समाचारमा आएअनुसार जापान सरकार फुकुसिमा आणविक ऊर्जा संयन्त्रको प्रदूषित पानीलाई प्रशान्त महासागरमा फाल्न ‘तयार छ’ । यस अति गैरजिम्मेवार कदमलाई जापानका छिमेकी मुलुकहरू चीनलगायतले कडा शब्दमा आलोचना गरेका छन् । तथापि अधिकांश पश्चिमी मिडिया संस्था जापानको निर्णयमा मौन साधेर बसेका छन् । जब कि जापानले यो निर्णय कार्यान्वयन ग¥यो भने लाखौँ मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ । कैयौँ पश्चिमी एलिटहरूका लागि पर्यावरणीय सवाल पनि वैचारिक रूपमा पक्षपाती रहेको भान पर्न थालेको छ । किनकि पश्चिमले आफ्ना प्रतिस्पर्धी मुलुकमाथि दबाब सिर्जना गर्नका लागि वातावरणीय सुरक्षाको मुद्दा जोडतोडका साथ उठाउने गर्छ ।
आणविक विकिरणयुक्त पानी प्रशान्त महासागरमा फाल्दा समग्र मानवजातिमाथि हानि हुनेछ । साथमा विश्वको जीविकोपार्जनको आधार रहेको पर्यावरणीय वातावरणमा पनि असर पर्ने निश्चित छ । ‘यो कदमको मानव समुदाय तथा वातावरणमाथि दीर्घकालीन असर पर्नेछ । असर स्थानीय क्षेत्रमा मात्र नभएर सुदूर भूभागमा पनि पर्नेछ,’ पर्यावरणीय अधिकारको वकालत गर्ने संगठन ग्रिनपिसको रिपोर्टमा उल्लेख गरिएको छ ।
चीन र दक्षिण कोरियासमेत जापानका छिमेकी मुलुक आणविक प्रदूषणबाट सबैभन्दा पहिले प्रभावित हुनेछन् । यस मामिलामा पश्चिमी मुलुक पनि अछुतो रहनेछैनन् । विश्वका सबै महासागरहरू एकआपसमा जोडिएकाले ढिलोचाँडो जापानले फालेको आणविक विकिरणयुक्त पानीबाट थप मुलुकलाई हानि पुग्नेछ । तर, हालसम्म जापानको यो कदमलाई पश्चिमी मुलुक र अन्तर्राष्ट्रिय बहसलाई प्रभावित बनाउने क्षमता भएका पश्चिमी मिडियाले गम्भीरताका साथ आलोचना गरेका छैनन् । विगतको चेर्नोविल आणविक दुर्घटनाको समयमा पश्चिमी शैली बिल्कुल फरक देखिएको थियो । पढ्नुस् ग्लोबल टाइम्समा प्रकाशित ली क्विङक्विङको लेखको अनुवाद नयाँ पत्रिकामा ।