पत्रकारिताको कसीमा ‘युट्युबर’

पत्रकारिताको कसीमा ‘युट्युबर’

  • श्रावण २९, २०७९ आइतबार ०४:४४

विपुल पोखरेल-


के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका छन्। इन्टरनेट प्लेटफर्ममार्फत हरेक व्यक्तिले आफ्नो विचार अभिव्यक्त गर्ने अवसर छ। इन्टरनेटमाथिको पहुँच बढ्दो छ। युट्युब पनि एउटा यस्तै इन्टरनेट प्लेटफर्मका रूपमा प्रयोगमा आइरहेको छ। यो प्लेटफर्ममार्फत पनि विभिन्न सूचना तथा सामग्री प्रवाह भइरहेका छन्। यसरी सूचना प्रवाह हुँदा त्यसलाई पनि सञ्चारमाध्यम मान्ने र त्यहाँ काम गर्नेलाई पत्रकार मान्ने सन्दर्भमा बहस भइरहेको पाइन्छ। 

आमसञ्चारको परिभाषा दिँदा कुनै माध्यमको प्रयोग गरेर ठूलो समूहमा हुने सञ्चारलाई आमसञ्चार भन्ने गरिन्छ। यो अर्थमा हेर्ने हो भने युट्युबमार्फत हुने सञ्चारलाई आमसञ्चार भन्न सकिन्छ। माध्यमको प्रयोग गरेर एकै पटक असीमित जनसङ्ख्या र असीमित भूगोलमा सञ्चार गर्ने प्रक्रियालाई आमसञ्चार भने पनि त्यो माध्यम पत्रकारिता हुनका लागि भने केही विशेष गुणको आवश्यकता पर्दछ। इन्टरनेट प्लेटफर्मको विकास नहुँदासम्म माध्यमको प्रयोग भएर हुने आमसञ्चारलाई नै पत्रकारिता हो कि भनेझैँ गरेर बुझ्ने र बुझाउने गरियो। अब आमसञ्चार र पत्रकारितालाई एकै रूपमा बुझ्दा अलमल हुँदो रहेछ भन्ने महसुस हुन थालेको छ।

पत्रकार कसलाई भन्छन् त ? यो प्रश्नको जवाफमा स्पष्ट भएमा युट्युबर को हुन् भनेर जान्न सहज होला। नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घको विधानको परिभाषाअनुसार, पत्रकार भन्नाले– छापा, प्रसारण तथा अनलाइन जस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आबद्ध यस विधानबमोजिम तोकिएको योग्यता पुगेको समाचार सङ्कलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन/पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिस्ट, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, समाचार तथा समाचारमूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, स्केच, भाषा तथा श्रव्य दृश्य सम्पादक एवं स्वतन्त्र पत्रकारसमेतलाई जनाउँछ भन्ने उल्लेख छ। पूरा पढ्नुहोस् 


Related Story

मिडिया कुराकानीका प्रश्नमा टीकाराम यात्रीको पूरा जवाफ

मिडिया कुराकानीले 'अध्यारोबाट उज्यालोतिर' का प्रस्तोता पत्रकार टीकाराम यात्रीलाई विश्लेषक अरुणकुमार सुवेदीसँग गरिएको अन्तर्वार्ताका सम्बन्धमा ५ वटा प्रश्न पठाएको थियो

चुनौतीको चाङमा पत्रकार महासंघको नयाँ नेतृत्त्व

झण्डै सात दशकको इतिहास बोकेको नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व आएसँगै महासंघमा रहेको अन्यौलता तत्कालका लागि हटेको छ । यस

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने, कपालमा भरिसकेका रौँहरू फेरि पलाउने, अनुहारमा भएका चायाहरू

मिडियाका सम्पादक र लगानीकर्ताबीच एक-अर्काको विषयमा रिपोर्टिङ नगर्ने अघोषित सम्झौता छ

सन् २०१८ मा अमेरिकामा रिपब्लिकन पार्टीका सिनेटर टम कटनले ‘काला जातीको आन्दोलन प्रायोजित हो त्यसकारण बलपूर्वक भए पनि दबाउनुपर्छ’ भनेर

आमसञ्चारको भविष्य

आम मानिसले आफ्नो सूचना, जानकारी र ज्ञानको स्रोत आमसञ्चारका माध्यमका सट्टा सामाजिक सञ्जाललाई मात्रै बनाउन थालेकाले राष्ट्रिय परिवेशमा लोकतन्त्रहरू नै

भ्रम र सत्यको द्वन्द्वमा नेपाली पत्रकारिता

किशोर नेपाल- यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को

पत्रकारिताको अर्को आयाम

दीपक आचार्य बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ

मिडिया काउन्सिल विधेयकको सकस

सुरेश आचार्य- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राष्ट्रिय सभामा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको अढाई वर्षपछि