कोरोना कहरमा चौथो अंग

कोरोना कहरमा चौथो अंग

  • बैशाख ११, २०७८ शनिबार १८:१३

शोभा ज्ञवाली - 

कोभिडबाट पत्रकारिता क्षेत्रमा पुगेको असरको कुरा गर्दा सञ्चारगृहलाई पनि पन्छाउन मिल्दैन। सञ्चारगृहहरू पनि नराम्ररी प्रभावित भएका छन्। जनविश्वास र मुनाफा आर्जन व्यावसायिक सञ्चारगृहका विशेषता हुन्। जबकि यी दुवै एकअर्कासँग अन्तरसम्बन्धित छन्। मानिस कोरोनाकै कारण घरबाहिर समेत ननिस्कने, बजारहरू बन्द हुने, यातायातका साधन समेत नचल्ने हुँदा पत्रिकाको वितरण खुम्चनु स्वाभाविकै हो। जब पत्रिका नै धेरैको पहुँचमा पुग्दैन भने आफैँ पनि रुग्णता भोगिरहेका उद्योगहरूले विज्ञापन दिने कुरै भएन। त्यसैले यस्तो अवस्थामा मुनाफाको कुरा सोच्न समेत नसकिनु स्वाभाविक हो।  

तर पनि जसोतसो बैंकको किस्ता तिर्दै, व्यवस्थापकीय खर्च व्यवस्थापन गर्दै आफ्ना सञ्चारकर्मी/कर्मचारीलाई पनि चित्त नदुखाउँदै आजका दिनसम्म एक दिन पनि नरोकीकन पत्रिकालाई निरन्तरता दिनु कम्ता चुनौती थिएन। यसका लागि सञ्चारगृहका आमसञ्चारकर्मी, कर्मचारी तथा व्यवस्थापन समूहको सुझबुझपूर्ण तथा सहयोगी भावना जिम्मेवार छ भन्न कदापि हिच्किचाउनु पर्दैन।  

धेरैले आफ्नो समस्याबारे मात्र सोच्ने गर्छन्। असम्बन्धित पक्षको समस्या थाहा हुने विषय पनि भएन। त्यसैले योबीचमा सञ्चारगृहहरू आफैँ पनि सङ्कटबाट गुज्रिरहेका सबैलाई थाहै छ तर पनि कतिपय मानिस यो वास्तविकतालाई बुझ पचाएर सञ्चारगृहप्रति नकारात्मक बनाउन अग्रसर भएका पनि देखिए। तर वास्तविकता केही गरे पनि लुक्दैन। त्यसैले त्यस्ताको प्रयास सफल नहुनु स्वाभाविक थियो। पढ्नुस् शोभा ज्ञवालीको लेख नागरिक दैनिकमा । 


Related Story

मिडिया उद्योगका सहयोगी

निर्मलमणि अधिकारी- मिडिया उद्योगले आफ्नो व्यवसाय सुसञ्चालनका लागि अन्य उद्योगहरूसँग पनि सहकार्य गर्नुपर्ने हुन्छ। विज्ञापन, जनसम्पर्क, व्यावसायिक अनुसन्धान, मनोरञ्जन, वितरणलगायतका अनेकौँ

आणविक प्रदूषणमा पश्चिमी मिडियाको मौनता

समाचारमा आएअनुसार जापान सरकार फुकुसिमा आणविक ऊर्जा संयन्त्रको प्रदूषित पानीलाई प्रशान्त महासागरमा फाल्न ‘तयार छ’ । यस अति गैरजिम्मेवार कदमलाई जापानका

इन्टरनेट र अर्थ राजनीति

समाज र प्रविधिबीचको अन्तरसम्बन्ध, खासगरी सञ्चार प्रविधि र विभिन्न चरणका मानव समाजबीचको सम्बन्धका बारेमा व्यापक प्राज्ञिक अध्ययनहरू हुँदै आएका छन् ।