उज्यालो रेडियो नेटवर्कले दुई जना कर्मचारीको लागि आवेदन आह्वान गरेको छ । नेटवर्कले एक जना उपसम्पादक र एक जना कार्यालय सचिव (महिला)का लागि आवेदन आह्वान गरेको हो ।
उज्यालोका अनुसार उपसम्पादकका लागि रेडियो,अनलाइन वा कुनै पनि आमसञ्चार माध्यमको समाचार कक्षमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्ने छ । त्यस्तै पत्रकारितासम्बन्धी आधारभूत तालिम प्राप्त गरेको तथा पत्रकारिता वा कुनै पनि विषयमा स्नातक गरेको हुनुपर्ने छ ।
कार्यालय सचिवका लागि सञ्चार सीप (लेख्ने तथा बोल्ने) तथा शैलीमा योग्य तथा दक्ष हुनुपर्ने, कार्यालय सञ्चालन तालिम (सेक्रेटरियल) तालिम लिएर फ्रन्ट डेस्कमा काम गरेको अनुभव,नेपाली र अंग्रेजी भाषामा शुद्धसँग पत्राचार गर्ने सीप भएको र १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने उज्यालोले जनाएको छ ।
दुवै पदहरूका लागि २०८० फागुन ३ गतेभित्र आवेदन दिन सकिन्छ । आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।