पत्रकारको सङ्गठन चुनौती र सम्भावना

पत्रकारको सङ्गठन चुनौती र सम्भावना

  • चैत्र २८, २०७७ शनिबार १९:११

डा.कुन्दन अर्याल- 

भर्खरै नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको तीनै तहका कार्यसमितिाका पदाधिकारीका लागि निर्वाचन सम्पन्न भएको छ । यसमा आबद्ध छापा, प्रसारण र अनलाइन पत्रकार वा व्यक्तिगत रूपमा काम गर्ने स्वतन्त्रसमेत गरी कुल १३ हजार पत्रकारले प्रत्यक्ष मतदान गर्न अवसर पाए । नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना प्रदान गर्दै यो क्षणमा भन्नै पर्नेछ – नेपाल पत्रकार महासङ्घको संरचनामा भएको यो फेरबदलसँगै यसले आफ्ना कार्यसूची र कार्यशैलीमा पनि परिमार्जन गर्नुपर्नेछ । लामो समय पञ्चायती निरङ्कुश कालमा व्यतित गरेको व्यावसायिक पत्रकारहरूको यो संस्थाले खासगरी छयालीस सालको परिवर्तनपछि नेपाली पत्रकारिताको क्षितिजमा आएको परिवर्तनले जन्माएका प्रत्यशाहरूको सम्बोधन गर्न सक्नुपर्छ । स्मरण गराउनै पर्छ, अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धनका लागि एउटा व्यावसायिक पत्रकारले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा महासङ्घले तय गर्नु पर्ने मार्गदर्शक अवधारणा र योजनाको काम धेरै पहिलेदेखि थाँती रहेको छ ।

सात सालपछिको लोकतान्त्रिक उत्साहको समयमै नेपाली पत्रकारिताको इतिहासमा तुलनात्मक रूपमा कम चिनिएका एक जना पत्रकार सत्यनारायण श्रेष्ठको नेतृत्वमा नेपालमा पत्रकार सङ्घको स्थापना भएको थियो । पाँच प्रतिशतभन्दा कम साक्षरता भएको र पत्रकारिताको अत्यन्त प्रारम्भिक समयमा पत्रकारहरूको संस्था सक्रिय भइरहन नसक्नु स्वाभाविकै थियो । त्यसको केही वर्षपछि वरिष्ठ राजनीतिक व्यक्तित्व कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपाल पत्रकार सङ्घलाई पुनर्जीवन प्रदान गरियो । नेपालको पहिलो आमनिर्वाचनभन्दा तीन वर्षअघि नेपाल पत्रकार सङ्घको अध्यक्ष बनाइनुभएका भट्टराईले बढ्दो राजनीतिक सक्रियताका क्रममा पत्रकारिताको दुनियाँमा सक्रिय भइरहन सम्भव थिएन । तर नेपाली पत्रकारहरूको संस्था उहाँको नेतृत्वपछिका दिनमा पनि निरन्तर अगाडि बढिरह्यो । समयक्रममा पञ्चहरूले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न नसकेपछि यसलाई फुटाउने प्रयत्न पनि गरे । तर टुक्रिएर गएको उही नामको राजभ पत्रकारहरूको जमात समयक्रममा विलुप्त भयो । पढ्नुस् गोरखापत्रमा प्रकाशित डा. कुन्दन अर्यालको लेख ।


Related Story

नेपाल पत्रकार महासंघको पोखरा घोषणा पत्र २०८२

मिति : २०८२।०३।०८ नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ । संविधानमा लिपिबद्ध मौलिक हक अन्तर्गतको सञ्चारको हक,

पत्रकार महासंघले बुझायो प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षणपत्र

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको

प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने महासङ्घको निर्णय

नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ

पत्रकार महासंघमा ऐतिहासिक क्षण: ६८ वर्षमा पहिलोपटक अध्यक्षमा महिला

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । शर्मा महासंघको इतिहासमै अध्यक्ष पदमा निर्वाचित हुने पहिलो महिला हुन्

यो हो पत्रकार महासंघका सदस्यको सूची

नेपाल पत्रकर महासंघ, केन्द्रीय निर्वाचन समितिले महासंघको मतदाता नामावली प्रकाशित गरेको छ । महासंघको सात सदस्य केन्द्रीय निर्वाचन समितिले मंसिर १८

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । मंसिर १८ गते मङ्गलबार निर्वाचन कार्यतालिका र मतदाता नामावली

जिल्ला र प्रदेश अध्यक्षहरूको हस्तक्षेपले जोगाएको पत्रकार महासंघको ‘डिएनए’

जिल्ला र प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले पत्रकार महासंघको वैधानिकता जोगाउँदै सदस्यता विवाद समाधानको विधि बनाएको छ चारपटकसम्म स्थगित नेपाल पत्रकार महासंघको

पत्रकार महासंघमा दलीय संगठनको हस्तक्षेप ? कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश बिष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत असोज ५ गते तोकिएको निर्वाचन हुन