द क्याराभान अर्थात् विद्रोह

द क्याराभान अर्थात् विद्रोह

  • माघ २८, २०७७ बुधबार ०१:११

भारतीय पत्रकारिता इतिहासमै पहिलोपटक पत्रकारिताको प्रसिद्ध पुरस्कार ‘लुइस एम लायन्स’ प्राप्त गरिरहँदा ‘क्याराभान’ म्यागजिन राज्यद्रोहका पाँचवटा मुद्दा खेपिरहेको छ । कारण हो- उसले सरकारको प्रचारमा आफ्नो मसी खर्चिएन, बरु अनुसन्धानमूलक खोज पत्रकारितामार्फत् उसले निरन्तर सत्तामाथि प्रश्न गरिरह्‍यो । कर्पोरेटिकरणको प्रभावबाट मुक्त भएर बास्तविक पत्रकारिता गरिरह्‍यो ।

एकातिर यो पत्रिका मानवअधिकार, समाजिक न्याय र लोकतन्त्रको क्षयीकरणबारे अद्वीतिय र सम्झौताहीन कभरेज गरेबापत् पुरस्कृत भएको छ भने अर्कोतिर उसमाथि राज्यद्रोहका मुद्दा लगाइएको छ । यो विरोधाभासले प्रेसको आलोचनात्मक आवाज निमोठ्ने भारतीय सत्ताको बास्तविक अनुहार पनि छर्लङ्ग पार्छ ।

हार्वर्ड विश्वविद्यालयअन्तर्गतको नायमन पत्रकारिता फाउन्डेसनले पत्रकारितामा विवेक र निष्ठाका लागि प्रदान गर्ने यो पुरस्कार प्राप्त गरिरहँदा ‘क्याराभान’ ले समाजलाई विभाजन गरेको, भ्रमपूर्ण समाचार प्रकाशित गरेकोलगायतका अरोपमा भारतका ५ राज्यमा १० वटा मुद्धा लागेका छन् । यी मध्ये ५ वटा मुद्धा गत २६ जनवरी पछि लगाइएको हो । पत्रिकाका मुख्य सम्पादक, प्रकाशक एवं मुद्रक परेशनाथ, पत्रिकाका सम्पादक अनन्तनाथ र कार्यकारी सम्पाक विनोद के जोस माथि देशद्रोहको मुद्धा लगाइएको छ ।

सन् २०१४ मा भारतीय सत्तामा नरेन्द्र दामोदर दास मोदीको उदयपछि अधिकांश सञ्चार माध्यम सरकारको प्रोपागान्डा मेसिनमा परिणत भई रहँदा ‘क्याराभान’ जस्ता सीमित सञ्चारमाध्यम बाँकी थिए, जसले वास्तविक पत्रकारिता गरिरहेका थिए । धेरै पत्रकारको जीवन जागिर गरेर बित्ने गरेको अहिलेको समयमा ‘क्याराभान’ आमनागरिकको आवाजको बास्तविक उदाहरण हो । अरु पनि यस्ता केही नामहरू छन् जसले इतिहास रचेका छन्, नयाँ गोरेटो खनेका छन् । अमेरिकाको ‘द इन्टरसेप्ट’, म्यान्मारको ‘म्यानमार नाउ’ केही गर्विला नामहरू हुन् । भारतको ‘द क्याराभान’ म्याग्जिन पत्रकारिताको यस्तै बास्तविक मसाल हो । पढ्नुस् नरेश ज्ञवालीको विचार नयाँ पत्रिकामा । 


Related Story

चुनौतीको चाङमा पत्रकार महासंघको नयाँ नेतृत्त्व

झण्डै सात दशकको इतिहास बोकेको नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व आएसँगै महासंघमा रहेको अन्यौलता तत्कालका लागि हटेको छ । यस

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने, कपालमा भरिसकेका रौँहरू फेरि पलाउने, अनुहारमा भएका चायाहरू

मिडियाका सम्पादक र लगानीकर्ताबीच एक-अर्काको विषयमा रिपोर्टिङ नगर्ने अघोषित सम्झौता छ

सन् २०१८ मा अमेरिकामा रिपब्लिकन पार्टीका सिनेटर टम कटनले ‘काला जातीको आन्दोलन प्रायोजित हो त्यसकारण बलपूर्वक भए पनि दबाउनुपर्छ’ भनेर

आमसञ्चारको भविष्य

आम मानिसले आफ्नो सूचना, जानकारी र ज्ञानको स्रोत आमसञ्चारका माध्यमका सट्टा सामाजिक सञ्जाललाई मात्रै बनाउन थालेकाले राष्ट्रिय परिवेशमा लोकतन्त्रहरू नै

भ्रम र सत्यको द्वन्द्वमा नेपाली पत्रकारिता

किशोर नेपाल- यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को

पत्रकारिताको अर्को आयाम

दीपक आचार्य बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ

मिडिया काउन्सिल विधेयकको सकस

सुरेश आचार्य- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राष्ट्रिय सभामा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको अढाई वर्षपछि

पत्रकारिताको कसीमा ‘युट्युबर’

विपुल पोखरेल- के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका