सामाजिक सुरक्षा कोषमा जान रिपब्लिक मिडिया सहमत, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने

सामाजिक सुरक्षा कोषमा जान रिपब्लिक मिडिया सहमत, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने

नेपाल रिपब्लिक मिडियामा श्रमजीवी पत्रकारको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पत्रकारहरूले हस्ताक्षर गरेका थिए ।
  • श्रावण २२, २०८२ बिहीबार २२:५४

नागरिक तथा रिपब्लिका दैनिकमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग गर्दै आन्दोलनरत पत्रकार र व्यवस्थापनबीच सहमति भएको छ । 

नेपाल रिपब्लिक मिडिया लिमिटेड र नेपाल पत्रकार महासंघबीच साउन २२ गते बिहीबार भएको छलफलमा पत्रकारका मुख्य मागहरू सम्बोधन गर्ने सहमति भएको हो ।

बिहीबारको सहमतिमा नेपाल रिपब्लिक मिडियाका तर्फबाट प्रबन्ध निर्देशक समृद्धि ज्ञवाली र नेपाल पत्रकार महासंघका तर्फबाट कार्यबाहक अध्यक्ष दीपक आचार्यले हस्ताक्षर गरेका छन् । 

यो सहमतिलाई अक्षरशः पालना गर्नेमा आफूहरू आशावादी बनेको नेपाल पत्रकार महासंघ, रिपब्लिका शाखाका अध्यक्ष रघुनाथ लामिछानेले बताए ।

“अघिल्लोपटक भएको सहमतिको पहल व्यवस्थापनका कारण असफल भएको थियो, आज सहमति भएको छ”, लामिछानेले भने, “व्यवस्थापनले अक्षरशः कार्यान्वयन गर्नेमा आशावादी छौँ ।” 

सहमतिका मुख्य बुँदाहरू

सहमति अनुसार नेपाल रिपब्लिक मिडियाले सामाजिक सुरक्षा कोषमा आबद्ध भएर आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकदेखि लागू गर्ने प्रतिबद्धता जनाएको छ । 

त्यसैगरी कम्पनीले कार्यरत पत्रकारहरूको पारिश्रमिक नियमित गर्ने र बिदा भएका तथा बिदा हुने कर्मचारीलाई श्रमजीवी पत्रकार ऐनबमोजिम सेवा सुविधा दिन सहमत भएको छ । 

कम्पनीले पत्रकारहरूको सञ्चयकोष बापतको रकम सामाजिक सुरक्षा कोषमा सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिने सहमति समेत गरेको छ ।

नेपाल रिपब्लिक मिडियामा कार्यरत श्रमजीवी पत्रकारहरूले लामो समयदेखि श्रमजीवी पत्रकार ऐन लागू नगरेको भन्दै आन्दोलनको तयारी गर्दै आएका थिए । 

सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने, सञ्चय कोष नकाट्ने, कर्मचारी कल्याण कोष, बिमा, औषधोपचार, बिदा जस्ता सुविधा नदिने लगायतका विषयमा पत्रकार कर्मचारीहरू आक्रोशित थिए ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा गत साउन ५ गते पहिलो पटक छलफल भएको थियो । छलफलमा पनि कम्पनीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने, तलब नियमित गर्ने, छाड्न चाहनेलाई कानुन अनुसारको सुविधा उपलब्ध गराउने र यसअघि छाडेका तथा छोडाइएकाको बाँकी बक्यौता दिने विषयमा सहमति भएको थियो ।

तर त्यो सहमतिलाई बेवास्ता गर्दै कम्पनीले कानुनी प्रावधानहरू लागू नगरेको पत्रकारहरूको आरोप थियो । त्यसैले नेपाल पत्रकार महासंघ, नेपाल रिपब्लिक मिडिया शाखाले साउन २२ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको थियो।

आन्दोलनको प्रभावले कम्पनीको दैनिक कार्यक्रममा समेत प्रभाव परेको थियो । Nagarik Agreement.jpeg

नेपाल रिपब्लिका मिडिया र नेपाल पत्रकार महासंघबीचको सहमतिपत्र


 


Related Story

पत्रकारहरूको प्रश्न – तलब त नदिने मिडियाले अरु सुविधा दियो भनेर कसले पत्याउँछ?

कोभिडदेखि नै तलबमा ठगिएका अन्नपूर्ण मिडिया नेटवर्कका ११ पत्रकारको श्रम कार्यालयलाई मार्मिक पत्र अन्याय र बेथितिका आवाजलाई आम नागरिकसम्म पुर्याउने पत्रकार

अन्नपूर्ण पोस्ट्मा सामूहिक राजीनामा: श्रम दायित्व छल्न व्यवस्थापनको यस्तो जुक्ति

श्रम दायित्वबाट पन्छिन व्यवस्थापनले सामूहिक राजीनामा गराएपछि अन्नपूर्ण मिडिया नेटवर्कका पत्रकार/कर्मचारी पर्ख र हेर को अवस्थामा अन्नपूर्ण मिडिया नेटवर्कमा लामो समयदेखि

अन्ततः पत्रकारको रोकिएको तलब दिन ‘द हिमालयन टाइम्स’ तयार

पत्रकार अनुज अरोरा र द हिमालयन टाइम्स को प्रकाशक संस्था इन्टरनेसनल मिडिया नेटवर्क नेपाल प्रालिबीचको लामो पारिश्रमिक विवाद अन्ततः सहमतिमा

के विचाराधीन मुद्दाले फैसला कार्यान्वयन रोक्छ? ‘द हिमालयन टाइम्स’ को दाबी र कानुनी यथार्थ

सरकारको आदेश तथा अदालतको फैसला कार्यान्वयन गर्न अटेर गरी बैंक खाता र सम्पत्ति रोक्का हुँदा पनि द हिमालयन टाइम्स ले

पत्रकारलाई पारिश्रमिक दिन अटेर गरेपछि 'द हिमालयन टाइम्स' को बैंक खाता र सम्पत्ति रोक्का

सर्वोच्च अदालतले समेत फैसला कार्यान्वयन रोक्न अन्तरिम आदेश दिन नमानेपछि द हिमालयन टाइम्स गम्भीर कानुनी र आर्थिक संकटमा श्रम तथा रोजगार

श्रमजीवी पत्रकारले हक माग्नु वैधः उच्च अदालत, रिपब्लिक मिडियाको निषेधाज्ञा खारेज

उच्च अदालत पाटनले श्रमजीवी पत्रकारको हक अधिकारका लागि महासंघले आवाज उठाउनुलाई न्यायोचित ठहर्याएको छ नेपाल रिपब्लिक मिडिया लिमिटेडले नेपाल पत्रकार महासंघ

नेपाल रिपब्लिक मिडियाको श्रम शोषणप्रति आईएफजेको गम्भीर चासो

नेपाल रिपब्लिक मिडियामा तत्काल श्रम शोषण अन्त्य गर्न सचेत गराउँदै आईएफजेले भन्यो- 'पारिश्रमिक बिना प्रेस स्वतन्त्रता फस्टाउन सक्दैन' नेपाल रिपब्लिक मिडिया

नागरिक दैनिकका सञ्चालक र प्रधान सम्पादकसहित चार जनाविरुद्ध अदालतको अवहेलना मुद्दा

श्रम अदालतको फैसला कार्यान्वयन नगरेको आरोपमा १ वर्ष कैदको माग नेपाल रिपब्लिक मिडिया लिमिटेड (नागरिक दैनिक) का सञ्चालक, प्रधान सम्पादक तथा