सञ्चार सिद्धान्तीकरणका दृष्टिकोण

सञ्चार सिद्धान्तीकरणका दृष्टिकोण

Photo Credit mallory.com.au
  • फाल्गुण १५, २०७८ आइतबार ०३:४७

डा. निर्मलमणि अधिकारी -

सिद्धान्तहरूको सङ्ख्या धेरै भएपछि अध्ययन सहजताका लागि तिनीहरूको समूहकरण वा वर्गीकरण आवश्यक पर्छ । अन्य विधामाझैँ सञ्चार विधामा पनि सिद्धान्तहरूको उत्तरोत्तर वृद्धि भइरहेको हुनाले समूहकरण आवश्यक परेको हो । यसको एउटा तरिकामा सञ्चारविद्हरूले सञ्चार सिद्धान्तलाई चार विभिन्न दृष्टिकोणका आधारमा वर्गीकरण गरेको पाइन्छ । यसमा सञ्चारलाई प्रेषण वा प्रवहन (ट्रान्समिसन) मान्ने दृष्टिकोण पहिलो हो भने सञ्चारलाई नैयमिक वा सहभागितात्मक क्रियाकलाप (रिचुअल) मान्ने दृष्टिकोण दोस्रो हो । साथै सञ्चारलाई प्रचार (पब्लिसिटी) मान्ने दृष्टिकोण तेस्रो हो भने सञ्चारलाई सूचना–प्राप्ति एवं बोध–प्रधान प्रक्रिया (रिसेप्सन) मान्ने दृष्टिकोण चौथो हो।

मूलतः अमेरिकी सन्दर्भमा भएका सञ्चार चिन्तनबाट निरूपित उक्त चार दृष्टिकोणले सञ्चारको परिभाषा एवं व्याख्या आफ्ना आफ्नै मान्यता वा दृष्टिबिन्दुका आधारमा गर्छन् । सञ्चारलाई प्रेषण वा प्रवहन मान्ने दृष्टिकोणअनुसार, सञ्चार भनेको स्रोत वा प्रेषकले चाहेअनुसार सूचनाको सम्प्रेषण वा प्रवहन वा स्थानान्तरण हुने प्रक्रिया हो । यस्तो सम्प्रेषण वा प्रवहन वा हस्तान्तरण एक स्थानबाट अर्को स्थानमा वा एक समयबाट अर्को समयमा वा दिक् (स्थान) र काल (समय) दुइटैको दूरी पार गर्ने गरी पनि हुन सक्छ ।

एउटा मेसिनबाट अर्को मेसिनमा सूचना पठाउन सकिएझैँ एक मस्तिष्कबाट अर्को मस्तिष्कमा सूचनालाई जस्ताको जस्तै प्रवाहित गर्न, सार्न वा बोध गराउन सकिन्छ भन्ने पूर्व–मान्यता यो दृष्टिकोणमा रहेको हुन्छ । यस दृष्टिकोणमा सिद्धान्ततः सम्प्रेषण वा प्रवहनका लागि बनेको सञ्चार संरचनालाई प्राथमिकता दिइएको हुने भए तापनि व्यवहारतः चाहिँ प्रेषकको भूमिका सर्वशक्तिमान मानिएको हुन्छ र उसले मनोवाञ्छित तरिकाले प्रापकमाथि निर्णायक प्रभाव पार्न सक्छ भन्ने ठानिन्छ । पाश्चात्य परिप्रेक्ष्यमा यो दृष्टिकोणले कुनै निश्चित ‘हामी’ समूहले ‘अरू’ वा ‘पराइ’ समूहलाई सञ्चारमार्फत कसरी शक्ति अभ्यास गर्दछ भन्ने देखाउँछ । क्रियाकलापको तहमा त शक्तिशाली प्रेषकले आफ्नो मत, विचारधारा, जीवनपद्धति एवं विश्व दृष्टिकोणलाई जसरी पनि प्रापकमाथि थोपर्ने हदसम्म यो दृष्टिकोण छ ।

संसारका विभिन्न भूभागमा आस्था परिवर्तन (धर्मान्तरण पनि भनिने) का लागि अपनाएको सञ्चार रणनीतिलाई सञ्चारलाई सम्प्रेषण वा प्रवहन मान्ने दृष्टिकोणको एक मुख्य उदाहरण मानिन्छ । त्यस्तै उपनिवेशकालीन विजेताहरूले विजित क्षेत्रमा अपनाएका सञ्चार रणनीति पनि यस्तै उदाहरण हो । विगतमा बडाहाकिम, मुखिया, जिम्मावाल र अरू कोही अधिकारवालाले कटुवाल कराउन लगाउने वा झ्याली पिटाएर सूचना फैलाउनेजस्ता क्रियाकलाप पनि सञ्चारलाई सम्प्रेषण वा प्रवहन मान्ने दृष्टिकोणकै व्यावहारिक उदाहरण हुन् । सञ्चारलाई सम्प्रेषण वा प्रवहन मान्ने दृष्टिकोणलाई अचेल यान्त्रिक सञ्चारका केही अपवाद अवस्थामा बाहेक प्रायः आलोचना गरिन्छ । यो दृष्टिकोणले प्रेषकको वर्चस्वलाई पक्षपोषण गर्छ र प्रापकलाई निशाना (तारो) जस्तो मात्र ठान्छ भन्ने आलोचकहरूको विश्लेषण देखिन्छ ।

गोरखापत्रमा प्रकाशित लेख पढ्नुहोस् । 


Related Story

चुनौतीको चाङमा पत्रकार महासंघको नयाँ नेतृत्त्व

झण्डै सात दशकको इतिहास बोकेको नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व आएसँगै महासंघमा रहेको अन्यौलता तत्कालका लागि हटेको छ । यस

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने, कपालमा भरिसकेका रौँहरू फेरि पलाउने, अनुहारमा भएका चायाहरू

मिडियाका सम्पादक र लगानीकर्ताबीच एक-अर्काको विषयमा रिपोर्टिङ नगर्ने अघोषित सम्झौता छ

सन् २०१८ मा अमेरिकामा रिपब्लिकन पार्टीका सिनेटर टम कटनले ‘काला जातीको आन्दोलन प्रायोजित हो त्यसकारण बलपूर्वक भए पनि दबाउनुपर्छ’ भनेर

आमसञ्चारको भविष्य

आम मानिसले आफ्नो सूचना, जानकारी र ज्ञानको स्रोत आमसञ्चारका माध्यमका सट्टा सामाजिक सञ्जाललाई मात्रै बनाउन थालेकाले राष्ट्रिय परिवेशमा लोकतन्त्रहरू नै

भ्रम र सत्यको द्वन्द्वमा नेपाली पत्रकारिता

किशोर नेपाल- यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को

पत्रकारिताको अर्को आयाम

दीपक आचार्य बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ

मिडिया काउन्सिल विधेयकको सकस

सुरेश आचार्य- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राष्ट्रिय सभामा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको अढाई वर्षपछि

पत्रकारिताको कसीमा ‘युट्युबर’

विपुल पोखरेल- के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका