राजावादी हिंसाको शिकार भए पत्रकार: रिपोर्टिङ गर्दागर्दै आगोमा जलेर मृत्यु

राजावादी हिंसाको शिकार भए पत्रकार: रिपोर्टिङ गर्दागर्दै आगोमा जलेर मृत्यु

तस्बिर: आगलागी भएको भवनमा बसेर भिडियो खिचिरहेका थिए पत्रकार रजक । दायाँपट्टि राखिएको फोटो एमसीसी आन्दोलनमा उनिमाथि आक्रमण भएको थियो ।
  • चैत्र १५, २०८१ शनिबार ००:३८

राजावादीहरूको प्रदर्शनको रिपोर्टिङका क्रममा एक पत्रकारको प्रदर्शनकारीहरूले गरेको आगजनीमा परेर मृत्यु भएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोनलको रिपोर्टिङ गर्न गएका एभिन्यूज टेलिभिजन पत्रकार सुरेश रजकको मृत्यु भएको हो । 

आगो लगाएको उक्त भवनमा जिउँदै जलेर रजकको मृत्यु भएको एभिन्यूज टेलिभिजनका सम्पादक शिव दाहाले पुष्टि गरे । "दिउँसो २ बजेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । हामी खोज्दै थियौँ," सम्पादक दाहालले मिडिया कुराकानीसँग भने,  "अघि भर्खरै एउटा शव भेटियो भन्ने खबर आएपछि टेलिभिजनका अध्यक्ष भास्कर राजकर्णिकारसहित पुगेका थियौँ । जलेको अवस्थामा भेटिएको शव उहाँकै हो भन्ने पुष्टि भयो ।" 

"राजावादीहरूको आन्दोलनको रिपोर्टिङ गर्नका लागि एभिन्यूजबाट ७ जना पत्रकारहरु गएका थियौँ । उहाँ त्यही घरमा बसेर रिपोर्टिङ गर्दै हुनुहुन्थ्यो । ६ जना फर्किनुभयो, रजकजी फर्कनुभएन", उनीसँगै रिपोर्टिङमा गएका एक पत्रकारले भने ।

tinkune-jhadapa.jpg

राजावादीका नाममा भएको प्रदर्शनकारीको अराजक भिडले यो घरमा पहिला ढुंगामुढा गरेको थियो । र, पछि आगो लगाएको थियो । सुरेश रजक यही घरभित्र वा छतमा फोटो-भिडियो खिच्न पुगेका थिए । 


एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले अनलाइनखबरसँग भनेका छन्, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’

त्यसको उनको आगलागी भएकै घरमा मृत्युभएको उनीसँगै रिपोर्टिङ गरिरहेका पत्रकार विक्रम श्रेष्ठले समाजिक सञ्जालमा लेखेका छन् । 

प्रदर्शनकारीहरूले सञ्चारमाध्यमका कार्यालयहरूमा पनि आक्रमण गरेका छन् । प्रदर्शन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले अन्नपूर्ण पोस्ट दैनिकको तीनकुनेस्थित कार्यालयमा आगजनी गरेको छ भने  कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि ढुंगामुढा गरेका थिए । 


Related Story

सुरेश रजक निधनको छानबिन किन हुन सकेन?

वर्षदिन बित्यो । सुरेश रजकका परिवारजन अझै पनि राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पर्खिरहेका छन्, छानबिनको माग गरिरहेका छन् २०८१ चैत १५

शिक्षक आन्दोलनमा पानीको फोहोराबाट पत्रकार सविना कार्की गम्भीर घाइते

काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपको समाचार संकलन गरिरहेकी प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की प्रहरीले हानेको पानीको

पत्रकार सुरक्षाको माग गर्दै पत्रकार महासंघको देशव्यापी प्रदर्शन, थप आन्दोलन घोषणा

नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन

ज्यान जोखिममा राखेर भिडियो खिचिरहेका सुरेश, जो अराजक प्रदर्शनकारीको आगजनीमा अस्ताए

राजतन्त्र पुनर्स्थापनाका नाममा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा दुईजनाको निधन भएको छ । प्रहरीको गोली लागी घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा

पत्रकार महासंघले भन्यो- प्रेसमाथिको आक्रमण निन्दनीय, रजकको निधनमा दुःख व्यक्त

नेपाल पत्रकार महासंघले राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको प्रदर्शनमा सहभागी समूहले गरेको हिंसात्मक गतिविधिको निन्दा गरेको छ । शुक्रबार बेलुका जारी

Mob justice or premeditated murder? The tragic case of journalist Suresh Bhul

In the quiet neighborhood of Kantipur in Gauriganga Municipality, Ward No. 11, Suresh Bhul, a 30-year-old journalist, was known for

चार महिनाअघि सुरेश भुलले भनेका थिए– ‘चौतर्फी घेराबन्दीमा छु, मलाई सिद्ध्याउँछन्’

पत्रकार सुरेश भुलको हत्या एउटा सशक्त स्वरलाई दबाउने नियोजित प्रयासझैं देखिन्छ कात्तिक २३ गते । शुक्रबार । बिहान ६ बजे ।

किन बढ्दैछ पत्रकारमाथि आक्रमण ? सोसल मिडिया झन् असहिष्णु

मिडियामा प्रकाशित समाचार सामग्रीमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी वा थप कानुनी उपचार खोज्नु साटो मिडिया र पत्रकारलाई कुटपिट गरी