कान्तिपुर व्यवस्थापनले पत्रकार महासंघको प्रतिष्ठान शाखालाई वार्तामा बोलायो

कान्तिपुर व्यवस्थापनले पत्रकार महासंघको प्रतिष्ठान शाखालाई वार्तामा बोलायो

  • आश्विन १६, २०८० मंगलबार २३:४०

कान्तिपुर पब्लिकेसन्स लिमिटेडले त्यहाँस्थित नेपाल पत्रकार महासंघको प्रतिष्ठान शाखालाई वार्तामा बोलाएको छ ।

पछिल्लोपटक ६८ जना पत्रकारहरूलाई गैरकानुनी ढंगले अवकाशपत्र दिएपछि त्यसको विरोधमा १२ बुँदे माग राखेको महासंघ शाखालाई व्यवस्थापनले वार्तामा बोलाएको हो । 

'कान्तिपुर प्रतिष्ठान शाखा, नेपाल पत्रकार महासंघ' सम्बोधन गरी कान्तिपुरका मानव संशाधन विभाग प्रमुख पुष्पराज गिरीले लेखेको पत्रमा असोज १७ गते बुधबार ४ बजेका लागि छलफलमा बोलाइएको छ ।

'नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाबाट मिति २०८० असोज १२ गते यस विभागमा पेश गर्नुभएको मागपत्र प्राप्त भयो । यस सम्बन्धमा छलफल आवश्यक भएकाले मिति २०८०/०६/१७ गते बुधबार अपह्रान्न ४ बजे उपस्थित भइदिनुहुन अनुरोध गर्दछु', पत्रमा भनिएको छ ।

'छलफलको प्रभावकारिताका लागि' भन्दै पत्रमा चार सदस्यीय प्रतिनिधि मण्डलको व्यवस्था गरिदिन अनुरोध गरिएको छ ।

कान्तिपुरमा के भइरहेको छ ? पढ्नुस्



Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८