३० वर्षे उमेरहद राखेर कान्तिपुरले ३२ जिल्लामा माग्यो स्ट्रिन्जर

३० वर्षे उमेरहद राखेर कान्तिपुरले ३२ जिल्लामा माग्यो स्ट्रिन्जर

  • पौष १८, २०८१ बिहीबार १६:४६

कान्तिपुर पब्लिकेसन्सले विभिन्न ३२ जिल्लाहरूका लागि स्ट्रिन्जर पदमा आवेदन माग गरेको छ। ३० वर्ष ननाघेका युवाहरूबाट आवेदन माग गरिएको कान्तिपुरले सूचनामा जनाएको छ । 

कोशी प्रदेशअन्तर्गत संखुवासभा, धनकुटा, भोजपुर, इलाम, झापा, ओखलढुंगा, सुनसरी, तेह्रथुम र उदयपुर जिल्लाका लागि स्ट्रिन्जर माग गरिएको छ । मधेश प्रदेशबाट सप्तरी, बारा, सर्लाही, धनुषा र महोत्तरी जिल्लाहरूबाट आवेदन माग गरिएको छ ।

यस्तै, बागमती प्रदेशबाट सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र रामेछाप जिल्लाका लागि आवेदन माग गरिएको छ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ, तनहुँ, पर्वत र कास्की जिल्लाबाट आवेदन माग गरिएको छ । 

लुम्बिनी प्रदेशबाट बर्दिया र गुल्मी जिल्ला र कर्णाली प्रदेशबाट मुगु, डोल्पा र हुम्ला जिल्लाबाट आवेदन माग गरिएको छ । सुदूरपश्चिम प्रदेशबाट डोटी, बैतडी, बाजुरा, डडेलधुरा र कैलाली जिल्लाबाट आवेदन माग गरिएको छ ।

इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटासहित एउटा हार्डन्युज र २ मिनेटको भिडियो रिपोर्टसहित [email protected] मा आवेदन पठाउन सक्नेछन् । 

आवेदन दिने अन्तिम मिति २०८१ माघ २ तोकिएको छ । छनोट भएका उम्मेदवारहरूले आफ्नो जिल्लामा रहेर कान्तिपुर पब्लिकेसन्सको प्रतिनिधिको रूपमा काम गर्ने अवसर पाउनेछन् । 

पत्रकारितामा स्ट्रिन्जर भनेको करार सम्झौतामा समाचार संस्थालाई समाचार, तस्बिर वा भिडियो सामग्री उपलब्ध गराउने पत्रकार बुझिन्छ । उनीहरूले पूर्णकालीन कर्मचारी नभई प्रति सामग्रीको आधारमा पारिश्रमिक पाउँछन् । 

नेपालको ठूलो सञ्चारसंस्था कान्तिपुरबाट गत वर्ष काठमाडौं तथा अन्य जिल्लाहरूमा कार्यरत कयौँ श्रमजीवी पत्रकारहरूलाई गैरकानुनी तरिकाले निस्कासन तथा सरुवा गरिएपछि लामो समयसम्म आन्दोलन भएको थियो । कान्तिपुरमा त्यसयता जिल्लाहरू लक्षित यो पहिलो आवेदन आह्वान हो । 

कान्तिपुरको सूचना पढ्नुहोस्ः

Kantipur Stringer Vacancy Announcement.jpg


Related Story

बीबीसी मिडिया एक्सनलाई 'डिजिटल प्रोड्युसर' आवश्यक

बीबीसी मिडिया एक्सन नेपालले 'डिजिटल प्रोड्युसर' पदका लागि आवेदन आह्वान गरेको छ । यो पदमा छानिने उम्मेदवारले संस्थाका विभिन्न परियोजनाहरूका लागि

गोरखापत्र, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारणको नेतृत्त्व छान्न सरकारले निकाल्यो सूचना

सरकारले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रशारण संस्था र प्रेस काउन्सिल नेपालको नेतृत्त्व छान्न आवेदन आह्वान गरेको छ । यी तीनवटा सार्वजनिक

रेडियोलाई 'अन डिमान्ड' बनाउन कान्तिपुरले खोज्यो सिनियर पड्कास्ट प्रोड्युसर

के तपाईँलाई पड्कास्टमार्फत पत्रकारिता गर्न मन लागेको छ ? पड्कास्ट उत्पादनमा अनुभव छ ? यदि छ भने यो अवसर तपाईँका

खोज र फिचरलाई सुदृढ बनाउन कान्तिपुरले माग्यो 'म्यानेजिङ एडिटर'

नेपालको अग्रणी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुपले आफ्नो खोजमूलक र फिचर पत्रकारितालाई थप सुदृढ बनाउन 'म्यानेजिङ एडिटर' (फिचर, इन्भेस्टिगेसन र

NIMJN मा रोजगारीको अवसर

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले प्रोग्राम अफिसर र प्रोग्राम एसोसियट पदमा आवेदन आह्वान गरेको छ । NIMJN सामाजिक

समाचार वाचन, सम्पादन र प्रस्तुतीमा रुची छ? नेपाल टेलिभिजनको यो अवसर तपाईँका लागि हो

नेपाल टेलिभिजनले समाचार च्यानलका लागि करार सेवामा समाचार वाचक, सम्पादक र प्रस्तोता पदहरूका लागि आवेदन आह्वान गरेको छ। सूचना अनुसार

नेपाल फोटो लाइब्रेरीलाई फोटोग्राफर र भिडियोग्राफर आवश्यक

फोटो एजेन्सी 'नेपाल फोटो लाइब्रेरी' ले सिर्जनशील फोटोग्राफर तथा भिडियोग्राफरहरूको खोजी गरेको छ । कम्पनीले पूर्णकालीन तथा आंशिककालीन रूपमा काम गर्न

कान्तिपुरको स्ट्रिन्जर विज्ञापन: ३० वर्षे उमेरहददेखि श्रम शोषणसम्मका ५ विवाद

कान्तिपुर पब्लिकेसन्सले ३२ जिल्लामा स्ट्रिन्जर पदका लागि गरेको विज्ञापनले पत्रकारिता क्षेत्रमा व्यापक चर्चा जन्माएको छ । विशेषगरी ३० वर्षको उमेरहद,