- किशोर नेपाल-
यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को अस्तित्व संकटमा परेको देखेर कवि रुडयार्ड किपलिंगको आत्मा छटपटाइ रहेको होला।
किपलिंगको जमाना आदर्शवादी थियो। सत्य-निष्ठालाई डग्न नदिइ पत्रकारितामा लागेका मानिसलाई साहूजीहरू तलब दिन्थे। पत्रकारहरू साहूजीको वहीखाता हेर्दैनथे। बजार सानो थियो। उत्पादनमा विविधता थिएन। त्यसैले लोभको प्रकोप कमै थियो।
अहिले आर्थिक जगतले खुला र उदार बाटो अपनाइसकेको छ। यो अवस्थामा पत्रकारिताका स्थापित मान्यता पनि बदलिन थालेका छन्। आजको पत्रकारले जनताका जिज्ञासाका जवाफ खोज्ने कष्ट गर्नुपर्दैन। लगानीकर्ताको आवश्यकता र मांगप्रति जिज्ञासा राखे पुग्छ। यस्तोमा कवि किपलिंगको सम्झनाको खासै उत्प्रेरक मूल्य छैन भने, मेरो विचारमा, यो निकृष्ट सामाजिक व्यवहार हो।
अहिले पत्रकारिता बेग्लै धरातलमा उभिएको छ। त्यसैले भन्नुपर्दछ, अहिले पत्रकारिताले देखाउने ऐनामा विकृतिको खजाना देखिनु स्वाभाविक नै होला। मानवीय संसारलाई ट्यूब र टनेलबाट निःसर्त पत्रकारिताको स्वाद चखाउने तन्नेरीहरू धन्य छन्। बिहीबार युट्यूबमा हो कि टिकटकमा नेपाल सरकारका एकजना सचिव वैदेशिक रोजगारीमा जानेहरूको सेवा सुविधा बढाउन लागेको बताउँदै थिए।
सुन्दै अचम्म लाग्दो कुरा। उनले प्रतिनिधित्व गर्ने नेपाल सरकारले वैदेशिक रोजगारीमा गएर कतारको कुनै गोठमा वा होटेलमा काम गरी रहेको नेपालीको तलब बढाउन कुन मालिकसँग कुरा गर्ने हो? विश्वमा एकातिर सम्पत्तिको थुप्रो लाग्दैछ भने अर्कोतिर गरिबीको बढ्दो भेलले संसार निस्सासिँदैछ। यस्तोमा कसले कसको रक्षा गर्न सक्दछ?
विश्व मानचित्रवाट अलग भू–भाग होइन नेपाल। तर, नेपालीले राजनीति वा अर्थशास्त्रका विषयमा विश्वव्यापी मान्यताको पालन गर्नुपर्दैन। हाम्रा त हरेक नीति नियमहरू विलक्षणका छन्। पत्रकारिताको पनि आफ्नै अनौठो नीति र नियम छ। यो नीति र नियम अनुसार, कुनै व्यापारीले कर नतिरेको पोल खोल्न जुटेको पत्रकार आफ्ना मालिकका लागि कर छूट दिने हाकिमको खोजीमा रहेको हुन्छ।
प्रेस लेखेको गाडी चढ्नेबित्तिकै सडक कर उठाउने कर्मचारीले सडकमा तेस्र्याएको तगारो खोली दिनैपर्ने परिपाटी छ। राज्यले राजनीतिका नाममा गुण्डागर्दी गर्ने व्यक्तिहरूलाई जुन–जुन सुविधा उपलव्ध गराएको हुन्छ, पत्रकारलाई ती सबै सुविधा चाहिएको हुन्छ। उकेरा डटकममा प्रकाशित किशोर नेपालको लेख पुरा पढ्नुहोस् ।