नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (NIMJN) ले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । खोजमूलक एवं मल्टिमिडिया पत्रकारिताको स्तरोन्नतिमा क्रियाशील गैरनाफामूलक संस्था NIMJN ले प्रबन्ध सम्पादकसहितका पदहरूमा आवेदन आह्वान गरेको छ ।
१. प्रबन्ध सम्पादक (Managing Editor)
NIMJN एक खोज मल्टिमिडिया कथा उत्पादन, प्रुफरिडिङ, र कपी एडिटिङमा गहन ज्ञान र अनुभव भएको, राम्रो एडिट डेलिभर गर्न सक्ने र हाम्रो पत्रकार र फेलोहरुको टिमलाइ मेन्टर र गाइड गर्न सक्ने सक्षम मेनेजिङ एडिटरको खोजीमा छ ।
For Terms Of Reference (TOR), click here.
For the Job application link, click here.
२. Admin and Account Associate
NIMJNले दैनिक प्रशासक सम्बन्धित र वित्तीय प्रक्रियाहरू हेर्नको लागि एक Admin and Account Associate खोजेको छ । आदर्श उम्मेदवारसँग वित्तीय र प्रशासनिक व्यवस्थापनमा उत्कृष्ट अभ्यासहरूको गहन ज्ञान र समान वातावरणमा अनुभव हुनुपर्दछ।
For Terms Of Reference (TOR), click here
For the Job application link, click here
३. Innovation Lab Interns
पत्रकारिताअन्तर्गत फोटोग्राफी, डिजाइन, कोडिङ, अनुसन्धान एवं सिर्जनशीलतामा अभिरुचि राख्ने स्नातक अध्ययनरतलाई यसमा आवेदन दिन प्रोत्साहन गरिन्छ । यसमा केही स्टाइपेज्डको व्यवस्था छ ।
Application link: https://forms.gle/c6hszpHs3A6SeaJCA
आफू समान अवसर प्रदान गर्ने संस्था भएकोले महिला र अल्पसंख्यकलाई आवेदन दिन प्रोत्साहन गरिने NIMJN ले जनाएको छ । यी सबै पदहरूका लागि २०८० बैशाख १७ गतेभित्र आवेदन दिन सकिन्छ ।