रेडियो र टिभीबाट ठूलो संख्यामा कर्मचारी कटौती गर्दै कान्तिपुर

रेडियो र टिभीबाट ठूलो संख्यामा कर्मचारी कटौती गर्दै कान्तिपुर

  • आषाढ १२, २०८२ बिहीबार १७:०६

गत वर्ष कान्तिपुर पब्लिकेसन्सबाट भारी मात्रामा पत्रकार कर्मचारी कटौती गरेको कान्तिपुर मिडिया ग्रुपले टेलिभिजन र रेडियोबाट पनि ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ ।

कान्तिपुर टेलिभिजनका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गत साता (असार ६ गते शुक्रबार) मिडियामा संकट गहिरिएको बताउँदै कर्मचारी कटौती (लेअफ) गर्ने घोषणा गरेका हुन् ।

तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको ३ नम्बर स्टुडियोमा कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरका कर्मचारी र पत्रकारलाई बोलाएर खर्चले धान्नै नसक्ने अवस्थामा पुगेकोले बाध्य भएर कर्मचारी हटाउनु परेको उनले सुनाए ।

तर कर्मचारी हटाउँदा संस्थाले के कस्तो सेवा सुविधा दिन्छ भनेर उनले स्पष्ट खुलाएनन् ।

प्रबन्ध निर्देशक सिरोहियाले कर्मचारी कटौतीको घोषणा गरेपछि उपस्थित कतिपय पत्रकार कर्मचारीले बिदा हुँदा पाउने आर्थिक प्याकेजका बारेमा जिज्ञासा राखेका थिए ।

प्रबन्ध निर्देशक सिरोहियाले कानुन अनुसारको रकम पाउने जवाफ दिएको बैठकमा सहभागी पत्रकार कर्मचारीले जानकारी दिए ।

“त्यो भन्दा बढी दिने भनेको गिफ्ट हो, त्यो कम्पनीले आफ्नो आर्थिक अवस्था हेरेर दिन्छ”, सिरोहियालाई उद्धृत गर्दै उक्त बैठकमा सहभागी कान्तिपुरकर्मीले भने, “प्राइभेट कम्पनीमा पेन्सनको सुविधा हुन्न, हामीले तपाईंसँग काम गरेबापत तलब दिने सम्झौता गरेको हो, त्यो दिइरहेका छौँ । बाँकी बच्यो भने कम्पनीको हेल्थ अनुसार गिफ्ट हुन्छ ।”

कान्तिपुरमा पल्टिएको आन्दोलनको खिल कान्तिपुरमा पल्टिएको आन्दोलनको खिल

प्रबन्ध निर्देशक सिरोहियाले प्राइभेट कम्पनी भने पनि कान्तिपुर टेलिभिजन हाल पब्लिक लिमिटेड कम्पनी हो ।

प्रबन्ध निर्देशक सिरोहियाले कम्पनीलाई नाफामा लगेर मुनाफा बुक गर्नका लागि कर्मचारी कटौती गर्न नलागिएको दाबी गरे । “हामी जे गर्छौं, कानुनसम्मत गर्छौं”, उनले भने ।

गत वर्ष कान्तिपुर पब्लिकेसन्सबाट ठूलो संख्यामा कर्मचारी कटौती हुँदा कान्तिपुरको बदनामी भएको स्मरण गराउँदै कान्तिपुर टेलिभिजनमा पनि त्यस्तै हुन्छ कि भनी एक पत्रकारले बैठकमा जिज्ञासा राखेका थिए ।

प्रबन्ध निर्देशक सिरोहियाले कान्तिपुर पब्लिकेसन्समा पनि कानुनसम्मत निर्णय भएको दाबी गरे । नयाँ प्रविधिमा ‘फिट’ हुन नसक्नेलाई ‘फोर्सफुल्ली’ (बलजफ्ती) हटाउनेसहितका योजना कम्पनीले बनाएको व्यवस्थापनसँग सम्बन्धित स्रोतहरूले बताएका छन् ।

“करिब एक सय जनाको सूची तयार भएको छ । स्वयमसेवी रुपमा छोड्नेहरूलाई बिदा गर्छौँ”, स्रोतले भन्यो, “जो नयाँ प्रविधिमा फिट छैन, त्यसलाई फोर्सफुल्ली पनि बिदा गर्नेगरी योजना छ ।”

कान्तिपुर टिभीमा पाँच वर्ष काम गरेका ९० जनाजति कर्मचारी छन् । यहाँ १७० को हाराहारीमा कर्मचारी छन् ।

शुक्रबारको बैठकमा पत्रकार कर्मचारीले एक एक जनालाई बोलाएर प्याकेजबारे जानकारी दिइने हो कि सार्वजनिक रुपमा प्याकेज घोषणा गरिने हो भन्ने जिज्ञासा राखेपछि सरोहियाले त्यसको जानकारी छिट्टै हुने जवाफ दिएका थिए ।

“तपाईँहरूले आआफ्नो डिपार्टमेन्ट हेड वा एचआरमा गएर बुझ्न सक्नुहुन्छ”, बैठकमा सिरोहियाको जवाफ उद्धृत गर्दै ती कर्मचारीले भने ।

स्रोतका अनुसार १० वर्ष सम्म काम गरेकालाई वर्षको ५० हजार, १० देखि १५ वर्ष काम गरेकालाई वर्षको ५५ हजार र १५ वर्ष देखि २० वर्ष काम गरेकालाई वर्षको ६० हजार दिने गरी कान्तिपुर मिडिया ग्रुपले प्याकेज बनाएको छ ।

प्रबन्ध निर्देशक सिरोहियाले यो प्याकेज असार महिनाभित्रै कार्यान्वयन गरेर कर्मचारी कटौती गरिने बताएको त्यहाँ कार्यरत कर्मचारी पत्रकारहरूले जानकारी दिएका छन् ।

एक महिनामा पत्रकार कर्मचारी कटौतीको काम सकेर कान्तिपुर टेलिभिजनलाई हाल कार्यालय रहेको तीनकुनेबाट पब्लिकेसन्सकै थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा सार्ने सिरोहियाको योजना छ ।

“रेडियो, टिभी, पत्रिका, अनलाइन सबै हामी एकै ठाउँबाट सञ्चालन गर्छौँ”, सिरोहियाले भनेका थिए, “तत्काललाई फरकफरक न्युज रुम भए पनि भविष्यमा एउटै न्युज रुम बनाउने गरी काम गर्ने हाम्रो सपना छ ।”

तर कान्तिपुरले अगाडि सारेको प्याकेजमा पत्रकार र कर्मचारीले चित्त बुझाएका छैनन्, उनीहरूले बिदाको पैसा पाउनुपर्ने र कर पनि कान्तिपुरले तिर्नुपर्ने माग अगाडि सार्ने तयारी गरेका छन् ।

त्यसका लागि उनीहरुले पत्रकार महासंघ र मजदुर युनियनसँग छलफल अगाडि बढाएको बताएका छन् ।


Related Story

एकै ठाउँका फरक दृश्यः होटलभित्र कान्तिपुरको श्रम समिट, बाहिर श्रमजीवीको प्रदर्शन

बिहीबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा कान्तिपुरको श्रम समिट चलिरहँदा होटल बाहिर कान्तिपुरकै श्रमजीवी पत्रकारहरूले प्रदर्शन गरे । कान्तिपुरले ‘कान्तिपुर इम्प्लोइमेन्ट,

कान्तिपुरमा पल्टिएको आन्दोलनको खिल

कान्तिपुरमा सहमति कार्यान्वयनका लागि पत्रकार महासंघको दबाब नेपालको ठूलो सञ्चारसंस्था कान्तिपुर मिडिया ग्रुपबाट कयौँ श्रमजीवी पत्रकार कमर्चारीहरू निस्कासित तथा सरुवा भए,

सहमति कार्यान्वयन गर्न कान्तिपुरकर्मीले दिए २१ दिनको अल्टिमेटम

नेपाल पत्रकार महासंघ र कान्तिपुर पब्लिकेसन्स लिमिटेडबीच भएको चार बुँदे सहमतिलाई ‘अपूर्ण’ ठहर गर्दै कान्तिपुरका प्रभावित पत्रकार कर्मचारीहरूले सहमति कार्यान्वयनका

कान्तिपुर र पत्रकार महासंघबीच भएको ४ बुँदे सहमतिमा के छ ?

कान्तिपुर पब्लिकेसन्स लिमिटेडमा देखिएको श्रम समस्या समाधानका लागि नेपाल पत्रकार महासंघ र कान्तिपुर मिडिया ग्रुपबीच सहमति भएको छ । शुक्रबार भएको

पत्रकार महासंघको कान्तिपुरलक्षित आन्दोलनका परिमार्जित कार्यक्रममा के छ ?

नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार तथा कर्मचारीहरूको गैरकानुनी निष्कासन तथा सरुवाको विरोधमा जारी दोस्रो चरणको आन्दोलनको कार्यक्रम

पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहालले पनि 'कान्तिपुर' छाडे

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पत्रकार मणि दाहालले 'कान्तिपुर' दैनिकबाट राजीनामा दिएका छन् । कान्तिपुर पब्लिकेसन्स लिमिटेडमा जारी पत्रकारहरूको

मालिकसँग सम्पादक र सम्पादकसँग पत्रकार डराउने स्थिति छः कलेन्द्र सेजुवालसँग कुराकानी

कान्तिपुरबाट अचानक राजीनामा किन? नेपाल पत्रकार महासंघका कोषाध्यक्ष समेत रहेका कान्तिपुर दैनिकका पत्रकार कलेन्द्र सेजुवालले गत शुक्रबार कान्तिपुरबाट राजीनामा दिए ।

१५ फोटोमा हेर्नुहोस्, कान्तिपुरमा सम्पादक 'हराएको' दुःखद खबर

सम्पादकले समाचार कक्षमा पत्रकारलाई काम लगाउँछ, मार्गनिर्देशन गर्छ, पठनीय समाचार लेख्न प्रेरित गर्छ । लुकेर बसेका विषयको खोजी गर्न सम्वाददाताहरूलाई