नेपालको अग्रणी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुपले आफ्नो खोजमूलक र फिचर पत्रकारितालाई थप सुदृढ बनाउन 'म्यानेजिङ एडिटर' (फिचर, इन्भेस्टिगेसन र इन्टरप्राइज) पदका लागि आवेदन माग गरेको छ ।
यो भूमिकामा नियुक्त हुने सम्पादकले कान्तिपुर दैनिक र द काठमाडौं पोस्ट दुवै प्रकाशनका लागि खोजमूलक समाचार सामग्री तयार पार्ने टोलीको नेतृत्व गर्नेछ । 'खोजमूलक रिपोर्टिङ र समाजका विविध पक्षलाई गहिराइबाट केलाउने फिचर स्टोरीको माध्यमबाट नेपालको पत्रकारितामा हाल रहेको रिक्तता पूर्ति गर्ने' लक्ष्य राखेको कान्तिपुरले आवेदन सूचनामा जनाएको छ ।
यो पदमा नियुक्त हुने सम्पादकले दुवै पत्रिकाका फिचर, खोजमूलक र इन्टरप्राइज रिपोर्टिङ गर्ने पत्रकारको टोलीको नेतृत्व गर्नेछ । उक्त भूमिकामा नियुक्त हुने सम्पादकले समाचारको अवधारणा विकासदेखि सम्पादन, तथ्य जाँच र प्रकाशनसम्मको सम्पूर्ण प्रक्रियाको रेखदेख गर्नुपर्ने आवेदन सूचनामा उल्लेख छ ।
साथै, नेपालको राजनीतिक, आर्थिक र सामाजिक प्राथमिकतालाई समेट्ने गरी दीर्घकालीन समाचार योजना तयार पार्नुपर्ने जिम्मेवारी समेत यो पदको रहेको छ ।
कान्तिपुरले यो पदका लागि कम्तीमा १२ वर्षको अनुभव र ठूला सञ्चार संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका पत्रकारबाट आवेदन आह्वान गरेको हो ।
आवेदकमा नेपाली र अंग्रेजी दुवै भाषामा उत्कृष्ट दक्षता र सम्पादन क्षमता हुनु अनिवार्य रहेको सूचनामा उल्लेख छ । साथै, नेपालको राजनीतिक र सामाजिक परिदृश्यको गहिरो बुझाइ, पत्रकारिता आचारसंहिता र कानुनको ज्ञान हुनुपर्ने छ ।
इच्छुक र योग्य उम्मेदवारले अप्रिल १५, २०२६ भित्र आफ्नो विस्तृत व्यक्तिगत विवरण (सिभी), कभर लेटर र आफूले गर्न चाहेका तीनवटा सम्भावित खोजमूलक वा इन्टरप्राइज परियोजनाका अवधारणासहित [email protected] मा पठाउन सकिने जनाइएको छ ।
यो पदमा छनोट हुने सम्पादकले आईसीआईजे, ओसिसिआरपी लगायत पत्रकारितासम्बन्धी अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्य र युवा सम्वाददाताको मेन्टरिङमा समेत योगदान पुर्याउनुपर्नेछ ।
कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले गत फागुन अन्तिम साता राजीनामा दिएपछि कान्तिपुर मिडिया ग्रुपले नयाँ प्रधान सम्पादक नियुक्तिका लागि पनि सार्वजनिक आवेदन आह्वान गरेको छ ।
पढ्नुस् कान्तिपुरको आवेदनको सूचना
Managing Editor, Features, Investigations & EnterpriseKantipur Daily and The Kathmandu Post are Nepal’s most read news publications, together reaching policymakers, diplomats, business leaders, civil society, and the Nepali public at home and abroad. Published by Kantipur Media Group, the two newsrooms have spent decades at the center of the country’s most consequential conversations, in two languages, across two distinct but complementary audiences. As the demands on Nepali journalism deepen, the opportunity to do more ambitious, accountability-driven work has never been greater. We are looking for a rigorous, deeply skilled editor to build and lead that style of journalism that fills an existing gap in the industry: the features that reveal, the investigations that hold power to account, and the enterprise reporting that helps readers understand the forces shaping their lives. The Managing Editor for Features, Investigations and Enterprise is a senior editorial leadership role created to elevate the most consequential journalism across both publications: long-form features, accountability and investigative reporting, and enterprise stories that set the news agenda. This editor will lead a cross-publication team responsible for the journalism that defines Kantipur Media Group’s editorial identity and public impact. The role works in close collaboration with the editors of Kantipur Daily and The Kathmandu Post to commission, develop, and publish work of lasting significance. It will work across languages, audiences, and platforms and is expected to approach both publications as complementary voices rather than separate silos. We’re looking for someone with the judgment, flexibility, and authority to operate at a higher-level editorial perspective while remaining close to the stories the team will produce. What you’ll do
Who you are
How to ApplyTo apply, please submit the following by April 15, 2026:
Send your application to [email protected] with the subject line: Managing Editor — Kantipur Publications |