अनलाइन सञ्चार माध्यम सेतोपाटी डटकमको आधिकारिक युट्युब च्यानल ह्याक भएको छ । ३ लाख ७४ हजारभन्दा बढी सब्सक्राइबर भएको सेटोपाटीको च्यानल सोमबार ह्याक भएको हो ।
च्यानल ह्याक भएपछि सेतोपाटीले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको छ । "हाम्रा प्रिय पाठकहरू, हामी तपाईंहरूलाई यो जानकारी गराउन चाहन्छौं कि सेतोपाटीको आधिकारिक युट्युब च्यानल ह्याक भएको छ र यसमा असान्दर्भिक सामग्रीहरू प्रसारण भइरहेका छन्," सेतोपाटीले आफ्नो फेसबुक पेजमा लेखेको छ, "हामी यस समस्याको समाधान गर्न हरसम्भव प्रयास गरिरहेका छौं।"
अपरिचित ह्याकरहरूको एक समूहले च्यानललाई आफ्नो नियन्त्रणमा लिएको छ । ह्याकरहरूले च्यानल ह्याक गरेर नेपालमा अवैध क्रिप्टोकरेन्सीको प्रचार गर्न थालेका छन् । ह्याकरहरूले च्यानलको नाम परिवर्तन गरेर ‘रिप्पल’ राखेका थिए ।
'रिप्पल एक प्रकारको क्रिप्टोकरेन्सी हो । यो समाचार तयार पार्दा सम्म सो च्यानल देखिदैन । सेतोपाटीको च्यानल पनि गायब छ ।
च्यानल ह्याक भएपछि आन्तरिक रुपमा समाधानको कार्य भैरहेको सेटोपाटीका एक पत्रकारले जानकारी दिए ।