विज्ञापन बोर्डमा ५ सदस्य नियुक्त, अध्यक्ष नियुक्ति प्रतिस्पर्धाबाट

विज्ञापन बोर्डमा ५ सदस्य नियुक्त, अध्यक्ष नियुक्ति प्रतिस्पर्धाबाट

  • पौष ३, २०७७ शुक्रबार २०:२९

विज्ञापन बजारबारको अनुगमन, नियमन तथा कार्यान्वयनका लागि गठित विज्ञापन बोर्डमा पाँच सदस्य नियुक्त भएका छन् । यसअघि सरकारले बोर्डमा तीन जना सरकारी प्रतिनिधि मात्रै नियुक्त गरेकामा सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले थप पाँच जनालाई सदस्य नियुक्त गरेको हो ।

मन्त्रालयका अनुसार बोर्डको सदस्यमा महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवार नियुक्त भएका हुन् । पाँचै जनालाई सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नियुक्तिपत्र दिए ।

विज्ञापन नियमन ऐन, २०७६ मा भएको प्रावधानअनुसार तत्कालका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड गठन गरिसकेको छ । खुला प्रतिस्पर्धाबाट विज्ञान बोर्डका अध्यक्ष नियुक्त नहुँदासम्म सञ्चार मन्त्रालयका सहसचिवलाई अध्यक्षको जिम्मेवारी दिन सकिने प्रावधान छ ।

ऐनको दफा १४ अनुसार बोर्डमा खुला प्रतिस्पर्धाबाट छानिएका अध्यक्षसहित गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चार तथा सूचना मन्त्रालयका सहसचिवहरू सदस्य हुने प्रावधान छ ।

यसबाहेक विज्ञापनदाता, विज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण र वितरण गर्ने संघसंस्थाहरूमध्ये मन्त्रालयले मनोनयन गरेका संस्थाका दुई प्रतिनिधि पनि बोर्डको सदस्य हुने व्यवस्था ऐनमा छ ।

साथै उपभोक्ताको हक, हितको क्षेत्रमा वा आमसञ्चार क्षेत्रमा कम्तीमा दस वर्ष अनुभव प्राप्त व्यक्तिहरूमध्ये कम्तीमा एक महिलासहित तीन जना सदस्य नियुक्त गर्ने व्यवस्था छ ।

बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका मन्त्रालयका सहसचिव शर्माले अब खुला प्रतिस्पर्धामार्फत अध्यक्ष नियुक्तिबाहेक बोर्डले पूर्णता पाएको जानकारी दिए । उपभोक्ता हक, हित वा आमसञ्चारको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएका व्यक्तिमध्ये कम्तीमा एक महिलासहित मन्त्रालयले तीन जनालाई सदस्य मनोनयन गर्न सक्नेछ । यसैगरी वरिष्ठ कर्मचारीमध्ये बोर्डले तोकेका कर्मचारीले सचिव भई काम गर्ने व्यवस्था ऐनमा छ ।

बोर्डलाई सरकारी विज्ञापन व्यवस्थापनसहित सार्वजनिक स्थानमा राखिने होर्डिङ बोर्डको नियमनको समेत अधिकार छ । ऐनअनुसार सञ्चार माध्यमहरूलाई नेपाल सरकारबाट उपलब्ध गराइने सार्वजनिक हितसम्बन्धी सबै विज्ञापन समानुपातिक रूपमा वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने मुख्य काम बोर्डले गर्नुपर्नेछ । साथै विज्ञापनसम्बन्धी राष्ट्रिय नीति तयार गरी मन्त्रालयमा सिफारिस गर्नुपर्नेछ ।

‘सञ्चार माध्यमबाट प्रसारण गरिने विज्ञापनको सामग्री परीक्षण गर्न मापदण्ड तयार गर्ने’ काम पनि बोर्डले गर्नुपर्नेछ । विज्ञापन उत्पादन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता पनि बनाउनुपर्नेछ । बोर्डले मुलुकको आवश्यकताअनुसार राष्ट्रिय हित, सार्वजनिक हितसम्बन्धी विज्ञापन निर्माण गरी प्रकाशन तथा प्रसारण गर्न प्रोत्साहित गर्नुपर्नेछ ।

‘विदेशी च्यानलहरूबाट प्रसारण हुने विज्ञापनहरू मपदण्डविपरीत भएमा त्यसको अनुगमन गरी कारबाहीका लागि मन्त्रालयमा सिफारिस गर्ने’ ऐनमा भनिएको छ । विज्ञापनको उपभोक्ता सजगतासम्बन्धी काम पनि बोर्डले गर्नुपर्नेछ । ‘विज्ञापन उत्पादक, निर्माता, वितरक वा प्रसारकलाई आवश्यक निर्देशन दिने’ ऐनमा भनिएको छ ।

नियमावलीमा घर वा कार्यालय परिसरमा राख्ने होर्डिङ बोर्डको आकार निर्धारणको जिम्मा पनि बोर्डलाई दिइएको छ । नियमावलीमा विज्ञापन एजेन्सी बोर्डमा सूचीकृत हुनुपर्ने व्यवस्था पनि गरिएको छ । बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीले आफ्नो एजेन्सीमार्फत भएका विज्ञापनको अभिलेख राख्नुपर्ने र त्यस्ता अभिलेखको निरीक्षण बोर्डले गर्न सक्ने नियमावलीमा उल्लेख छ । कान्तिपुरबाट


Related Story

फेसबुक-टिकटकका विज्ञापन अब कर र बैंकिङ दायरामा, विदेशी विज्ञापनको डबिङमा रोक: यस्तो छ नयाँ विज्ञापन नीति

सरकारले विज्ञापन क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र व्यावसायिक बनाउने लक्ष्यका साथ 'राष्ट्रिय विज्ञापन नीति, २०८३' स्वीकृत गरेको छ । लामो समयदेखि

सरकारी सूचना अब सरकारी मिडियामा मात्र, प्रतिवाद गर्ने महासंघको चेतावनी

सरकारले सरकारी निकायहरूबाट प्रकाशन हुने सूचना तथा विज्ञापन अब सरकारी स्वामित्वका सञ्चार माध्यमहरूमा मात्र प्रकाशन तथा प्रसारण गर्ने भएको छ

विज्ञापन बोर्डको अध्यक्षका लागि ६ जनाको आवेदन

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यस पदका लागि

विज्ञापनबाट यसरी भ्रम फैलाउँदै छन् कन्सल्टेन्सी

मिडिया तथा सामाजिक सञ्जालबाट भ्रम पैदा गरे कन्सलटेन्सीको स्वीकृति रद्ध हुने विभिन्न शैक्षिक परामर्शदाता संस्थाहरूले सामाजिक सञ्जाल र मिडियामा देशमा बसेर

‘मिराकल वास’को नाममा भ्रमको खेती, मलजल गर्दै मिडिया

मंसिर १५ गते काठमाडौंको तिलगंगास्थित होटल आनन्दमा एक 'विशेष' कार्यक्रम आयोजना गरियो । प्रभुकृपा दुःख निवारण समागम नाम दिइएको उक्त

नेपाल विज्ञापन संघमा नयाँ कार्यसमिति

नेपाल विज्ञापन संघको ११ औँ कार्यसमितिले पूर्णता पाएको छ । आइतबार भएको निर्वाचनमा सुदिप थापा निर्विरोध भएका छन् । प्रथम

विज्ञापन संघको अध्यक्षमा सुदिप थापा, कोषाध्यक्ष बाहेक मुख्य पदमा निर्विरोध [अन्तिम नामावली]

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध भएका छन् । यसअघिको संघको कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका थापा एएनएस क्रियसन (ANS

सरकारी विज्ञापनमा हुने अपचलन अब रोकिएला ? संशोधित विज्ञापन नियमावलीका खास व्यवस्था

विज्ञापन छाप्ने सञ्चारमाध्यमसँगै विज्ञापन कारोबार गर्ने एजेन्सीको पनि बिल समावेश गर्नुपर्ने व्यवस्थाले सरकारी विज्ञापनमा विद्यमान अपारदर्शिता अन्त्य हुने अपेक्षा विज्ञापन नियमन