खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले कार्यक्रम प्रबन्धक पदमा आवेदन आह्वान गरेको छ ।
लामो समयदेखि नेपालमा खोजी पत्रकारितामा कार्य गर्दै आएको खोज पत्रकारिता केन्द्र, नेपाल (CIJN) ले एक जना कार्यक्रम प्रवन्धक मागेको हो ।
कम्तिमा स्नातक तह उत्तीर्ण, मिडिया व्यवस्थापन वा सामाजिक विज्ञानका क्षेत्रमा कम्तिमा ३ देखि ५ वर्ष काम गरेको, बजेट व्यवस्थापन र प्रोजेक्ट प्लानिङमा अनुभवी, नेपाली र अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग CIJN को प्रतिनिधित्व गर्न नेपाली र अंग्रेजी दुवै भाषामा उत्कृष्टता, रचनात्मक र आलोचनात्मक चेत तथा मिडिया र पत्रकारिताबारे राम्रो जानकारी भएको व्यक्तिले आवेदन दिन सक्ने खोपकेले जनाएको छ ।
इच्छुकले आवेदन दिनको लागि [email protected] मा नेपाली वा अंग्रेजी मध्ये कुनैमा एक पृष्ठको निवेदन र बायोडाटा पठाउनु पर्नेछ ।
खोपकेका अनुसार इच्छुकले २७ फेब्रुअरी अर्थात फागुन १५ गते सम्म आवेदन दिन सक्नेछन् ।
