर्‍याङ्क' वा लेबल गर्ने भन्ने मेटाका कर्मचारीहरूले निर्णय गर्दथे । कतिपय तथ्य-जाँचकीहरूले लेबलिङ्गलाई कम अवरोधपूर्ण र सेन्सरसिपको आभास नहुने बनाउन के गर्न सकिन्छ भन्नेबारे मेटालाई सुझाव पनि दिएका थिए । तर मेटाले ती सुझावहरूमा ध्यान दिएन । साथै, मेटाले राजनीतिज्ञहरू र राजनीतिक उम्मेदवारलाई तथ्य-जाँचबाट बाहिरै राखेको थियो,जबकि उनीहरु भ्रामक सूचना फैलाउन माहिर छन् । तथ्य-जाँचकीहरूले भनेका थिए कि राजनीतिज्ञहरूलाई पनि अरूहरू जस्तै समान रूपमा तथ्य-जाँच गर्नुपर्छ ।

वर्षौँसम्म मेटाले तथ्य-जाँच कार्यक्रमका नतिजासम्बन्धी सीमित जानकारीहरू मात्र प्रदान गर्‍यो जबकि तथ्य जाँचकीहरू र स्वतन्त्र अनुसन्धाताहरूले थप तथ्याङ्कका लागि धेरैपटक अनुरोध गरिरहेका थिए । तर हामीले देखेअनुसार के भन्न सक्छौँ भने कार्यक्रम अत्यन्त प्रभावकारी थियो । अनुसन्धानहरूले के देखाएका छन् भने तथ्य जाँचका लेबलहरूले झूटा सूचनामाथिको विश्वास र सेयरिङलाई कम गर्‍यो । र, कंग्रेसमा दिएको बयानमा तपाईँले मेटाको "उद्योगकै अग्रणी तथ्य जाँच कार्यक्रम"को बारेमा घमण्ड गर्नुभएको थियो ।  

तपाईंले X जस्तो ‘कम्युनिटी नोट्स’ कार्यक्रम सुरु गर्ने योजना बनाएको भन्नुभयो । X ले भनेजस्तो यस प्रकारको कार्यक्रमले प्रयोगकर्ताहरूका लागि सकारात्मक अनुभव सिर्जना गर्छ भन्नेमा हामीलाई विश्वास छैन । अनुसन्धानहरूले देखाउँछन् कि धेरैजसो कम्युनिटी नोट्स कहिल्यै देखाइँदैन, तिनीहरु व्यापक राजनीतिक एजेन्डा फैलाउन बढी र तथ्य एवम् ज्ञान फैलाउन कम लागि परेका हुन्छन् । यद्यपि, कम्युनिटी नोट्स र तेस्रो-पक्ष तथ्य-जाँच कार्यक्रम सहअस्तित्व गर्न सक्दैन भन्ने कुनै कारण छैन; यी दुई परस्पर-विरोधी छैनन् । कम्युनिटी नोट्स मोडेलले व्यावसायिक तथ्य-जाँचसँग मिलेर काम गरेमा त्यसले सही सूचना प्रवर्द्धन गर्ने नयाँ मोडेलको रूपमा स्थापित हुन सक्छ । यदि मानिसहरूले सोसल मिडिया प्लेटफर्महरूलाई ठगी र धोखाधडीले भरिपूर्ण मान्छन् भने, उनीहरूले त्यहाँ समय बिताउन चाहँदैनन् या त्यहाँ व्यापार गर्न चाहँदैनन् ।

अब हामी संयुक्त राज्य अमेरिकाको राजनीतिक सन्दर्भको कुरा गरौँ । तपाँईले यो घोषणा राष्ट्रपतिमा निर्वाचित ट्रम्पले सत्ताको नेतृत्व लिन लागेको पूर्व सन्ध्यामा गर्नुभयो  । यसबाट हामी बुझ्न सक्छौँ कि यो ट्रम्प प्रशासनलाई स्वागत गर्ने टेक जगतको निर्णयको एक हिस्सा थियो । ट्रम्प आफैँले पनि भनेका छन् कि सम्भवतः उनीहरुको समूहबाट भएको धम्कीको आधारमा यो निर्णय आएको हो । हाम्रो तथ्य-जाँच समुदायका केही पत्रकारहरूले आफूले काम गर्ने देशहरूका सरकारहरूबाट यस्तै धम्कीहरूको सामना गरेका छन्, त्यसैले हामी यो दबावको सामना गर्न कति कठिन हुन्छ भन्ने बुझ्छौं ।

सन् २०२५ मा तथ्य-जाँच कार्यक्रम बन्द गर्ने मेटाको योजना हाललाई अमेरिकामा मात्र लागू हुनेछ । तर विश्वभरका १०० भन्दा बढी मुलुकमा मेटाका यस्तै कार्यक्रमहरू सञ्चालनमा छन् । ती मुलुकहरू विविधतापूर्ण छन् र लोकतन्त्र तथा विकासका विभिन्न चरणमा छन् । यीमध्ये केही मुलुकहरू भ्रामक सूचनाका कारण अत्यन्त जोखिममा छन्, जसले राजनीतिक अस्थिरता, निर्वाचनमा हस्तक्षेप, भीडको हिंसानरसंहारसम्म निम्त्याउन सक्छ । यदि मेटाले विश्वभर नै यो कार्यक्रम बन्द गर्ने निर्णय गर्‍यो भने धेरै ठाउँमा वास्तविक क्षति पुग्ने निश्चित छ ।

यतिबेला सार्वजनिक सेवामूलक पत्रकारितामा थप लगानीको आवश्यकता अझै उजागर भएको छ । तथ्यमा आधारित छलफल र साझा वास्तविकतालाई जीवन्त राख्न तथ्य-जाँच अत्यावश्यक छ - चाहे त्यो अमेरिकामा होस् वा विश्वका अन्य कुनै कुनामा । यो महत्त्वपूर्ण समयमा परोपकारी क्षेत्रसँग पत्रकारितामा लगानी बढाउने सुनौलो अवसर छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, मेटाको तेस्रो-पक्ष तथ्य-जाँच कार्यक्रम बन्द गर्ने निर्णयले सही र विश्वसनीय जानकारीलाई प्राथमिकता दिने इन्टरनेट हेर्न चाहने मानिसहरूका लागि पश्चगमन हो भन्ने हाम्रो विश्वास छ । आउने वर्षहरूमा कुनै न कुनै तरिकाले यो स्थिति सुधार्न सकिएला भन्ने हामीलाई आशा छ । हामी मेटासँग वा अन्य कुनै पनि प्रविधि प्लेटफर्मसँग काम गर्न तयार छौं, जसले मानिसहरूलाई आफ्नो दैनिक जीवनका बारेमा सुसूचित निर्णय लिन आवश्यक जानकारी दिने साधनको रूपमा तथ्य-जाँचलाई अपनाउन चाहन्छन् ।

सत्यतथ्यमा पहुँचले अभिव्यक्ति स्वतन्त्रतालाई जीवन्त बनाउँछ । यसले समुदायहरूलाई आफ्ना मूल्यमान्यता अनुरूप निर्णय लिन सक्षम बनाउँछ ।  पत्रकारका रूपमा हामी प्रेस स्वतन्त्रताप्रति सधैं प्रतिबद्ध छौं। हाम्रो यही प्रतिबद्धताले सत्यको खोजीलाई लोकतन्त्रको मूल आधारको रूपमा जीवन्त राख्छ।

सम्मानपूर्वक,


  1. 15min – Lithuania
  2. 20 Minutes Fake off – France
  3. AAP FactCheck – Australia
  4. ABS-CBN Fact Check – Philippines
  5. AFP – France
  6. Africa Check – South Africa, Nigeria, Kenya, Senegal
  7. AkhbarMeter Media Observatory – Egypt
  8. Animal Político-El Sabueso – México
  9. Annie Lab – Hong Kong SAR
  10. Aos Fatos – Brazil
  11. APA-Faktencheck – Austria
  12. Beam Reports – Sudan
  13. Belarusian Investigative Center – Czech Republic
  14. BOOM – India
  15. Chequeado – Argentina
  16. Civilnet.am – Armenia
  17. Colombiacheck – Colombia
  18. Congo Check : Congo, Congo DR, Central African Rep
  19. Cotejo.info – Venezuela
  20. CORRECTIV – Germany
  21. Delfi Melo detektorius – Lithuania
  22. Delfi Estonia – Estonia
  23. Demagog – Poland
  24. Demagog.cz – Czech Republic
  25. Demagog.sk – Slovakia
  26. Détecteur de rumeurs – Canada
  27. DFRAC – India
  28. Doğruluk Payı – Türkiye
  29. Dubawa – Nigeria
  30. Ecuador Chequea – Ecuador
  31. EFE Verifica – Spain
  32. Ellinika Hoaxes – Greece
  33. Estadão Verifica – Brazil
  34. Facta – Italy
  35. Fact-Check Ghana – Ghana
  36. FactCheckHub – Nigeria
  37. Fact-Check Cyprus – Cyprus
  38. FactCheck Georgia – Georgia
  39. FactCheck.kz – Kazakhstan
  40. Factcheck Lab – Hong Kong
  41. FactCheckZW – Zimbabwe
  42. FactCrescendoIndia, Sri Lanka, Myanmar, Afghanistan, Bangladesh, Thailand, Cambodia
  43. Factcheck.bg – Bulgaria
  44. FactCheck.org – United States of America
  45. FactCheckNI – Northern Ireland
  46. Factcheck.Vlaanderen – Belgium
  47. Factchequeado – United States of America
  48. Factly – India
  49. FactReview – Greece
  50. FactSpace West Africa – Ghana
  51. Factnameh – Iran
  52. Faktisk.no – Norway
  53. Faktograf – Croatia
  54. Faktoje.al – Albania
  55. Factual.ro – Romania
  56. FakeHunter, The Polish Press Agency – Poland
  57. Fakt Yoxla – Azerbaijan
  58. Fatabyyano – Jordan
  59. First Check – India
  60. Full Fact – United Kingdom
  61. France 24 Observers – France
  62. Fundación Maldita.es – Spain
  63. Greece Fact Check – Greece
  64. Gwara Media – Ukraine
  65. Hibrid.info – Kosovo
  66. India Today Fact Check – India
  67. InFact ‐ Japan
  68. Internews Kosova KALLXO – Kosovo
  69. Istinomer – Serbia
  70. Istinomjer – Bosnia & Herzegovina
  71. Japan Fact-check Center – Japan
  72. Källkritikbyrån – Sweden
  73. Kashif – Palestine
  74. KOMPAS.com – Indonesia
  75. Knack Magazine – Belgium
  76. La Silla Vacía – Colombia
  77. Lead Stories – United States of America
  78. Les Surligneurs – France
  79. Litmus – Japan
  80. Local Voices Liberia – Liberia
  81. Lupa – Brazil
  82. Mafindo – Indonesia
  83. Maharat Foundation – Lebanon
  84. Mala Espina – Chile
  85. MediaWise – United States of America
  86. Metamorphosis – North Macedonia
  87. Mongolian Fact-checking Center – Mongolia
  88. MyGoPen – Taiwan
  89. Myth Detector – Georgia
  90. NepalFactCheck.org – Nepal
  91. Newschecker – India, Nepal, Bangladesh and Sri Lanka
  92. NewsMeter – India
  93. Newsmobile – India
  94. Newtral – Spain
  95. Observador – Portugal
  96. Open – Italy
  97. Pagella Politica / Facta news – Italy
  98. Piga Firimbi – Kenya
  99. Polígrafo – Portugal
  100. PolitiFact – United States of America
  101. Pravda – Poland
  102. PressOne.PH – Philippines
  103. Probe – Philippines
  104. Provereno – Estonia
  105. Rappler – Philippines
  106. Raskrinkavanje – Bosnia & Herzegovina
  107. Raskrinkavanje.me – Montenegro
  108. Raskrikavanje.rs – Serbia
  109. Razkrinkavanje.si – Slovenia
  110. RMIT Lookout – Australia
  111. Snopes – United States of America
  112. StopFake – Ukraine
  113. StopFals.md – Moldova
  114. Taiwan FactCheck Center – Taiwan
  115. Tech4Peace – Iraq
  116. Telugu Post – India
  117. TEMPO.co – Indonesia
  118. Teyit – Türkiye
  119. The Canadian Press – Canada
  120. The Quint – India
  121. The Stage Media-Liberia – Liberia
  122. TjekDet – Denmark
  123. Tirto.id – Indonesia
  124. The Journal FactCheck – Ireland
  125. The Logical Indian – India
  126. THIP – India
  127. VERA Files – Philippines
  128. Verificat – Spain
  129. Vishvas News – India
  130. Verify – Syria

Individuals

  • Bill Adair, Duke University – United States of America
  • EunRyung Chong, Semyung Graduate School of Journalism- South Korea
  • Summer Chen, co-founder of FactLink, media literacy and digital investigation organization – Taiwan 
  • Yvonne T. Chua, Tsek.Ph – Philippines

Organizations


संसारभरका तथ्य जाँच संस्थाहरूले फेसबुकको सञ्चालक संस्था मेटाका संस्थापक मार्क जुकरबर्गलाई लेखेको यो खुलापत्र अग्रिम अधिकारीले अनुवाद गरेका हुन् । अधिकारी काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा मिडिया स्टडिज अध्ययनरत छन् । इमेलः [email protected]


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको