कोभिड–१९ मा आमसञ्चारलाई राहत खै ?

कोभिड–१९ मा आमसञ्चारलाई राहत खै ?

  • पौष ८, २०७७ बुधबार २३:५८

सङ्कटका बेला आमसञ्चारको महत्त्व र उपयोग सामान्य अवस्थामा भन्दा कैयौँ गुणा बढ्छ किनकि स्वास्थ्य तथा सुरक्षाबारेको जनचेतना फैलाउन योजत्तिको प्रभावकारी माध्यम अर्को छैन । पछिल्ला केही वर्षमा सामाजिक सञ्जाललाई सूचना वा जानकारी फैलाउन प्रयोग गरिए पनि त्यसको विश्वासनीयतामा प्रश्न उठ्ने अवस्था रहेकाले पनि आमसञ्चारको महत्त्व कम भएको छैन । कोरोना भाइरस महामारीका बेलामा पनि सञ्चार क्षेत्रले आफ्नो जिम्मेवारी त्यसैगरी निर्वाह गरिरहेको छ ।

सेवा क्षेत्रमा सबैभन्दा बढी असर पारेको यो महामारीले आमसञ्चारको क्षेत्रमा पनि ठूलै सङ्कट सिर्जना गर्‍यो । नेपालमा पनि अखबार तथा पत्रपत्रिका अस्थायी र स्थायी रूपले बन्द भए । सयौँ पत्रकारको रोजगारी गुम्यो । प्रजातान्त्रिक समाजका लागि स्वस्थ मिडिया र सञ्चार विविधताको ठूलो महत्त्व हुने भएकाले यस क्षेत्रका उद्योग जोगाउनु महत्त्वपूर्ण हुन्छ । तर, नेपालमा भने महामारीले श्रमजीवीलाई सडकमा पुर्‍याउने तर मिडियाका सञ्चालक तथा मालिकहरूलाई भने कुनै प्रभाव नपार्ने स्थिति देखियो ।

अर्कातर्फ, विद्युतीय मिडियाले पाउने विज्ञापनमा पछिल्ला केही महिनामा अभुतपूर्व वृद्धि देखिएको छ तर त्यसको प्रतिफल श्रमजीवीले पाउन सकेका छैनन् । सरकारले दिने सहुलियत, समानुपातिक विज्ञापनबापतको आर्थिक सहायतालगायतका सम्पूर्ण सुविधा मालिकहरूका पेवामात्र बनेका छन् । यही परिदृश्यमा यहाँ विश्वका केही मुलुकमा महामारीमा आमसञ्चार क्षेत्रले के–कस्ता राहत वा सुविधा पायो भन्ने चर्चा गरिएको छ । पढ्नुस् मोदनाथ ढकालको गोरखापत्र दैनिकमा प्रकाशित लेख । 


Related Story

चुनौतीको चाङमा पत्रकार महासंघको नयाँ नेतृत्त्व

झण्डै सात दशकको इतिहास बोकेको नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व आएसँगै महासंघमा रहेको अन्यौलता तत्कालका लागि हटेको छ । यस

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने, कपालमा भरिसकेका रौँहरू फेरि पलाउने, अनुहारमा भएका चायाहरू

मिडियाका सम्पादक र लगानीकर्ताबीच एक-अर्काको विषयमा रिपोर्टिङ नगर्ने अघोषित सम्झौता छ

सन् २०१८ मा अमेरिकामा रिपब्लिकन पार्टीका सिनेटर टम कटनले ‘काला जातीको आन्दोलन प्रायोजित हो त्यसकारण बलपूर्वक भए पनि दबाउनुपर्छ’ भनेर

आमसञ्चारको भविष्य

आम मानिसले आफ्नो सूचना, जानकारी र ज्ञानको स्रोत आमसञ्चारका माध्यमका सट्टा सामाजिक सञ्जाललाई मात्रै बनाउन थालेकाले राष्ट्रिय परिवेशमा लोकतन्त्रहरू नै

भ्रम र सत्यको द्वन्द्वमा नेपाली पत्रकारिता

किशोर नेपाल- यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को

पत्रकारिताको अर्को आयाम

दीपक आचार्य बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ

मिडिया काउन्सिल विधेयकको सकस

सुरेश आचार्य- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राष्ट्रिय सभामा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको अढाई वर्षपछि

पत्रकारिताको कसीमा ‘युट्युबर’

विपुल पोखरेल- के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका