के तपाईँलाई आर्थिक विषयका 'कन्टेन्ट क्रियसन' मा रुचि छ ? यदि छ भने आर्थिक पत्रकारिताको अग्रणी समाचार पोर्टल बिजमाण्डू डट कमले तपाईँका लागि अवसर लिएर आएको छ ।
बिजमाण्डूले नेपालको पुँजी बजार, मुद्रा बजार तथा व्यापार, उद्योग आदिबाट प्राप्त विभिन्न सूचना, जानकारी तथा डेटालाई विश्लेषण तथा प्रशोधन गर्न सक्ने कन्टेन्ट क्रियटरहरू खोजिरहेको छ ।
तपाईँ सोच्नुहोला- एउटा चल्तीको अनलाइनले पत्रकार नखोजेर किन 'कन्टेन्ट क्रियटर' खोजेको त ?
"त्यसरी प्राप्त सूचना, जानकारी र डेटालाई हामीले सर्वसाधारणले बुझ्ने भाषामा परिवर्तन गर्न सक्ने व्याक्ति चाहेका हौँ", बिजमाण्डूले भनेको छ, "त्यही भएर हामीले यहाँ उनीहरूलाई रिपोर्टर नभनेर कन्टेन्ट क्रियटर भनेका छौँ ।"
के योग्यता चाहिन्छ ?
"त्यस्ता कन्टेन्ट क्रियटरहरु अझ चार्टर्ड एकाउण्टेन्ट वा एमबीए पास गरेका वा पढ्दै गरेका भए हामीलाई गजब हुन्छ", बिजमाण्डूले भनेको छ, "नेपाली भाषामा लेख्न सक्ने भए राम्रो तर मैले त अङ्ग्रेजी मात्रै जानेको छु नेपालीमा कसरी लेख्ने होला भन्ने चिन्ता नलिँदा हुन्छ।"
बिजमाण्डूका अनुसार यो कामका लागि तपाईँ मिहिनेती त हुनुपर्यो नै यसबाहेक आफूले नजानेको प्रश्न सोध्न नडराउने र नलजाउने पनि हुनुपर्यो । "मेहनत गर्न नचाहने हो भने यो जब अफर भुलेकै राम्रो", बिजमाण्डूले भनेको छ ।
पैसा कति हुन्छ ?
कन्टेन्ट क्रियटरको जागिरमा 'फन' त छ तर पैसा छैन, समयमा तलब आउँदैन भन्ने दिमागमा कतै परेको छ वा सामाजिक सञ्जालमा सुन्नु भएको छ ? यो प्रश्न पनि बिजमाण्डूकै हो । "हामी हरेक नेपाली महिनाको ५ गते पर्खन भन्छौँ", तलबका सम्बन्धमा बिजमाण्डूले भनेको छ, "तर, तपाईंको आफ्नै बैंक खाता छैन वा खोल्न सक्दिन भन्ने हो भने त हामीले पनि जिम्मा लिन सक्दैनौं !" अर्थात्, तलब समयमा । बिजमाण्डूले कन्टेन्ट क्रियटरले पाउने तलबको फिगर भने खुलाएको छैन ।
के तपाईं बिजमाण्डूमा कन्टेन्ट क्रियटरका लागि आफूलाई अब्बल ठान्नुहुन्छ ? त्यसो हो भने बिजमाण्डूको वेबसाइट, फेसबुक पेज वा ट्विटरमा रहेका इमेल वा फोन नम्बर मार्फत् सम्पर्क गरिहाल्नुस् ।
अरु कसैका लागि यो काम उपयुक्त हुन्छ भन्ने लाग्छ भने तपाईँ सूचना फर्वार्ड पनि गर्न सक्नुहुन्छ ।
तपाईँको जानकारीका लागि बिजमाण्डू डट कमको सञ्चालक संस्था बिजमाण्डु प्रालि हो र यो संस्थाले अर्को समाचार पोर्टल पहिलोपोस्ट डट कम पनि सञ्चालन गर्छ ।