अन्तरसांस्कृतिक सञ्चार पर्व

अन्तरसांस्कृतिक सञ्चार पर्व

Graphic from windofchangeinternational.org
  • आश्विन २३, २०७८ शनिबार १९:४३

डा.कुन्दन अर्याल


नेपालमा सबैभन्दा व्यापक रूपमा मनाइने पर्व दशैँ सुरु भइसकेको छ । अबका झण्डै दुई साता राष्ट्रिय परिचायक बनिसकेको दशैँमा नेपाली रमाउने छन् । बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक नेपालमा दशैँले धार्मिक पर्वभन्दा पनि बढी साझा सांस्कृतिक स्वरूप ग्रहण गरिसकेको छ । अन्तरसांस्कृतिक सञ्चारका दृष्टिले दशैं सम्पूर्ण देशवासीबीच उत्साह र शुभकामना आदानप्रदान गर्ने साझा अवसरका रूपमा स्थापित छ ।

सञ्चार र यातायातको दृष्टिले अति अविकसित अवस्थामा रहेको बेलामा दशैँ प्रत्यक्ष पारिवारिक वा सामुदायिक मिलन र संवादका लागि झनै महìवपूर्ण थियो । नेपाली राजनीतिमा समेत दशैँलाई संवादको वृत्त फराकिलो बनाउने अवसरमा उपयोग गरिंदै आएको देखिन्छ । दशैँका बेला गाउँ, बस्ती वा साना सहरमा हुने मित्र मिलन समारोहदेखि राजधानीमा गरिने ठूला–ठूला चियापानसम्मका आयोजना अन्तरसांस्कृतिक र प्रत्यक्ष राजनीतिक संवादका उदाहरण हुन् । त्यसैले सञ्चारका दृष्टिले दशैँ सद्भावको संवाहक हो । ठूला–ठूला राजनीतिक जमघट र प्रत्यक्ष संवादले मिडियामा विस्तारित रूपमा समय र स्थान पाएपछि दशैँको सञ्चार र सद्भावको ध्येयको अझ विस्तार हुने गरेको छ ।

एकातिर आज संसारभरि नै विविधतालाई समाज विकासका लागि महत्त्वपूर्ण आधार मानिएको देखिन्छ । अर्कोतिर अन्तरसांस्कृतिक परिवेशलाई भत्काउँदै भाषिक र सांस्कृतिक विविधतालाई अस्वीकार गर्न खोजिएको पनि देखिन्छ । यही शताब्दीको सुरुवातपछि समेत अन्तरसांस्कृतिक द्वन्द्व चर्काउन मिडियाको दुरुपयोग गरिएको समेत देखिएको छ । त्यसैले मिडियामार्फत हुने आमसञ्चारसहित सबै तहका सञ्चार प्रक्रियामा अन्तरसांस्कृतिक संवेदनशीलता जरुरी छ । कतिपय देशमा आज हरेक नागरिकलाई अन्तरसांस्कृतिक संवाद र सद्भावका लागि प्रेरित गर्ने गरिएको पनि देखिन्छ । यही कारण कैयौँ विश्वविद्यालयमा पत्रकारिताको पाठ्यक्रममा अन्तरसांस्कृतिक सञ्चारलाई समाहित गरिएको हो । आमसञ्चारका साधन वा आमसञ्चारका वाहक र आमनागरिक समेत केवल आफ्नो सांस्कृतिक रीतिरिवाजलाई मात्र उपयुक्त नदेखुन् र अन्य सांस्कृतिक जीवनलाई हेयको दृष्टिकोणले नहेरुन् भन्ने ध्येयसाथ अन्तरसांस्कृतिक सद्भावलाई बढाउन नै अन्तरसांस्कृतिक सञ्चारको विधालाई फराकिलो बनाइँदैछ । पढ्नुस् कुन्दन अर्यालको पूरा लेख गोरखापत्रमा । 


Related Story

चुनौतीको चाङमा पत्रकार महासंघको नयाँ नेतृत्त्व

झण्डै सात दशकको इतिहास बोकेको नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व आएसँगै महासंघमा रहेको अन्यौलता तत्कालका लागि हटेको छ । यस

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने, कपालमा भरिसकेका रौँहरू फेरि पलाउने, अनुहारमा भएका चायाहरू

मिडियाका सम्पादक र लगानीकर्ताबीच एक-अर्काको विषयमा रिपोर्टिङ नगर्ने अघोषित सम्झौता छ

सन् २०१८ मा अमेरिकामा रिपब्लिकन पार्टीका सिनेटर टम कटनले ‘काला जातीको आन्दोलन प्रायोजित हो त्यसकारण बलपूर्वक भए पनि दबाउनुपर्छ’ भनेर

आमसञ्चारको भविष्य

आम मानिसले आफ्नो सूचना, जानकारी र ज्ञानको स्रोत आमसञ्चारका माध्यमका सट्टा सामाजिक सञ्जाललाई मात्रै बनाउन थालेकाले राष्ट्रिय परिवेशमा लोकतन्त्रहरू नै

भ्रम र सत्यको द्वन्द्वमा नेपाली पत्रकारिता

किशोर नेपाल- यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को

पत्रकारिताको अर्को आयाम

दीपक आचार्य बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ

मिडिया काउन्सिल विधेयकको सकस

सुरेश आचार्य- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राष्ट्रिय सभामा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको अढाई वर्षपछि

पत्रकारिताको कसीमा ‘युट्युबर’

विपुल पोखरेल- के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका