नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले प्रोग्राम अफिसर र प्रोग्राम एसोसियट पदमा आवेदन आह्वान गरेको छ । NIMJN सामाजिक न्यायका मुद्दामा खोजमूलक मल्टिमिडिया समाचार सामग्री उत्पादन तथा तालिम/मेन्टरसिप प्रदान गर्ने संस्था हो ।
प्रोग्राम अफिसरका लागि आवेदन दिन सामाजिक विज्ञानमा स्नातक तहसहित राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा सञ्चारमाध्यममा कम्तीमा तीन वर्षभन्दा बढी अनुभव आवश्यक पर्ने संस्थाले जनाएको छ ।
स्नातकोत्तर तह उत्तीर्ण गरेका उम्मेदवारहरूलाई ग्राहयता दिइने संस्थाले जनाएको छ । यो पदमा छानिने उम्मेदवारले परियोजना प्रस्ताव लेखन तथा अनुगमन प्रतिवेदन तयार पार्ने, तालिम/मेन्टरसिप कार्यक्रम व्यवस्थापन गर्ने तथा स्थानीय/प्रदेशस्तरमा पत्रकारहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ ।
यस्तै, प्रोग्राम एसोसिएटले सामाजिक विज्ञान, अंग्रेजी, अन्तर्राष्ट्रिय सम्बन्ध, सामाजिक कार्य, परियोजना व्यवस्थापन वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ । दुबै पदका लागि नेपाली र अंग्रेजी भाषामा दक्ष भएको हुनुपर्ने जनाइएको छ ।
दुबै पदका लागि अक्टोबर १२, २०२५ अर्थात् असोज २६, २०८२ भित्र आवेदन दिनु पर्नेछ । दुबै पदका आवेदन सूचना यहाँ पढ्न सकिन्छ । प्रोग्राम अफिसर र प्रोग्राम एसोसिएट पदका लागि अनलाइन फारम भरी आवेदर्न दिन सकिन्छ ।
संस्थाले महिला उम्मेदवार र दलित तथा LGBTQ+ समुदायका सदस्यहरूलाई आवेदन दिन प्रोत्साहन गरेको छ । थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिन्छ ।