राससका ६ दशक

राससका ६ दशक

  • फाल्गुण ८, २०७८ आइतबार ०३:१३

प्रकाश सिलवाल -

सञ्चार क्षेत्रमा औद्योगिकीकरण र आधुनिकीकरणको प्रभाव पर्नु स्वाभाविक भए पनि यो मूलतः सेवामूलक व्यवसाय हो । जनतालाई सत्य, तथ्य र निष्पक्ष सूचना, शिक्षा र मनोरञ्जन पस्कने दायित्व लिएको सञ्चार क्षेत्र केवल व्यापारिक फाइदाका लागि मात्रै सञ्चालित हुन सक्दैन । पत्रकारिता क्षेत्रले आवाजविहीनको आवाजलाई सदैव शिरमा राखेर राज्य र नागरिकबीचको सेतुको काम गर्ने दायित्व लिएको छ ।

समृद्धिमा लम्कँदै नेपालजस्तो सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक राज्य संरचनायुक्त मुलुकमा आमसञ्चारको सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई अपनाइँदै आइएको छ । लोकतान्त्रिक प्रणालीको स्वतन्त्रतालाई अति उपयोग गर्ने नाममा अनेक स्वार्थका पक्षलाई सञ्चारमाध्यममा लाद्ने र जनजीवनका सही विषयवस्तुलाई ओझेलमा पार्ने वा जनतालाई नै प्रताडित पार्ने कार्यमा सञ्चार क्षेत्रलाई दुरुपयोग गर्ने संस्कृति पनि देखिएको छ । यस्तो स्थिमिा समाचार समिति (न्युज एजेन्सी) पत्रकारिताको भूमिका अग्र भागमा आउने गर्छ ।

समाचार समिति पत्रकारिताले समाचार र समाचारमूलक सामग्रीको उत्पादन गरेर छिटोछरितो र सुलभ रूपमा सञ्चारमाध्यमलाई उपलब्ध गराउँछ । गौरवको कुरा नेपालमा यसको एक मात्र मुख्य दायित्व राष्ट्रिय समाचार समिति (रासस)ले लिँदै आएको ठीक ६० वर्ष पुगेको छ ।

सञ्चार क्षेत्रभित्रको एक महत्त्वपूर्ण आयाम बनेको समाचार समिति पत्रकारिता र नेपालको सङ्घीय प्रणाली कार्यान्वयनका सन्दर्भमा यस क्षेत्रमा विभिन्न चासो र जिज्ञासा देखिन्छ । मूलधारको सञ्चारमाध्यमका लागि पृष्ठ भागमा रहेर परिपूरक पत्रकारिता गर्ने समाचार समितिलाई सर्वसाधारणले प्रत्यक्ष रूपमा पहिचान नपाउन सक्छन् । वास्तवमा समाचार समिति पत्राकारिताको मुहान (स्रोत) हो । समाचार समितिमा मात्रै निर्भर रही सञ्चारमाध्यम सञ्चालन गर्नेका लागि समाचार समिति एक अपरिहार्य बन्न पुगेको छ । समाचार समिति पत्रकारिता सञ्चारमाध्यमको महìवपूर्ण स्रोत र आधार हो, जसले छिटो, छरितो र विश्वसनीय समाचार सामग्री तयार गरी विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराउँछ ।

गोरखापत्रमा प्रकाशित लेख पूरा पढ्नुहोस् ।


Related Story

चुनौतीको चाङमा पत्रकार महासंघको नयाँ नेतृत्त्व

झण्डै सात दशकको इतिहास बोकेको नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व आएसँगै महासंघमा रहेको अन्यौलता तत्कालका लागि हटेको छ । यस

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने, कपालमा भरिसकेका रौँहरू फेरि पलाउने, अनुहारमा भएका चायाहरू

मिडियाका सम्पादक र लगानीकर्ताबीच एक-अर्काको विषयमा रिपोर्टिङ नगर्ने अघोषित सम्झौता छ

सन् २०१८ मा अमेरिकामा रिपब्लिकन पार्टीका सिनेटर टम कटनले ‘काला जातीको आन्दोलन प्रायोजित हो त्यसकारण बलपूर्वक भए पनि दबाउनुपर्छ’ भनेर

आमसञ्चारको भविष्य

आम मानिसले आफ्नो सूचना, जानकारी र ज्ञानको स्रोत आमसञ्चारका माध्यमका सट्टा सामाजिक सञ्जाललाई मात्रै बनाउन थालेकाले राष्ट्रिय परिवेशमा लोकतन्त्रहरू नै

भ्रम र सत्यको द्वन्द्वमा नेपाली पत्रकारिता

किशोर नेपाल- यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को

पत्रकारिताको अर्को आयाम

दीपक आचार्य बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ

मिडिया काउन्सिल विधेयकको सकस

सुरेश आचार्य- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राष्ट्रिय सभामा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको अढाई वर्षपछि

पत्रकारिताको कसीमा ‘युट्युबर’

विपुल पोखरेल- के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका